इन्सेक र कियोसको सँयुक्त टोलीद्वारा विद्यालय अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र कियोसको संयुक्त टोलीले वैशाख २७ गते ललितपुरको चापगाउँस्थित उदयखर्क माध्यमिक विद्यालयको अनुगमन गरेको छ । इन्सेकले कियोससँगको समन्वयमा गोदावरी नगरपालिका-१० मा रहेको सो विद्यालयमा बालिकामैत्री शौचालय निर्माण तथा कम्प्युटर र स्मार्ट बोर्ड सहयोग गरेको थियो । सहयोग गरिएका सामग्री र निर्माण गरिएको शौचालयबाट बालबालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा धादिङ जिल्ला रोराङ गाउँपालिका-२ बेनीघाट का २९ वर्षीय अर्जुन गुरुङविरुद्ध महानगरीय प्रहरी परीसर जावलाखेलमा पीडित पक्षले वैशाख २६ गते उजुरी दर्ता गराएको छ । पीडित युवतीलाई ललाइफकाई विवाह गर्ने प्रलोभन देखाएर वैशाख १८ गतेदेखि ललितपुर महानगरपालिका-२ सानेपास्थित एक कोठामा आठ दिनसम्म राखेर बलात्कार…
प्रमुख निर्वाचन आयुक्त यादवको निवासमा बम विष्फोट
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको ललितपुर मनपा-२३ हात्तिवन स्थित निवासमा वैशाख ९ गते बम विष्फोट भएको छ । निवासको बाहिरी कम्पाउण्डमा राखिएको तीन वटा बममध्ये एउटा बम विष्फोट भएको प्रमुख निर्वाचन आयुक्तका ज्वाइँ श्याम यादवले बताए । अन्य दुई वटा बम सुरक्षाकर्मीले डिस्पोज गरेको उनले बताए । विष्फोटबाट 'कम्पाउण्ड वाल'मा…
मानव अधिकार सुधार गर्न एक भएर लागौँ-सरोकारवाला
मानव अधिकारको अवस्था सुधारका लागि सबै सरोकारवालाहरू एक भएर लाग्नुपर्नेमा ललितपुरमा चैत २२ गते आयोजित एक कार्यक्रममा जोड दिइएको छ । विश्वव्यापी आवधिक समीक्षा (यूपिआर)का लागि गैरसरकारी संस्थाहरूको सञ्जालको सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव अधिकार आयोगलगायत नौ वटा संस्थाको संयुक्त आयोजनामा गरिएको यूपिआरबाट प्राप्त सुझावहरूको राष्ट्रियस्तरको फलो…
भूकम्प पीडितको राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ सम्पन्न
भूकम्प पीडितको राहत तथा पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम चैत १७ गते गोदावरी नपा-१३, झरुवाराशीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जाल ललितपुरको संयुक्त आयोजना तथा गोदावरी नपा-१३ वडा कार्यालयको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । ०७२ वैशाख १२ गते गएको विनाशकारी…
आयोगद्वारा परिपुरण मापदण्डसम्बन्धी सुझाव सङ्कलन
सत्य निरूपण तथा मेलमिलाप आयोगले प्रदेश न ३ का सरोकारवालासँग परिपुरण मापदण्डसम्बन्धी सुझाव सङ्कलन चैत ८ गते ललितपुरमा सम्पन्न गरेको छ । सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य लीला उदासी खनालले सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लङ्घनका गम्भीर घटनाहरूको अनुसन्धान छुट्टै विशेष संयन्त्रबाट गर्न उपर्युक्त हुने बताइन् । ०७१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागमती गाउँपालिका-४ का २५ वर्षीय कृष्णबहादुर बोम्जनलाई चैत ५ गते गिरफ्तार गरेको नेपाल समाचारपत्रले जनाएको छ । पीडित बालिकालाई आरोपितले चैत ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले महानगरीय प्रहरी वृत्त चापागाउँमा सोही दिन उजुरी दएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ललितपुरका अध्यक्ष शिव कार्की चैत २ गते मध्यराति गिरफ्तार गरेको छ । ज्ञानकुञ्ज बोर्डिङ स्कुल ताल्छीखेलका प्रधानाध्यापकसमेत रहेका कार्कीलाई स्कुलको होस्टलमा बस्ने एक छात्रालाई दुर्व्यवहार गरेको उजुरी आफन्त र पीडित छात्राले गरेपछि गए राति उनलाई…
मानव अधिकार अभियानको अर्को नाम इन्सेकः पूर्व प्रधानन्यायाधीश कार्की
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेका कामका कारण मानव अधिकार अभियानको अर्को नाम भनेकै इन्सेक भन्ने स्थापित भएको सर्वोच्च अदालतकी पूर्व प्रधानन्याधीश सुशीला कार्कीले बताएकी छन् । ललितपुरमा फागुन ७ गते आयोजित कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को विमोचन गर्दै कार्कीले सशस्त्र द्वन्द्वको समयमा समेत मानव अधिकारको…
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ हजारभन्दा बढी पीडित
सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले ललितपुरमा फागुन ७ गते आयोजित एक कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को विमोचन गरेकी छन् । आजै धनगढी, नेपालगञ्ज, पोखरा र विराटनगरमा आयोजित कार्यक्रमहरूमा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ सार्वजनिक गरिएको छ । 'इन्सेकले गरेको अभिलेख अनुसार सन् २०१७ मा मानव अधिकार…