प्रहरीको गोली लागेर उदयपुरका राई घाइते
ललितपुर महानगरपालिका-३, झम्सिखेलमा ०८० मङ्सिर २६ गते प्रहरीले चलाएको गोली लागेर उदयपुरका ४० वर्षीय अविनाश राई घाइते हुनुभएको छ । दाहिने घुँडामा गोली लागेर घाइते हुनुभएका राईको उपचारका लागि महाङ्कालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीका अनुसार लागु औषध कारोबार…
सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको छुः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई न्यायको अनुभूति हुनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको बताउनुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्सिर २४ गते ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन राष्ट्रिय सहमति बनाउन पहल गरिरहेको बताउनु भएको हो ।…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका विभिन्न सवालमा छलफल गर्दै सप्ताहव्यापी रूपमा मनाइने महाभेलाको आयोजकका रूपमा इन्सेक लगायत ५१ ओटा सङ्घसंस्था रहेका थिए भने ग्रासरुट डेभलपमेण्ट…
द्वन्द्वपीडितको स्मृति समेट्दै मानव अधिकार अभिलेखीकरण गर्नु पर्नेमा सरोकारवालाको जोड
द्वन्द्वपीडित एवम् मानव अधिकारकर्मीहरूले आगामी दिनमा द्वन्द्वपीडितको स्मृति समेट्दै मानव अधिकार अभिलेखीकरण गर्नु पर्नेमा जोड दिएका छन् । इन्सेक लगायत १८ ओटा सङ्घ संस्थाको आयोजना र राष्ट्रिय स्मृति सञ्जालको संयोजनमा आयोजना भइरहेको प्रथम राष्ट्रिय स्मृति सम्मेलनको 'मानव अधिकार दस्ताबेज, द्वन्द्वको समयमा स्मृति दस्तावेजीकरण' शिर्षकको कार्यशालामा बोल्दै वक्ताहरूले उक्त कुरामा जोड…
द्वन्द्वपीडितको सम्झनामा राष्ट्रिय स्मृति सम्मेलन सुरु
द्वन्द्वबाट पीडित भएका व्यक्तिहरूको स्मृति गर्दै उनीहरूको विगतका कथा र योगदानको भविष्यमा कसरी स्मरण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर प्रथम राष्ट्रिय स्मृति सम्मेलन ०८० मङ्सिर १३ गते ललितपुरमा सुरु भएको छ । इन्सेक लगायत १८ ओटा सङ्घ संस्थाको आयोजना र राष्ट्रिय स्मृति सञ्जालको संयोजनमा आयोजित कार्यक्रम दुई दिनसम्म चल्नेछ…
पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घ भवन र मन्त्री निवास वरपर ६ महिनाका लागि निषेधित क्षेत्र घोषणा
जिल्ला प्रसाशन कार्यालयले ०८० मङ्सिर ५ गतेदेखि आगामी ६ महिनासम्म लागु हुने गरी पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालय र मन्त्री निवास आसपास प्रदर्शन गर्न नपाउने गरी ६ महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले स्थानीय प्रसाशन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क)…
सङ्क्रमणकालीन न्यायको मुद्दालाई सम्बोधन गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारलाई आग्रह गरेको छ । विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको अवसरमा ०८० मङ्सिर ५ गते आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै राष्ट्रिय, मानव अधिकार आयोगले यसअघि गरेका सिफारिस, सर्वोच्च अदालतको फैसला, संयुक्त राष्ट्रसङ्घका महासचिवसँगको भेटमा गरिएका प्रतिबद्धता…
चिकित्सकहरूमाथि कुटपिट भएपछि पाटन अस्पतालको सेवा प्रभावित
पाटन अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई जना बिरामीको ०८० कात्तिक १८ गते मृत्युपछि मृतकका आफन्तले वार्डमा कार्यरत चिकित्सकमाथि हातपात गरेको भन्दै आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ । घटनाबारे इन्सेकसँग कुराकानी गर्दै अस्पतालका मेडिसिन विभागका प्रमुख तथा प्रवक्ता डा. युवराज शर्माले कात्तिक १८ गते सुइको माध्यमबाट…
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी ‘क’ नै कायम राख्ने गानरीको निर्णय
ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी) को २०२३ को सेप्टेम्बर २५ देखि २९ सम्म जेनेभामा बसेको बैठकले नेपालको राष्ट्रिय मानव अधिकार आयोगको ‘क’ श्रेणीलाई कायमै राख्ने निर्णय गरेको छ । जेनेभामा बसेको गानरीको उपसमिति बैठकले नेपालको आयोगको श्रेणीलाई ‘क’ वर्गमै कायम राख्ने निर्णय गरेको हो । राष्ट्रिय मानव…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रेपलान्चोक घर भइ हाल ललितपुर महानगरपालिका-२७, सुनाकोठी बस्दै आएका २८ वर्षीय दीपक लामालाई प्रहरीले ०८० असोज २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज २० गतेदेखि २३ गतेसम्म पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २४ गते प्रहरी वृत्त, चापागाउँमा उजुरी दिएको थियो…