जातीय छुवाछूत तथा भेदभावमुक्त वातावरणको सुनिश्चित गर्न आयोगको आग्रह

जातीय विभेदका सबै घटनाका सूक्ष्म अनुसन्धान गरी दोषीहरूलाई कानुनी दायरामा ल्याउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । समाजमा दैनिक जसो घट्ने गरेका जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनालाई निर्मूल गरी जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गरिएको ०७९ चैत ७ गते जारी विज्ञप्तिमा उल्लेख छ । साथै,…

March 21, 2023  
सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन पीडितमैत्री बनाऊ: आयोग

वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक नेपाल सरकारले सरोकारवालासँग पर्याप्त छलफल नगरी, आवश्यक परिमार्जन विना ०७९ फागुन २५ गते सङ्घीय संसद सचिवालयमा दर्ता गरेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त संशोधन विधेयक सम्बन्धमा आयोगले…

March 16, 2023  
सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन आयोगको आग्रह

सङ्क्रमणकालीन न्यायको विषयमा विगत केही दिनदेखि विभिन्न कोणबाट भएका बहसका सम्बन्धमा ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगले ०६३ मङ्सिर ५ गते राज्य पक्ष र तत्कालीन सशस्त्र विद्रोही पक्षबीच भएको विस्तृत शान्ति सम्झौतामा सङ्क्रमणकालीन न्यायका माध्यमबाट द्वन्द्वपीडितलाई न्याय प्रदान गर्ने भनिए पनि १६ वर्ष पूरा भइसक्दा समेत…

March 8, 2023  
चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको दायरामा ल्याऊः आयोग

चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको दायरामा ल्याउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । ०७९ माघ २७ गते संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट आउजाउ गर्दा घण्टौँ ट्राफिक जाम भई सर्वसाधारणले कष्ट व्यहोर्नु परेको, एम्बुलेन्सहरू समेत ट्राफिक जाममा पर्दा बिरामीहरू समयमै अस्पताल पुग्न नसकेको,…

February 12, 2023  
जातीय भेदभाव तथा छुवाछूत घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग

जातीय भेदभाव तथा छुवाछूतविरुद्ध भइरहेका घटना सम्बन्धमा समयमै प्रभावकारी अनुसन्धान हुन नसक्दा न्याय प्राप्त गर्ने अधिकारबाट पीडितहरू वञ्चित हुनुपरेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले ०७९ माघ २३ गते प्रेस विज्ञप्ति प्रकाशित गरी हालै रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका–५ का गणेश दमाई (परियार) को कुटपिटबाट मृत्यु भएको…

February 7, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–१५ का १६ वर्षीय बालकलाई प्रहरीले ०७९ माघ १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ललाइ फकाइ निवासमा लगि ०७९ पुस ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध ०७९ माघ १५ गते प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो । घटनापछि पीडितलाई आरोपितले दबाब…

February 1, 2023  
सम्मानपूर्वक बाँच्न पाउने नागरिकको अधिकारको सुनिश्चितता गर्न आयोगको आग्रह

पेशा व्यवसायको वातावण नभएको एवम् राज्यका निकायहरूबाट न्याय नपाएको जस्ता विषयलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी ०७९ माघ ९ गते नयाँ वानेश्वरको संसद भवन अगाडि आत्मदाह गरी घाइते भएका इलामका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका सदस्य लिली थापाले…

January 27, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पर्सा जिल्ला बिरगन्ज महानगरपालिका–२२ घर भई ललितपुर महानगरपालिका–१५ हात्तीवन बस्ने ५० वर्षीय कजय बम मल्ललाई प्रहरीले ०७९ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ललाइ फकाइ निवासमा गई पुस २९ गते यौन दुर्व्यवहार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले माघ २ गते जिल्ला प्रहरी…

January 19, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतको उत्तर प्रदेश राज्यको बलिया जिल्ला घर भइ महालक्ष्मी नगरपालिका–८ लुभुमा बस्ने २१ वर्षीय रामकरण सावलाई ०७९ पुस २७ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई ललाइ फकाइ आरोपितको निवासमा लगी पुस २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पुस २२ गते…

January 13, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२८ हरिसिद्धिका २७ वर्षीय सौतेला बाबुलाई ०७९ पुस २६ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई ललाइ फकाइ गरेर विवाह गर्ने प्रलोभन देखाइ आरोपितको निवासमा लगी पुस २४ गते बलात्कार गरेको भन्दै पुस २६ गते नै पीडितकी आमाले प्रहरी वृत्त सातदोबाटोमा…

January 12, 2023