निर्वाचन नजिकिएसँगै आचारसहिंता उल्लङ्घनमा वृद्धि

निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उम्मेदवार र तिनका समर्थकले आचारसंहिताको उल्लङ्घन गर्ने क्रम बढेको राससले जनाएको छ । उम्मेदवारी दर्तापछि सुरुका दिनमा आचारसहिंता पालना भइरहे पनि निर्वाचन नजिकिँदै गर्दा उल्लङ्घन बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसहिंता अनुगमन अधिकृत भीम पाण्डेले बताए । उनले भने-“जिल्लाका विभिन्न भागमा ब्यानर, पम्प्लेट टाँस्ने…

२०७४ मंसिर २०, बुधबार १७:४७ गते  
निर्वाचन सुरक्षा व्यवस्था कडा बनाऊः रामा आयोग

प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको दोश्रो चरणको दिन नजिकिँदै गर्दा तेह्रथुम, स्याङ्जा, र्सलाही, पाल्पा, डडेल्धुरा, कैलाली जिल्लालगायत राजधानी मै उम्मेदवार तथा दलका चुनावी कार्यक्रमलाई लक्षित गरी बम आक्रमण भई उम्मेदवार तथा दर्जनौँ सर्वसाधारण व्यक्तिहरू घाइते भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बम विष्फोटबाट…

२०७४ मंसिर १८, सोमबार २१:३८ गते  
देशमा भइरहेका गम्भीर घटनाप्रति आयोगद्वारा दुःख व्यक्त

मुलुकका विभिन्न ४५ ओटा जिल्लाहरूमा प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा हिंसात्मक घटनाहरूमा बृद्धि भइरहेको अनुगमनबाट पाइएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । मङ्सिर १२ गते दाङको तुलसीपुरमा राजनीतिक दलको आमसभास्थल नजिकै बम विष्फोट हुँदा सात जना सुरक्षाकर्मी घाइते भएको र म्यादी प्रहरी विनोद चौधरीको…

२०७४ मंसिर १३, बुधबार २१:०५ गते  
विस्तृत शान्ति सम्झौताको ११ वर्षपूरा, द्वन्द्वपीडितले न्याय पाएनन्ः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौता भएको ११ वर्षपूरा भएपनि द्वन्द्वपीडितले न्याय पाउन नसकेको जनाएको छ । आयोगले मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौताको ११ वर्ष मानव अधिकार अवस्थाको संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा जनाएको हो । सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घन तथा हनन्का घटनाको सम्बोधन…

२०७४ मंसिर ६, बुधबार १२:२३ गते  
सरकार, राजनीतिक दल तथा उम्मेदवारबाट आचारसंहिताको उल्लङ्घनः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनमा नेपाल सरकार, राजनीतिक दल तथा उम्मेदवारबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको प्रतिवेदन सार्वजनिक गरेको छ । मङ्सिर ५ गते तीन चरणमा भएको स्थानीय तह निर्वाचनको अनुगमन प्रतिवेदन आयोगको कार्यालय हरिहर भवन ललितपुरमा सार्वजनिक गर्दै आयोगले यस्तो जनाएको हो । आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले…

२०७४ मंसिर ५, मंगलवार २१:५० गते  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारप्रति सरकार उदासिनः सरोकारवाला

शिक्षा, स्वास्थय र खाद्य अधिकारप्रति सरकार उदासिन रहेको एक कार्यक्रमका सहभागी सरोकारवालाले आरोप लगाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर १ गते ललितपुरको कुपण्डोलमा आयोजित 'स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना' विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले यस्तो आरोप…

२०७४ मंसिर २, शनिबार २०:५३ गते  
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपुर्ण एवम् भयरहित बनाउः मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपुर्ण एवम् भयरहित वातारणमा सम्पन्न गर्नका लागि सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ । कात्तिक २९ गते आयोगले विज्ञप्ति जारी गर्दै राजनीतिक दल तथा उम्मेदवारहरू माथि चुनावी प्रचारप्रसारको क्रममा आक्रमण भएपछि यस्तो आग्रह गरेको हो । आयोगले…

२०७४ कार्तिक २९, बुधबार २१:१० गते  
मानव अधिकार रक्षकको दोश्रो राष्ट्रिय सम्मेलन २१ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगद्वारा कात्तिक २६ गतेबाट ललितपुरमा सुरू भएको मानव अधिकार रक्षकको दोश्रो राष्ट्रिय सम्मेलन २१ बुँदे घोषणापत्र जारी गर्दै कातिक २७ गते सम्पन्न भएको छ । सम्मेलनले जारी गरेको घोषणा पत्रमा मानव अधिकार रक्षकको अन्तर्राष्ट्रिय घोषणा-१९९८, राष्ट्रिय मानव अधिकार आयोगद्वारा पारित मानव अधिकार रक्षकहरूसम्बन्धी मार्ग निर्देशिका-२०६९ र मानव…

२०७४ कार्तिक २८, मंगलवार ०९:४२ गते  
मानव अधिकार रक्षकको दोस्रो राष्ट्रिय सम्मेलन सुरू

'सबैका लागि घरघरमा मानव अधिकारः शान्ति र विकासको आधार' भन्ने मुल नाराका साथ दुई दिने मानव अधिकार रक्षकको दोस्रो राष्ट्रिय सम्मेलन कात्तिक २६ गते ललितपुरको जावालाखेलमा सुरू भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा सुरू भएको सो सम्मेलनमा मानव अधिकारको अवस्था र चुनौती, मानव अधिकार रक्षकको वर्तमान अवस्था, चुनौती…

२०७४ कार्तिक २६, आईतवार २१:१७ गते  
दसैँ, तिहार तथा छठ विदामा आयोग खुल्ला रहने 

राष्ट्रिय मानव अधिकार आयोगले दसैँ, तिहार तथा छठ विदामा पनि कार्यालय खुल्ला रहने जनाएको छ । आयोगद्वारा असोज १० गते जारी विज्ञप्तिमा आयोगको केन्द्रीय, क्षेत्रीय तथा उप-क्षेत्रीय कार्यालयहरू आगामी दसैं, तिहार तथा छठ विदाका दिनहरूमा दिउँसो ११ बजेदेखि २ बजेसम्म खुला रहने जनाइएको छ । विज्ञप्तिमा भनिएको छ-"आम नागरिकको मानव…

२०७४ आश्विन १०, मंगलवार १६:४२ गते