मानव बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बेचबिखन तथा ओसार पसार गरेको आरोपमा प्रहरीले नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका–६ का ३९ वर्षीय सम्बरबहादुर तामाङ र तादी गाउँपालिका–२ की ३३ वर्षीया इन्दिरा कटवाल तामाङलाई चापागाउँबाट ०८१ जेठ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितद्वयले पोखरास्थित आफ्नै होटलमा काम दिने भन्दै चापागाउँबाट कान्ति लोकपथहुँदै हेटौंडा, बीरगञ्ज…
गम्भीर सामाजिक अपराधको रूपमा रहेको छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न जिम्मेवार बनः आयोग
जातीय भेदभाव तथा छुवाछूत जस्तो गम्भीर मानव अधिकारको विषयलाई संवेदनशील रूपमा लिई कानुन कार्यान्वयनमा जोड दिन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । छुवाछूत मूक्त राष्ट्र घोषणाको १८ वर्ष र जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा ०८१ जेठ २१ गते आयोगले जारी गरेको विज्ञप्तिमार्पmत आग्रह गरिएको हो ।…
जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मानव अधिकारको विषयमा सम्वेदनशील बन्न आयोगको आग्रह
जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मानव अधिकारको विषयलाई सम्वेदनशील बन्न र मौजुदा कानुन कार्यान्वयनमा जोड दिन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । छुवाछुत मूक्त राष्ट्र घोषणाको १८ वर्ष र जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा ०८१ जेठ २१ गते राष्ट्रिय मानव अधिकार आयोगद्वारा जारी विज्ञप्तिमार्पmत उक्त…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय आफन्तलाई ०८१ जेठ १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक पटक बलात्कार गरेको र अन्तिम पटक ०८१ वैशाख २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ८ गते प्रहरी वृत्त, चापागाउँमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…
सङ्क्रमणकालीन न्यायको कार्य छिटो टुङ्गोमा पुर्याउन सरकार प्रयत्नशीलः मन्त्री गिरी
सङ्क्रमणकालीन न्यायको कार्य छिटो टुङ्गोमा पुर्याउन सरकार प्रयत्नशील रहेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले बताउनु भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिकोत्सवका अवसरमा ०८१ जेठ १३ गते आयोजित कार्यक्रममा कानुन मन्त्री गिरीले कानुन संशोधन गरेर भए पनि शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्याउन सरकारले…
अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्था प्रति संवेदनशील बन्न आयोगको आग्रह
सामुदायिक सहायता सेवा तथा व्यक्तिगत सहयोगी सेवासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न माग गर्दै ०८१ वैशाख १८ गतेदेखि अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थामा पर्न सक्ने जोखिमप्रति संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार अयोगले वैशाख २४ गते जारी गरेको विज्ञप्तिमार्फत काठमाडौँको शान्तिवाटिकामा दिपक भण्डारीलगायतका अनशनरत व्यक्तिहरूको स्वास्थ्य…
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर: आयोग
संविधान तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुनहरूले समेत प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारकर्मीहरूको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । विश्वका लागि प्रेस: वातावरणीय सङ्कटको सामनामा पत्रकारिता भन्ने मूल आशयका साथ ०८१ वैशाख २१ गते (मे ३ का…
डढेलो फैलिएपछि कुष्ठरोग अस्पतालका बिरामीलाई सारियो, डढेलो निभाउने क्रममा एक जनाको मृत्यु
ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा लागेको डढेलो फैलिएपछि त्यहाँ नजिकै रहेको आनन्दवन अस्पतालका बिरामीलाई अस्पतालको अर्को भवनमा सारिएको छ । गोदावरी नगरपालिका–४ बडिखेलस्थित कुमारी सामुदायिक वनमा डढेलो निभाउने क्रममा वैशाख १८ गते घाइते भएका दुई जना मध्ये गोदावरी नगरपालिका–४ का ३७ वर्षीय शंकर पहरीको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुर जिल्ला त्रियुगा नगरपालिका– १६ सिरवानी घर भई गोदावरी नगरपालिका–१० टाहाखेल बस्ने ३१ वर्षीय सन्तोस राईलाई ०८१ वैशाख १६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८१ वैशाख १ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडितकी आमाले वैशाख २ गते प्रहरी वृत्त,…
बलात्कार कसुरमा १२ वर्ष कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले झापा जिल्ला गौरादह नगरपालिका–५ कोभारा घर भई महाँकाल गाउँपालिका–६, ठुलादुर्लुङ बस्ने ५१ वर्षीय डिल्लीराम शिवाकोटीलाई १२ वर्ष कैद र ५ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश ऋषिराम आचार्यको ०८१ वैशाख १६ गतेको आदेशले उक्त सजाय…