बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्ला गाईघाट नगरपालिका–७ घरभइ ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई ०७९ पुस २५ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ललाइ फकाइ विवाह गर्ने प्रलोभन देखाइ आरोपितको निवासमा लगी पुस २२ गते बलात्कार गरेको भन्दै पुस २५ गते…

२०७९ पुष २६, मंगलवार १५:५५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेलधुरा जिल्ला घरभइ ललितपुर महानगरपालिका–१७ सिन्चाहिटीमा बस्ने ३० वर्षीय मनोजबहादुर साउदलाई प्रहरीले ०७९ पुस २४ गते  गिरफ्तार गरेको छ । पीडित बालिकालाई ललाइ फकाइ विवाह गर्ने प्रलोभन देखाइ निवासमा लगि ०७८ चैत १० गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले ०७९ पुस ४ गते जिल्ला प्रहरी वृत्त सातदोबाटोमा…

२०७९ पुष २५, सोमबार १५:४५ गते  
बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरूको अनुसन्धानलाई प्रभावकारी बनाउन आयोगको आग्रह

बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरूको अनुसन्धानलाई प्रभावकारी बनाउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले ०७९ पुस २४ गते प्रेस विज्ञप्ति प्रकाशित गरी बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनालाई पुनः अनुसन्धान प्रक्रिया अगाडि बढाउनको लागि गृह मन्त्रालयबाट हालै भएको पहललाई सकारात्मक रुपमा लिएको जनाएको…

२०७९ पुष २४, आईतवार १९:२० गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

इन्सेक ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १३ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । जसमा बलात्कारका ४६ ओटा, बलात्कार प्रयासका चार ओटा, मानव बेचबिखन तथा…

२०७९ पुष १४, बिहीबार १५:०४ गते  
आपराधिक घटनाका दोषीलाई उन्मुक्ति दिई दण्डहीनतालाई प्रश्रय नदेऊ: मानव अधिकार आयोग

अदालतबाट आपराधिक घटनामा दोषी ठहर भई सजाय भोगिरहेकाहरूलाई उन्मुक्ति नदिन भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । आयोगले ०७९ मङ्सिर २८ गते प्रेस विज्ञप्ति जारी गरी आपराधिक घटनामा संलग्न भएको अदालतबाट ठहर भई सजाय भोगिरहेकाहरूलाई उन्मुक्ति दिने कानुन नबनाउन र त्यस्ता घटनामा संलग्नलाई राजनीतिक आवरण नदिन…

२०७९ मंसिर २९, बिहीबार १६:२६ गते  
प्रधानमन्त्री देउवाद्वारा मानव अधिकार र कानुनी शासनको पक्षमा काम गर्ने प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार, लोकतन्त्र र कानुनी शासनको पक्षमा सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले ०७९ मङ्सिर २४ गते आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । उहाँले नेपालको संविधानले विश्वव्यापीरुपमा…

२०७९ मंसिर २५, आईतवार १९:२५ गते  
मानव अधिकार रक्षकसम्बन्धी ऐन बनाउनु पर्नेमा जोड

मानव अधिकार रक्षक सम्बन्धी ऐन बन्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार रक्षक मस्यौदा विधेयकको बारेमा ०७९ मङ्सिर २३ गते भएको छलफलका सहभागीहरूले उक्त कुरा बताएका हुन । मानव अधिकार रक्षकहरूको अवस्था र रक्षकहरूका अधिकार संरक्षण तथा…

२०७९ मंसिर २४, शनिबार ०८:२८ गते  
आत्महत्या दुरुत्सहान घटनाका आरोपितविरुद्ध उजुरी

काठमाडौँ महानगरपालिका–११ स्थित विश्व निकेतन मावि त्रिपुरेश्वरमा कार्यरत अनुशासन विभाग प्रमुख ४० वर्षीय नवराज लोहनीविरुद्ध आत्महत्या दुरुत्सहानको आरोपमा ०७९ मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । सो विद्यालयमा कक्षा ९ मा अध्ययन छात्रा १६ वर्षीया सदीक्षा चौधरीले मङ्सिर २० गते आत्महत्या गरेको घटनाका लागि लोहनीले विद्यालयमा…

२०७९ मंसिर २२, बिहीबार १९:३० गते  
लैङ्गिक हिंसा अन्त्यका लागि सबैले पहल गर्नुपर्नेः अध्यक्ष मगर

विश्व भरि नै महिला हिंसा भइरहेको अवस्थामा लैङ्गिक हिंसा अन्त्यका लागि सबैले व्यक्तिगत र सामूहिक पहल गर्नुपर्नेमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जोड दिनु भएको छ । आयोगले सरोकारवालहरुसँग ०७९ मङ्सिर ९ गते आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा आयोगका अध्यक्ष मगरले लैङ्गिक हिंसाविरुद्धको अभियानमा विश्वका १ सय ६८ राष्ट्रमा…

२०७९ मंसिर १०, शनिबार ०९:५८ गते  
स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने कार्यमा भूमिका खेल्न सबै पक्षलाई आयोगको आग्रह

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा आयोगको उच्चस्तरीय अनुगमन टोलीसहित ३२ ओटा टोलीले सात ओटै प्रदेशका ६७ जिल्लामा मतदानपूर्वको मानव अधिकार अवस्थाको अनुगमन गरी प्रारम्भिक जानकारी प्राप्त गरेको जनाएको छ । मतदाताको अधिकारको कदर गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न, राजनीतिक दल तथा तिनका भातृ सङ्गठन, नेपाल सरकार, नागरिक समाज,…