नागरिक समाजको छवि सुधार्न सबै लाग्नु पर्नेमा जोड
नागरिक समाज र सामाजिक संस्थाको आम रूपमा बिग्रिएको छवि सुधार्नको लागि सबैले सकारात्मक सोचका साथ अघि बढ्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चैत ९ गते मन्थलीमा आयोजना गरेको नागरिक समाजको सकारात्म छवि निर्माणको लागि पहल विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सो विचार राखेका हुन्…
स्थानीय तहमा देखिएका समस्या फुकाउन मानव अधिकार सञ्जालले समन्वय गर्ने
मूलुक सङ्घीय संरचनामा गएपछि सुरु भएको गाउँपालिका र नगरपालिकाले प्रदान गर्ने सेवामा देखिएका व्यवहारिक समस्यालाई समाधान गर्न मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । सञ्जालको चैत ३ गते बसेको बैठकले सङ्घीय संरचनामा मूलुक गएको अवस्थामा कार्यान्वयनमा आएका गाउँपालिका तथा नगरपालिकाले प्रवाह गर्ने सेवामा देखिएका व्यवहारिक तथा…
पुनर्निर्माणको अवस्था र नगरपालिकाको कार्यक्रमबारे सार्वजनिक सुनुवाइ
रामेछाप जिल्लाको मन्थली नपा-१३ र १४ मा पुनर्निर्माणको काम गर नगरपालिकाको कामको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन २३ गते भटौलीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार तथा सामाजिक न्याय संयोजन केन्द्रको समन्वयमा मन्थली नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटा…
जातीय विभेद घटनाका आरोपित गिरफ्तार
बेताली गाविस-३ का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिरभित्र प्रवेश गर्दा ५ हजार रुपियाँ जरिबाना गरेको आरोपमा प्रहरीले सोही ठाउँका पुजारी ४० वर्षीय छत्रबहादुर बुढाथोकी र ५० वर्षीय भीमबहादुर बुढाथोकीलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडितले मन्दिर जस्तो पवित्र ठाउँमा आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरी चौकी बेतालीमा माघ…
मन्दिरभित्र प्रवेश गरेको आरोपमा दलितलाई ५ हजार रुपियाँ जरिबाना
रामेछापको बेताली गाविस३ का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिर भित्र पसेको आरोपमा सोही ठाउँका पुजारी छत्रबहादुर बुढाथोकीलगायतले ५ हजार रुपियाँ जरिबाना तिराएका छन् । सेरकाली मन्दिरमा पसेको भन्दै माघ २२ गते मन्दिरका पुजारी बुढाथोकीलगायतका कथित माथिल्लो जातिका मानिसहरूले मन्दिर चोख्याउन भन्दै मन्दिरमा रुद्री लगाएर ५ हजार रुपियाँ जरिबाना तिराएका हुन्…
मातृ भाषाको शिक्षा लागु गर्न सरोकारवाला उदासिन भएको गुनासो
आधारभूत तहमा मातृभाषाको शिक्षाको अधिकारलाई नेपालमा संवैधानिक अधिकारको रूपमा नै व्यवस्था गरेको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन गर्न सरोकारवालले उदासिनता देखाएको स्थानीयको गुनासो रहेको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा माघ ७ गते सदरमुकाम मन्थलीमा भएको मातृ भाषाको शिक्षा र मानव अधिकार विषयक अन्तरक्रिया कार्याक्रमका सहभागी वक्ताहरूले सो गुनासो…
इलाका प्रशासन कार्यालय लाप्चानेको सेवा बन्द हुँदा स्थानीयलाई समस्या
रामेछापको इलाका प्रशासन कार्यालय प्रिति लाप्चानेको सेवा एक महिनादेखि बन्द हुँदा स्थानीय सेवाग्राही सेवाबाट वञ्चित भएका छन् । इलाका प्रशासन कार्यालयमा सरकारले अधिकृत स्तरको कर्मचारी नखटाउँदा इलाका प्रशासन कार्यालये दिने सम्पूर्ण सेवा एक महिनादेखि बन्द भएको हो । जिल्लाका आठ ओटा गाविसका स्थानीयलाई सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको सो…
भूकम्पपछिको पुनर्निर्माणको काम चुनौतीपूर्णः अधिकारकर्मी
रामेछाप जिल्लाका अधिकारकर्मीहरूले भूकम्प पछिको पुनर्निर्माणको काम थप चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा पुस ९ गते गरिएको छलफल कार्यक्रमका सहभागी अधिकारकर्मीहरूले सो कुरा बताएका हुन् । छलफल कार्यक्रममा इन्सेकका मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले विगतमा नागरिक राजनीतिक अधिकारको क्षेत्रमा काम गरिरहेका नेपालका…
रामेछापको मानव अधिकारको वार्षिक अवस्थाको समीक्षा
मानव अधिकार संरक्षण सञ्जाल रामेछापको संयोजन तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रामेछापको आयोजनामा रामेछाप जिल्लाको मानव अधिकारको वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न भयो । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि तयार पारेको घटनाहरू सार्वजनिक गरिएको थियो…
आवास निर्माणको लागि सरकारी प्रक्रिया झञ्झटिलोः भूकम्प पीडित
आवास निर्माणको लागि सरकारी कार्यालयहरूमा तोकिएको प्रक्रिया झञ्झटिलो भएको बेताली गाविसका भूकम्प पीडितहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा गाविसको कार्यालय बेताली, युएसएड्/साझेदारी विकास परियोजना, गोगो फाउण्डेसन र जनभावना युवा क्लबको आयोजनामा मङ्सिर १८ गते बेताली गाविसमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा पीडितहरूले यस्तो गुनासो गरेका…