बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागमती गाउँपालिका-४ का २५ वर्षीय कृष्णबहादुर बोम्जनलाई चैत ५ गते गिरफ्तार गरेको नेपाल समाचारपत्रले जनाएको छ । पीडित बालिकालाई आरोपितले चैत ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले महानगरीय प्रहरी वृत्त चापागाउँमा सोही दिन उजुरी दएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

२०७४ चैत्र ६, मंगलवार ०९:४८ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ललितपुरका अध्यक्ष शिव कार्की चैत २ गते मध्यराति गिरफ्तार गरेको छ । ज्ञानकुञ्ज बोर्डिङ स्कुल ताल्छीखेलका प्रधानाध्यापकसमेत रहेका कार्कीलाई स्कुलको होस्टलमा बस्ने एक छात्रालाई दुर्व्यवहार गरेको उजुरी आफन्त र पीडित छात्राले गरेपछि गए राति उनलाई…

२०७४ चैत्र ३, शनिबार २०:५२ गते  
मानव अधिकार अभियानको अर्को नाम इन्सेकः पूर्व प्रधानन्यायाधीश कार्की

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेका कामका कारण मानव अधिकार अभियानको अर्को नाम भनेकै इन्सेक भन्ने स्थापित भएको सर्वोच्च अदालतकी पूर्व प्रधानन्याधीश सुशीला कार्कीले बताएकी छन् । ललितपुरमा फागुन ७ गते आयोजित कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को विमोचन गर्दै कार्कीले सशस्त्र द्वन्द्वको समयमा समेत मानव अधिकारको…

२०७४ फाल्गुन ७, सोमबार २१:०२ गते  
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ हजारभन्दा बढी पीडित

सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले ललितपुरमा फागुन ७ गते आयोजित एक कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को विमोचन गरेकी छन् । आजै धनगढी, नेपालगञ्ज, पोखरा र विराटनगरमा आयोजित कार्यक्रमहरूमा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ सार्वजनिक गरिएको छ । 'इन्सेकले गरेको अभिलेख अनुसार सन् २०१७ मा मानव अधिकार…

२०७४ फाल्गुन ७, सोमबार १५:३० गते  
कारागारमै औपचारिक शिक्षा पूरा गर्दै कैदीबन्दी

औपचारिक अध्ययन पूरा गर्न नपाएका नख्खु कारागारका कैदीबन्दीले अहिले औपचारिक शिक्षालाई निरन्तरता दिन थालेका छन् । कारागारमा रहेका कैदीबन्दीमध्ये धेरै विभिन्न तहमा अध्ययन गरिरहेको जेलर टेकबहादुर केसीले बताए । पहिले अध्ययन गरिरहेकाहरुले निरन्तरता दिएको तथा लामो समयदेखि पढाइ छाडेकाहरुले समेत अहिले सुरु गरेका राससले जनाएको छ । कैदीबन्दी विद्यालय र…

२०७४ माघ २७, शनिबार ११:४३ गते  
भूकम्पपीडितका सवालमा सार्वजनिक सुनुवाइ सम्पन्न

भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम पुस १४ गते ललितपुर महानगरपालिका-१९ स्थित अग्नीशालामा सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइमा भूकम्पपछि पीडितको अवस्था, राज्य पक्षबाट पाएको राहत तथा सहयोग बारे छलफल भएको थियो । कार्यक्रममा भूकम्पपीडितहरूले आफूले पाएको आर्थिक सहयोग सन्तोषजनक नभएको गुनासो गरे । स्थानीय…

२०७४ पुष १५, शनिबार १९:४६ गते  
निर्वाचन नजिकिएसँगै आचारसहिंता उल्लङ्घनमा वृद्धि

निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उम्मेदवार र तिनका समर्थकले आचारसंहिताको उल्लङ्घन गर्ने क्रम बढेको राससले जनाएको छ । उम्मेदवारी दर्तापछि सुरुका दिनमा आचारसहिंता पालना भइरहे पनि निर्वाचन नजिकिँदै गर्दा उल्लङ्घन बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसहिंता अनुगमन अधिकृत भीम पाण्डेले बताए । उनले भने-“जिल्लाका विभिन्न भागमा ब्यानर, पम्प्लेट टाँस्ने…

२०७४ मंसिर २०, बुधबार १७:४७ गते  
निर्वाचन सुरक्षा व्यवस्था कडा बनाऊः रामा आयोग

प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको दोश्रो चरणको दिन नजिकिँदै गर्दा तेह्रथुम, स्याङ्जा, र्सलाही, पाल्पा, डडेल्धुरा, कैलाली जिल्लालगायत राजधानी मै उम्मेदवार तथा दलका चुनावी कार्यक्रमलाई लक्षित गरी बम आक्रमण भई उम्मेदवार तथा दर्जनौँ सर्वसाधारण व्यक्तिहरू घाइते भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बम विष्फोटबाट…

२०७४ मंसिर १८, सोमबार २१:३८ गते  
देशमा भइरहेका गम्भीर घटनाप्रति आयोगद्वारा दुःख व्यक्त

मुलुकका विभिन्न ४५ ओटा जिल्लाहरूमा प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा हिंसात्मक घटनाहरूमा बृद्धि भइरहेको अनुगमनबाट पाइएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । मङ्सिर १२ गते दाङको तुलसीपुरमा राजनीतिक दलको आमसभास्थल नजिकै बम विष्फोट हुँदा सात जना सुरक्षाकर्मी घाइते भएको र म्यादी प्रहरी विनोद चौधरीको…

२०७४ मंसिर १३, बुधबार २१:०५ गते  
विस्तृत शान्ति सम्झौताको ११ वर्षपूरा, द्वन्द्वपीडितले न्याय पाएनन्ः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौता भएको ११ वर्षपूरा भएपनि द्वन्द्वपीडितले न्याय पाउन नसकेको जनाएको छ । आयोगले मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौताको ११ वर्ष मानव अधिकार अवस्थाको संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा जनाएको हो । सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घन तथा हनन्का घटनाको सम्बोधन…

२०७४ मंसिर ६, बुधबार १२:२३ गते