यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
कक्षा ९ मा अध्ययनरत १६ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरी जिल्ला बलान बेहोल गाउँपालिका–२ स्थायी घर भई मन्थली नगरपालिका–११ को श्री शारदा माविमा कार्यरत शिक्षक ३८ वर्षीय दिनेशकुमार गुप्तालाई प्रहरीले पुस २५ गते गिरफ्तार गर्यो । विद्यालय छुट्टी भएपछि घर जाने क्रममा उत्तर पुस्तिका लैजाऊ भनि बोलाएर यौन…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
६६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लिखुतामाकोशी गाउँपालिका–३ धोबी टोलका ५० वर्षीय सिंहबहादुर कामीलाई प्रहरीले पुस २५ गते धोबी बजारबाट गिरफ्तार गरेको छ । पीडितलाई घरमा कोही नभएको बेलामा पुस २४ गते राति सुतेको अवस्थामा बलात्कार प्रयास गरेको भन्दै पीडितका परिवारले आरोपित कामीविरुद्ध पुस २५ गते जिल्ला प्रहरी कार्यालयमा…
खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
खाँडादेवी गाउँपालिका–६ माकादुममा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम पुस ९ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र हाम्रो बाल क्लब माकादुमको आयोजना भएको कार्यक्रममा खाद्य अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवस्था र व्यवहारिक प्रयोगमा देखिएको समस्याका बारेमा छलफल भएको थियो । बाल क्लबका अध्यक्ष बबिता महतले नेपालको संविधानले…
स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
खाँडादेवी गाउँपालिका–६ माकादुममा स्वास्थ्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम मङ्सिर २७ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रामेछामको को आयोजनामा भएको कार्यक्रममा कार्यवाहक वडाध्यक्ष विन्द्रकुमार लामा, गाउँ कार्यपालिका सदस्य हरिमाया दमिनी, भक्तकुमारी कार्की लागयतका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेवीका, स्वास्थ्यकर्मी सामाजिक अगुवा लगायतको सहभागीता रहेको थियो । माकादुव…
खाद्य अधिकारको विषयमा अन्तरक्रिया
मन्थलीमा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर २८ गते सम्पन्न भएको छ । मानव अधिकार संरक्षण सञ्जाल रामेछापसँगको समन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कृषि ज्ञानकेन्द्र मन्थलीकी प्रमुख निर्मला गुरुङ तथा मन्थली नगरपालिका पशु सेवा शाखका प्राविधिक रोहिणी चापागाईँले यस आर्थिक वर्षमा सञ्चालन गर्ने…
मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते मन्थलीमा सम्पन्न भएको छ । इन्सेक, मन्थली नगरपालिकाको तथा मानव अधिकार संरक्षण सञ्जाल लगायतका संस्थाको आयोजनामा भएको कार्यक्रममा सन् २०२१ मा जिल्लामा सङकलन गरेका मानव अधिकार उल्लङ्घन तथा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई मङ्सिर ९ गते बलात्कार गरेको आरोपमा प्रहरीले मङ्सिर १४ गते रामेछाप नगरपालिका–१ गोठगाउँ खुर्पातीका ३२ वर्षीय नवराज कार्कीलाई गिरफ्तार गरेको छ । ती बालिकाका आफन्तले मङ्सिर १४ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयो । पीडित बालिकाको स्वास्थ्थ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मङ्सिर १० गते सोलुखुम्बु जिल्ला दुधकुण्ड गाउँपालिका–१ बेनी घर भई हाल रामेछापको उमाकुण्ड गाउँपालिका–१ लाहाछेवरमा डेरागरी बस्दै आएका ३९ वर्षीय चित्रबहादुर विश्वकर्मालाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर ९ गते यौन दुर्व्यवहार गरको भनी पीडितले प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई मङ्सिर ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले रामेछाप नगरपालिकाका ७२ वर्षीय ज्येष्ठ नागरिकलाई सोही दिन गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकालाई बलात्कार गरेको सूचनाको आधारमा घटना लगत्तै आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर श्रीशङ्कर श्रेष्ठले जनाकारी दिनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया र आठ वर्षीया दुई जना बालिकालाई मङ्सिर ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उमाकुण्ड गाउँपालिका–७ भुजीका प्रकाश भन्ने १८ वर्षीय पदमबहादुर नेवारलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पाँच वर्षीया बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको देखेर बचाउन गएकी आठ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको पीडित पक्षको…