छोरीको हत्या गरेको आरोपमा आमा गिरफ्तार

२३ महिनाकी छोरी प्रिन्सिका भन्डारीको हत्या गरेको आरोपमा प्रहरीले काभ्रे जिल्ला पनौती नगरपालिका–३ घर भई कोन्ज्योसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भन्डारीलाई भदौ २४ गते गिरफ्तार गरेको छ । प्रमिलाले ०८१ साउन २७ गते साँझ ५ बजेतिर आफ्नै घरबाट २३ महिनाकी छोरी प्रिन्सिका भन्डारी हराएको भन्दै प्रहरी वृत्त…

२०८१ भाद्र २५, मंगलवार ०९:३६ गते  
जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

१४ र १५ वर्षीया दुई जना बालिका र २१ वर्षीया एक जना महिलालाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले कोन्ज्योसोम गाउँपालिका–२ शङ्खुका ३३ वर्षीय राजिब लामा र सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–५ का २५ वर्षीय सुनिता भन्ने शर्मिला कटुवाललाई ०८१ भदौ २१ गते गिरफ्तार गरेको छ । सातदोबाटोस्थित न्यु नमस्ते रेष्टुरेन्ट…

२०८१ भाद्र २४, सोमबार १०:२३ गते  
लैङ्गिक समावेशीकरणसम्बन्धी नौ बुँदे घोषणापत्र जारी गर्दै तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग नेपालको आयोजना तथा एशिया प्रशान्त मञ्च (एपीएफ) को सहकार्यमा राष्ट्रिय मानव अधिकार संस्थाहरूमा लैंगिक समावेशीकरणसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ०८१ भदौ १८ (सेप्टेम्बर ३, २०२४) देखि सुरु भएको सम्मेलनको क्रममा विभिन्न सातवटा सत्रहरूमा नीति र व्यवहारमा बहुलवाद, अम्मान घोषणाको कार्यान्वयन स्थिति, एनएचआरआईहरू…

२०८१ भाद्र २१, शुक्रबार १०:२१ गते  
बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गरः आयोग

विस्तृत शान्ति सम्झौताको अठार वर्ष पूरा हुन लाग्दा नेपालमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक हुन नसकेको एवम् पीडित न्यायको पर्खाइमा रहिरहेको अवस्थाप्रति ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगमा परेका उजुरीहरुमा छानविन र शवोत्खनन् समेत गरी दोषीलाई…

२०८१ भाद्र १४, शुक्रबार १९:४९ गते  
पाँचथर विष्फोट घटनाका दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति देऊः आयोग

पाँचथरको फालेलुङ गाउँपालिका – ५ डाँडागाउँस्थित आइतराज केरुङको घरमा ०८१ भदौ १३ गते विष्फोटक पदार्थ विष्फोट हुँदा दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन साँवाको ज्यान जानुका साथै १० वर्षीय पवन राई र ७ वर्षीय दिप्सन राई घाइते भएको भनी विभिन्न सञ्चार माध्यमबाट प्रकाशन÷प्रशारण भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको…

२०८१ भाद्र १४, शुक्रबार १५:०८ गते  
मानव बेचबिखन तथा ओसापसार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीय व्यक्तिलाई मानव बेचबिखन तथा ओसापसार गरेको आरोपमा महालक्ष्मी नगरपालिका–८, लुभु बस्ने ३७ वर्षीय शंकर खत्रीलाई भदौ ९ गते र मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका–२ का ४२ वर्षीया शान्तीमाया घलानलाई भदौ ११ गते गिरफ्तार गरिएको प्रहरी परिसर जावलाखेलका प्रवक्ता एवम् एसपी नरेश राज सुवेदीले जानकारी दिनुभयो । पीडितलाई आरोपितले ललाइ…

२०८१ भाद्र १२, बुधबार १६:५२ गते  
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरिएको घटनाप्रति नेपाल चिकित्सक सङ्घद्वारा आपत्ति

२७ वर्षीया खुशी मगरको पित्तथैलीको शल्यक्रिया पश्चात मृत्यु भएको घटनामा स्वास्थ्यकर्मीको लापारवाही भएको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिएको दुर्व्यवहारप्रति नेपाल चिकित्सक सङ्घले आपत्ति जनाएको छ । महालक्ष्मी नगरपालिका–१, इमाडोलस्थित किस्ट शिक्षण अस्पतालमा भर्ना गरी काठमाडौँ महानगरपालिका–३२ बस्ने मगरको ०८१ साउन २१ गते भर्ना भइ २२ गते शल्यक्रिया गरिएको केही दिनपछि…

२०८१ श्रावण ३२, शुक्रबार १६:२८ गते  
इन्सेकको पहलमा बालबालिकालाई विद्यालय पोशाक र स्टेशनरी सामग्री वितरण

गोदावरी नगरपालिका–२ विशंखुनारायण, कोतडाँडास्थित तुलसादेवी आधारभूत विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीलाई इन्सेक ललितपुर जिल्ला प्रतिनिधिको पहलमा साउन ३० गते विद्यालय पोशाक र स्टेशनरी सामग्री वितरण गरिएको छ । इन्सेक ललितपुर जिल्ला प्रतिनिधिको पहलमा नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ, ललितपुरले विद्यालय पोशाक र स्टेशनरी सामग्री निःशुल्क उपलब्ध गराएको हो ।…

२०८१ श्रावण ३१, बिहीबार ०९:३५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ३ र साउन २० गते बलात्कार गरेको भन्दै पीडितका अभिभावकले साउन २२ गते प्रहरी वृत्त चापागाउँमा उजुरी दिएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।…

२०८१ श्रावण २८, सोमबार १६:४४ गते  
पीडितको न्यायलाई सरकारले उचित रूपमा सम्बोधन गर्छः उपप्रधानमन्त्री पौडेल

उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले नेपाल सरकारले द्वन्द्व पीडितको न्याय मर्न नदिने प्रतिबद्धता जनाउनु भएको छ । ३२ औं प्रकाश स्मृति दिवसको अवसरमा ०८१ साउन १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको ३० औं प्रकाश मानव अधिकार पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले पीडितहरूको न्यायको मागलाई…

२०८१ श्रावण १६, बुधबार १९:२५ गते