विपद् प्रभावितहरुको उद्धार, राहत, बसोबास र स्वास्थ्योपचारमा जुट्न आयोगको आग्रह
विपद्को अवस्थामा संवेदनशील भई उच्चतम मानवीय भावनाका साथ उद्धार, राहत तथा पुनस्र्थापनाका लागि जुट्न राष्ट्रिय मानव अधिकार आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो एवम् डुबानका घटनामा परी हालसम्म १ सय ९२ जनाको मृत्यु भएको, ३० जना बेपत्ता…
हिरासतमै हत्कडी काटेर फरार थुनुवा गिरफ्तार
म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत उपस्थित गराउन लैजाँदा हत्कडी काटेर फरार भएका थुनुवालाई असोज ७ गते प्रहरीले ललितपुरबाट गिरफ्तार गरेको छ । गिरफ्तार भएकामा सिरहा जिल्ला लहान नगरपालिका–४ घर भएका २८ वर्षीय सञ्जीवकुमार दास रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो । सञ्जीवलाई महालक्ष्मी नगरपालिका–३…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–१३ झरुवाराशी का २६ वर्षीय आशिष पुर्कुटीलाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पीडित पक्षले भदौ २७ गते प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो । आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल मखुण्डोल बस्ने ३५ वर्षीया शशीकला राईको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय भक्तिराज राईलाई भदौ २४ गते गिरफ्तार गरेको छ । शशीकला राईको शव आफ्नै कोठामा ०८१ भदौ १२ गते फेला परेकोमा अनुसन्धान गर्दै जाँदा घटनामा पतिकै संलग्नता पाइएको जिल्ला…
पाँचथर विष्फोटको घटनाका घाइते बालकहरूको उपचारबारे आयोगद्वारा अनुगमन
पाँचथर जिल्लाको फालेलुङ्ग गाउँपालिका–५ डाँडागाउँमा ०८१ भदौ १३ गते भएको विष्फोटको घटनामा परी घाइते भएका बालकहरूको उपचार र स्वास्थ्य अवस्था सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर नेतृत्वको उच्चस्तरीय टोलीले भदौ २४ गते अनुगमन गरेको आयोगले जनाएको छ । किर्तिपुर अस्पतालको नेपाल क्लीफ्ट एण्ड बर्न सेन्टरमा पुगी उपचाररत बालबालिकाका…
छोरीको हत्या गरेको आरोपमा आमा गिरफ्तार
२३ महिनाकी छोरी प्रिन्सिका भन्डारीको हत्या गरेको आरोपमा प्रहरीले काभ्रे जिल्ला पनौती नगरपालिका–३ घर भई कोन्ज्योसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भन्डारीलाई भदौ २४ गते गिरफ्तार गरेको छ । प्रमिलाले ०८१ साउन २७ गते साँझ ५ बजेतिर आफ्नै घरबाट २३ महिनाकी छोरी प्रिन्सिका भन्डारी हराएको भन्दै प्रहरी वृत्त…
जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार
१४ र १५ वर्षीया दुई जना बालिका र २१ वर्षीया एक जना महिलालाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले कोन्ज्योसोम गाउँपालिका–२ शङ्खुका ३३ वर्षीय राजिब लामा र सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–५ का २५ वर्षीय सुनिता भन्ने शर्मिला कटुवाललाई ०८१ भदौ २१ गते गिरफ्तार गरेको छ । सातदोबाटोस्थित न्यु नमस्ते रेष्टुरेन्ट…
लैङ्गिक समावेशीकरणसम्बन्धी नौ बुँदे घोषणापत्र जारी गर्दै तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
राष्ट्रिय मानव अधिकार आयोग नेपालको आयोजना तथा एशिया प्रशान्त मञ्च (एपीएफ) को सहकार्यमा राष्ट्रिय मानव अधिकार संस्थाहरूमा लैंगिक समावेशीकरणसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ०८१ भदौ १८ (सेप्टेम्बर ३, २०२४) देखि सुरु भएको सम्मेलनको क्रममा विभिन्न सातवटा सत्रहरूमा नीति र व्यवहारमा बहुलवाद, अम्मान घोषणाको कार्यान्वयन स्थिति, एनएचआरआईहरू…
बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गरः आयोग
विस्तृत शान्ति सम्झौताको अठार वर्ष पूरा हुन लाग्दा नेपालमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक हुन नसकेको एवम् पीडित न्यायको पर्खाइमा रहिरहेको अवस्थाप्रति ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगमा परेका उजुरीहरुमा छानविन र शवोत्खनन् समेत गरी दोषीलाई…
पाँचथर विष्फोट घटनाका दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति देऊः आयोग
पाँचथरको फालेलुङ गाउँपालिका – ५ डाँडागाउँस्थित आइतराज केरुङको घरमा ०८१ भदौ १३ गते विष्फोटक पदार्थ विष्फोट हुँदा दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन साँवाको ज्यान जानुका साथै १० वर्षीय पवन राई र ७ वर्षीय दिप्सन राई घाइते भएको भनी विभिन्न सञ्चार माध्यमबाट प्रकाशन÷प्रशारण भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको…