जिल्ला समन्वय समिति रामेछापको नागरिक संस्थालाई अङ्कुश लगाउने निर्णय

जिल्ला समन्वय समिति रामेछापले कानुन विपरीत नागरिक संस्थालाई अङ्कुश लगाउने निर्णय गरेको छ । जिल्ला समन्वय समिति रामेछापले ०८० जेठ ३० गते आयोजना गरेको छलफल कार्यक्रममा जिल्लामा सञ्चालित नागरिक संस्थाले जिल्ला समन्वय समितिमा आफ्नो वार्षिक प्रतिवेदन बुझाएर नवीकरणको लागि सिफारिस लिएर मात्र जिल्ला प्रशासन कार्यालयबाट नवीकरण हुने निर्णय जिल्ला समन्वय…

June 15, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप नगरपालिका-५ रामपुर घरभइ रामेछाप नगरपालिका-६ आख्रेनी मामाघर आएका १४ वर्षीय बालकलाई प्रहरीले ०८० जेठ १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको रामेछापका प्रहरी प्रवक्ता इन्स्पेक्टर राजु…

May 28, 2023  
भ्रष्टाचारमा संलग्नलाई कडा कारबाही गर्न नागरिक समाजको माग

नागरिक समाज रामेछापले भ्रष्टाचारमा संलग्नलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् । इन्सेक लगायत विभिन्न नागरिक संस्थाले नक्कली भुटानी शरणार्थी बनाइ नेपाली नागरिकलाई तेस्रो मुलुकमा पठाउने कार्य लगायत स्थानीय तथा राष्ट्रिय स्तरमा चर्चामा आएका भ्रष्टाचारसम्बन्धि घटनामा सरकारका विभिन्न तहका केही उच्च पदस्थ व्यक्ति र उनका नातागोता समेत संलग्न भएको…

May 21, 2023  
विद्यार्थीसँग शुल्क उठाउँदै सामुदायिक विद्यालय

आधारभूत तहको शिक्षा निशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने संवैधानिक हक विपरीत मन्थली माध्यमिक विद्यालयले विद्यार्थीसँग शुल्क उठाएको छ । संवैधानिक व्यवस्थालाई चुनौति दिँदै रामेछापका सामुदायिक विद्यालयले विद्यार्थीसँग शुल्क उठाइरहेका छन् । जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली माध्यमिक विद्यालयले विद्यार्थीसँग गैर कानुनी रूपमा शुल्क उठाएको छ ।…

May 16, 2023  
बलात्कार घटनाका कसुरदार गिरफ्तार

६६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा लिखु तामाकोसी गाउँपालिका-३ धोबी बिक टोलका ५० वर्षीय सिंहबहादुर कामीलाई प्रहरीले ०८० जेठ १ गते गिरफ्तार गरेको छ । प्रहरीले कामीलाई मन्थली नगरपालिका-१ मन्थली बजारबाट गिरफ्तार गरी जिल्ला अदालतमा बुझाएको र सोही दिन अदालतले सजाय भुक्तानका लागि जिल्ला कारागार कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालय…

May 16, 2023  
वडाध्यक्ष पौडेलमाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण

खाँडादेवी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष मनोज पौडेललाई गाउँ कार्यपालिका कार्यालयबाट प्रदेश ३–०२–००१ मोटरसाइकलमा चढेर घर फर्कँदै गर्दा सडकमा बाटो छेकि सोही स्थानका नेपाली कांग्रेसका कार्यकर्ता ४५ वर्षीय विराज श्रेष्ठको नेतृत्वमा आएको कार्यकर्ताहरूले ०८० वैशाख २८ गते आक्रमण गरेका छन् । उनीहरूले पौडेल चढेको सरकारी मोटरसाइकल समेत तोडफोड गरे…

May 12, 2023  
यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा मन्थली नगरपालिका-३ ठुलीमदौका ४२ वर्षीय रामकुमार नेपालीलाई प्रहरीले ०८० वैशाख २१ गते गिरफ्तार गरेको छ । प्रहरीले नेपालीलाई मन्थली नगरपालिका-१ बाट गिरफ्तार गरी जिल्ला अदालतमा बुझाएको र सोही दिन सजाय भुक्तानको लागि कारागार रामेछापमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्सपेक्टर राजुप्रसाद ढकालले जानकारी…

May 5, 2023  
अधिकाङ्श सरकारी कार्यालयमा स्तनपान कक्ष नहुँदा सेवाग्राही महिलालाई समस्या

जिल्ला सदरमुकाम मन्थलीमा रहेको जिल्ला प्रशासन कार्यालय, मन्थली अस्पताल र मन्थली नगरपालिका बाहेक अन्य अधिकाङ्श सरकारी कार्यालयमा नवजात शिशु बोकेर सेवा लिन आउने महिलालाई स्तनपान गराउने कक्ष नहुँदा नवजात शिशुलाई दूध खुवाउन समस्या परेको छ । महिला र बालबालिकाले सरकारी कार्यालयमा जाँदा समेत त्यसको उपभोग गर्न पाएका छैनन् । रामेछापका…

May 3, 2023  
कारागारमा एक जना थुनुवाको मृत्यु

लिखु तामाकोसी गाउँपालिका–३ बिजुलीकोट घर भई जिल्ला कारागार कार्यालय रामेछापमा थुनुवा जीवन बिताउँदै आउनुभएका ५२ वर्षीय वीरे दर्जीको ०७९ चैत २४ गते मृत्यु भएको छ । कारागारमा बिरामी पर्नुभएका दर्जीको जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको हो । अकस्मात चक्कर लागेपछि कारागारकै स्वास्थ्यकर्मीले उहाँका सामान्य स्वास्थ्य परीक्षण गरी थप…

April 7, 2023  
खुकुरी प्रहार गरी ज्येष्ठ नागरिकको हत्या

गोकुलगंगा गाउँपालिका–४ बेतालीको लिसेखानी बस्ने ८२ वर्षीय शमशेरबहादुर थापा मगरलाई ०७९ चैत १३ गते अज्ञात समूहले खुकुरी प्रहार गरी हत्या गरेका छन् । आफ्नै घरमा बसिरहेको अवस्थामा थापामगरमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि मन्थली ल्याउने क्रममा बाटोमै ज्यान गएको गोकुलगंगा गाउँपालिका–४ वडाध्यक्ष रामचन्द्र…

March 28, 2023