बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लिखु तामाकोशी गाउँपालिका-६, खिम्तीका २२ वर्षीय अम्बरबहादुर कडरियालाई प्रहरीले ०८० पुस ३ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी होमबहादुर पराजुलीका अनुसार विद्यालयबाट पढेर घर फर्कँदै गर्दा पीडित बालिकालाई पुस ३ गते डल्ले चौताराको बाटो नजिकै जङ्गलमा बलात्कार गरेको भन्दै पीडित पक्षले…

२०८० पुष ४, बुधबार १९:४१ गते  
रामेछापका १९ ओटा स्वास्थ्य संस्थाको निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

रामेछापमा निर्माणाधीन १९ ओटा स्वास्थ्य संस्थाका भनव निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । २०७२ सालमा आएको भूकम्पले क्षति पुर्‍याएका सहित १९ ओटा स्वास्थ्य संस्थाको भवन निर्माण जिम्मा लिएको कम्पनीले समयमा काम नगर्दा निर्माण कार्य पूरा हुन सकेका छैन । स्काई विवश निर्माण सेवाले भवन निर्माणको…

२०८० पुष ४, बुधबार ०८:२८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लिखु तामाकोसी गाउँपालिका-५ का ६९ वर्षीय ससुरालाई प्रहरीले ०८० पुस २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० जेठ ८ गते र अन्तिम पटक असार २८ गते बलात्कार गरेको भन्दै पीडितले असार २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । पीडितको…

२०८० पुष ३, मंगलवार २०:१८ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लिखु तामाकोशी गाउँपालिका–७ को नवदर्शन मावि, तिल्पुङका शिक्षक ३४ वर्षीय मानबहादुर सार्कीलाई प्रहरीले ०८० पुस २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर २६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले पुस १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।…

२०८० पुष २, सोमबार १९:११ गते  
इन्सेक अनलाइनको प्रभावः सामुदायिक विद्यालयले लियो बुबा र आमा गुमाएका बालकहरूलाई पढाउने जिम्मा

बुबा र आमा गुमाएर बिचल्लीमा परेका रामेछापको मन्थली नगरपालिका-६ का दुई बालकको पठनपाठनका जिम्मा सामुदायिक विद्यालयले लिएको छ । उनीहरूलाई १२ कक्षासम्म आवास र खाना सहितको अध्यापन गर्ने जिम्मा रामेछापको सुनापति गाउँपालिका-४, बेथानमा रहेको डहु माविले लिएको हो । एक वर्षको बिचमा बुबा र आमा गुमाएपछि बालकहरू बिचल्लीमा परेका थिए…

२०८० मंसिर ३०, शनिबार १८:३४ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व रामेछापको मन्थलीमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक रामेछाप जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधिले सन् २०२३ मा रामेछापमा इन्सेकले सङ्कलन…

२०८० मंसिर २४, आईतवार २१:४७ गते  
विद्यालय पढ्न दैनिक चार घण्टाभन्दा बढी पैदल यात्रा, बालबालिकालाई सास्ती

नेपालको संविधान २०७२ ले शिक्षाको अधिकारलाई मौलिक अधिकारको रूपमा व्यवस्था गरेको छ । संविधानको धारा ३१ मा प्रत्येक बालबालिकालाई शिक्षामा पहुँचको हक हुने कुरा उल्लेख गरिएको छ । संविधानले दिएको यही मौलिक अधिकार प्राप्त गर्न रामेछापको गोकुलगङ्गा गाउँपालिका-२, ठोसेका बालबालिकाले भने दैनिक चारदेखि पाँच घण्टासम्म पैदल हिँड्नु परेको छ ।…

२०८० मंसिर ३, आईतवार ०६:५४ गते  
घटनाको सत्य तथ्य सार्वजनिक गर्नु पर्ने बेपत्ता पारिएका व्यक्तिका परिवारको माग

उमाकुण्ड गाउँपालिका-५, प्रीतिमा ०५९ माघ १२ गते साँझ गाउँमा इन्द्रबहादुर कटुवालको घरमा क्रियापुत्री रुँग्न जानु भएका उपेन्द्रप्रसाद गुरागाईँ बेपत्ता पारिनु भएको २१ वर्ष बित्यो । उहाँको अहिलेसम्म न सास पत्ता लागेको छ, न लास नै । घटनाको सत्य तथ्य सार्वजनिक गर्नु पर्ने उपेन्द्रप्रसाद गुरागाईँकी पत्नी इन्द्रकुमारी गुरागाईँको माग छ ।…

२०८० मंसिर १, शुक्रबार ०६:१६ गते  
आर्थिक अभावले बिहान बेलुका हातमुख जोर्ने समस्यासँग जुद्धै छन् रामेछापका थामी समुदाय

आर्थिक समस्याको कारण दोरम्बा शैलुङ गाउँपालिका-१, डडुवाको थामी बस्तीमा अहिले पनि बिहान खायो, बेलुका के खाऊँ भन्ने समस्या छ । हरेक दिन ज्याला मजदुरी गर्न नजाने हो भने बिहान बेलुका पेटमा तातो पर्दैन । सीमान्तकृत थामी समुदायका मानिसहरू अहिले पनि आर्थिक अभाव कारण बिहान बेलुका हातमुख जोर्ने लडाइँमा नै छन्…

२०८० कार्तिक २९, बुधबार १८:५२ गते  
बेपत्ता पारिएका व्यक्तिका परिवारको गुनासोः सरकारले हाम्रो वास्ता नै गरेन, हामीले न्याय पाएनौँ

रामेछापको सुनापति गाउँपालिका-३, हिलदेवीका राजकुमार थापा मगर बेपत्ता हुनुभएको २० वर्ष भयो । २० वर्ष बित्दा पनि उहाँको कुनै पत्तो लाग्न सकेको छैन । माओवादी पार्टीमा २०५९ सालबाट लाग्नुभएका मगरलाई २०६० सालमा सुरक्षाकर्मीले सिन्धुपाल्चोकको पिस्करबाट गिरफ्तार गरेको थियो । हातहतियार तथा खरखजाना मुद्दामा १० महिना जेल सजाय सुनाइएका मगरलाई सिन्धुपाल्चोक…

२०८० कार्तिक २६, आईतवार ०६:२० गते