रामेछापमा १ सय भन्दा बढी स्वास्थ्यकर्मीको पद रिक्त, स्वास्थ्य सेवा प्रभावित

रामेछापमा १ सय भन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्ने सरकारी स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख प्रकाशप्रसाद साहका अनुसार अहिले रामेछाप जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूमा १ सय…

२०७३ भाद्र २५, शनिबार १४:४२ गते  
बलात्कार गरेको ठहर गर्दै ६ वर्षकैदको फैसला 

हाडनाता भित्रको १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै २७ वर्षीय एक युवकलाई जिल्ला अदालत रामेछापले भदौ १३ गते ६ वर्षको जेल सजायको फैसला सुनाएको छ । न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजालसले सो फैसला सुनाएको हो । पीडकबाट बालिकाको नाममा ५० हजार रुपियाँ भराउने फैसलासमेत अदालतले गरेको छ । फैसला अनुसार…

२०७३ भाद्र १४, मंगलवार १६:५६ गते  
राज्यले भूकम्प पीडितलाई झुक्याएको नागरिकहरूको आरोप

राज्यले भूकम्प पीडितलाई राहातको नाममा झुक्याउने गरेको रामेछापको भटौलीका सर्वसाधारणले  एक कार्यक्रममा आरोप लगाएका छन् । मन्थली नगरपालिका-१३ भटौलीको ठेडीखोलामा अनौपचारिक क्षेत्र सेव केन्द्र (इन्सेक)ले भदौ ९ गते अयोजना गरेको भूकम्प पछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागिहरूले यस्तो आरोप लगाएका हुन् । कार्यक्रममा बोल्दै मन्थली नपा-१३ का वडा…

२०७३ भाद्र ९, बिहीबार १५:३२ गते  
मानवअधिकार जिल्ला सञ्जालको बैठकमा भूकम्पपछिको पुर्ननिर्माणको समीक्षा

मानवअधिकार संरक्षण सञ्जाल रामेछापको भदौ ५ गते मन्थलीमा भएको बैठकले भूकम्पपछिको पुर्ननिर्माणको अवस्थाको बारेमा समीक्षा गरिएको छ । सञ्जालका संयोजक पाण्डव प्रसाइँको अध्यक्षतामा भएको बैठकमा जिल्लामा राज्य तथा विभिन्न सामाजिक संस्थाको तर्फबाट भइरहेको पुर्ननिर्माणको कामको बारेमा समीक्षा गरिएको थियो । बैठकमा रेडक्रस सोसाइटी रामेछापका सभापति शिवकुमार कार्कीले रेडक्रसमार्फत जिल्लामा हुन…

२०७३ भाद्र ६, सोमबार ०६:५५ गते