गरिबीको कारण पढाइ छाडेर ज्याला मजदुरीमा लाग्दै छन् टेकानपुरका बालबालिका
जिल्ला सदरमुकाम मन्थली नजिकै रहेको मन्थली नगरपालिका-२, टेकानपुरको दलित बस्तीका बालबालिका गरिबीको कारण पढाइ छाडेर दैनिक ज्याला मजदुरी गर्दै छन् । गरिबीको कारण झण्डै ९० घर सार्की समुदायका दलित परिवारलाई रातदिन ज्याला मजदुरीको लागि दौडनु पर्ने बाध्यता छ । ज्याला मजदुरीको लागि जिल्ला सदरमुकाम मन्थलीदेखि काठमाडौँ र भारतसम्म पुग्नु पर्ने…
मन्थलीको मुख्य प्रशासनिक केन्द्र र त्यसको वरपर दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालयले ०८० माघ १४ गतेदेखि आगामी दुई महिनासम्म लागु हुने गरी मन्थलीको मुख्य प्रशासनिक केन्द्र र त्यसको आसपास प्रदर्शन गर्न नपाउने गरी दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम…
समाचारको प्रभावः इन्सेक लगायत मानव अधिकारकर्मीको पहलमा बिनु यादवले तोड्नुभयो अनशन
जिल्ला प्रशासन कार्यालय रामेछापको गेटमा अनशन बस्नु भएकी रामेछाप नगरपालिका-१, गोठगाउँकी बिनु यादवले इन्सेक लगायत मानव अधिकारकर्मीको पहलमा अनशन तोड्नु भएको छ । यादवका पति प्रदीप कठायतले घरमा बस्न नदिएको भन्दै घरमा बस्ने वातावरण बनाई पाउँ भनि ०८० माघ ७ गतेदेखि जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडि आमरण अनशन बस्नु…
कमजोर बन्दै छ अनशन बस्नुभएकी बिनु यादवको स्वास्थ्य
जिल्ला प्रशासन कार्यालयको गेटमा ०८० माघ ७ गतेदेखि आमरण अनशनमा बस्नुभएकी रामेछाप नगरपालिका-१, गोठगाउँकी बिनु यादवको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । खुल्ला आकासमुनी कार्यालय छिर्ने गेटको सडकमा म्याट ओछ्याएर अनशन बस्नुभएकी यादवले चार रात खुल्ला आकासमुनी नै पानी समेत नखाई काटिसक्नु भएको छ । जिल्ला अदालत रामेछापले सम्बन्ध…
अभिभावकसँगै इँटाभट्टामा जान्छन् विद्यालय पढ्ने उमेरका बालबालिका
मन्थली नगरपालिका-७ को नवदुर्गा आधारभूत विद्यालयमा मङ्सिर पछि विद्यार्थीहरू पातलिएका छन् । दशैँ, तिहार अघिसम्म ४३ जना विद्यार्थी अध्ययन गर्ने सो विद्यालयमा अहिले विद्यार्थी सङ्ख्या घटेर ३२ जना पुगेको छ । विपन्न, दलित तथा माझी समुदायका विद्यार्थी अध्ययन गर्ने सो विद्यालय पढ्ने ११ जना बालबालिका अहिले भक्तपुर, काठमाडौँदेखि धादिङसम्मका इँटाभट्टामा…
आर्थिक अभावले १२ वर्षदेखि उपचार हुन सकेको छैन दीर्घमायाको घाँटीको घाउ
लिखु तामाकोसी गाउँपालिका-६, खिम्तिकी ७० वर्षीया दीर्घमाया सुनुवारले आर्थिक अभावको कारण घाँटीमा निस्किएको घाउको १२ वर्षदेखि उपचार गराउन सक्नु भएको छैन । घाउको उपचार गराउन नसक्दा उहाँ १२ वर्षदेखि समस्यामा हुनुहुन्छ । दीर्घमायालाई आफ्नो जन्मथलो कहाँ भन्ने थाहा छैन । काठमाडौँकै सडकमा हुर्किनुभयो । कहिले प्लास्टिक टिप्नुभयो, कहिले बालुवा बोक्नुभयो,…
मैदानेका बालबालिकालाई पढ्न जान तीन घण्टा जङ्गलको यात्रा
लिखु तामाकोसी गाउँपालिका-२, सैपु मैदानेकी निशा मगर अहिले कक्षा ११ मा पढ्नु हुन्छ । उहाँले पढ्ने विद्यालय नजिक छैन । विद्यालय पढ्न जान तीन घण्टाको जङ्गलको बाटो हिँड्नु पर्छ । बिहान ७ बजे घरबाट निस्कनु भएकी निशा बल्ल १० बजे सोही वडाको चण्डेश्वरी मावि, सैपुमा पुग्नुहुन्छ । बेलुका पनि त्यस्तै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लिखु तामाकोशी गाउँपालिका-६, खिम्तीका २२ वर्षीय अम्बरबहादुर कडरियालाई प्रहरीले ०८० पुस ३ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी होमबहादुर पराजुलीका अनुसार विद्यालयबाट पढेर घर फर्कँदै गर्दा पीडित बालिकालाई पुस ३ गते डल्ले चौताराको बाटो नजिकै जङ्गलमा बलात्कार गरेको भन्दै पीडित पक्षले…
रामेछापका १९ ओटा स्वास्थ्य संस्थाको निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या
रामेछापमा निर्माणाधीन १९ ओटा स्वास्थ्य संस्थाका भनव निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । २०७२ सालमा आएको भूकम्पले क्षति पुर्याएका सहित १९ ओटा स्वास्थ्य संस्थाको भवन निर्माण जिम्मा लिएको कम्पनीले समयमा काम नगर्दा निर्माण कार्य पूरा हुन सकेका छैन । स्काई विवश निर्माण सेवाले भवन निर्माणको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लिखु तामाकोसी गाउँपालिका-५ का ६९ वर्षीय ससुरालाई प्रहरीले ०८० पुस २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० जेठ ८ गते र अन्तिम पटक असार २८ गते बलात्कार गरेको भन्दै पीडितले असार २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । पीडितको…