यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चैत २० गत गुन्सी स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत ३६ वर्षीय राकेश दासविरूद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको छ । स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गर्न आएकी बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी परेलगत्तै अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…
छोराछोरीलाई जलाएको आरोपमा आमा गिरफ्तार
खाँडादेवी गाउँपालिका-६ का चार वर्षीय बिपिन खत्री र दुई वर्षीया रमिता खत्रीलाई चैत ४ गते राति जलाएर हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीया आमा तारा केसीलाई तत्काल गिरफ्तार गरेको छ । उनले सौताको रिसमा आफ्नै घरमा आगो लगाउँदा जलेर दुबै छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । खाँडादेवी गाउँपालिका-६ माकादुम…
भूकम्प पछिको पूनर्निर्माणको विषयमा सार्वजनिक सुनुवाइ
भूकम्पपछिको पुनर्निर्माणको अवस्थाबारे सार्वजनिक सुनुवाइ कार्यक्रम चैत २ गते मन्थली नपा-८ गाईखुरामा सम्पन्न भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सान नेपाल रामेछापको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले भूकम्प पछि पुननिर्माणको क्षेत्रमा भएको प्रगति तथा देखिएका समस्या र त्यसको समाधानको उपाय…
पिर्काले हिर्काएर पतिद्वारा पत्नीको हत्या
उमाकुण्ड गाउँपालिका-४ प्रिती रारागाउँकी ४४ वर्षीया सूर्यकला सुनुवारलाई पिर्काले हिर्काएर फागुन २२ गते राति ५३ वर्षीय पति ताराबहादुर सुनुवारले हत्या गरेको प्रहरीले जनाएको छ । सुनुवारले रक्सी मातमा राति ११ बजे झगडा गरी पत्नीलाई पिर्काले हिर्काएको प्रहरीले जनायो । जिल्ला प्रहरी कार्यलय रामेछापका निमित्त प्रहरी प्रमुख राजेन्द्र थापाका अनुसार हत्या…
काङ्ग्रसेलाई भोट हालेको भन्दै कुटपिट
खानेपानीको विवादमा रामेछापको मन्थली नगपालिका-११ नाटिलाकी ६७ वर्षीया लिलामायाँ बुढाथोकीलाई पुस २९ गते स्थानीय चार जनाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित महिलालाई स्थानीय २२ वर्षीय सन्तोष थापा मगर, २० वर्षीय सरोज थापा मगर, ४० वर्षीया मिठू थापा मगर र ४५ वर्षीया एमकुमारी थापा मगरले कुटपिट गरेको…
जातीय विभेद गरेको कसुरमा २ हजार रुपियाँ जरिबाना, पीडितलाई २५ हजार क्षतिपूर्ति
गोकुलगङ्गा गाउँपालिका-४ का ४० वर्षीय कृष्णकुमार विश्वकर्मालाई मन्दिरमा प्रवेश गरेको आरोपमा जातीय विभेद गरेको कसुरमा चार जनालाई जिल्ला अदालत रामेछापले जनही २ हजार रुपियाँका दरले जरिबाना गरेको छ । साथै अदालतले पीडितलाई आरोपितहरूबाट २५ हजार रुपियाँ जरिबाना भराउन निर्णय गरेको छ । न्यायाधीश कृष्णप्रसाद पौडेलको इजालसले पुस १६ गते सो…
विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया
विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम पुस ११ गते रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न गरिएको छ । युएसएआइडीको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एफएचआई ३६० को साझेदारीमा सञ्चालित पारस्पारिक जबाफदेहिता परियोजनाको आयोजनामा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा अधिवक्ता बाबुकाजी दाहालले दिगो विकासका…
मन्थलीमा शिक्षा, स्वास्थ्य र खाद्यसँग सम्बन्धित सरोकारवालाबिच अन्तरक्रिया
रामेछापको सदरमुकाम मन्थलीमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम पुस ११ गते सम्पन्न भएको छ । कियोसको आर्थिक सहयोग तथा मानव अधिकार संरक्षण सञ्जाल रामेछापसँगको समन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले आगामी दिनमा नगरपालिकाले शिक्षा,…
अज्ञात पक्षबाट रामेछापमा पूर्व वडा अध्यक्षको हत्या
दोरम्बा गाउँपालिका-१ डडुवा निवासी साविकको डडुवा गाविस-२ का वडा अध्यक्ष ४८ वर्षीय बाबुराम तामाङको पुस ९ गते राति दोरम्बा गाउँपालिका डडुवामा हत्या भएको छ । दोरम्बा गाउँपालिका-१ डडुवा थापागाउँमा पुस १० गते बिहान तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनको शव ढुङ्गाले थिचेर बाँस घारीमा…
रामेछापका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव
रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका औषधिहरूको अभाव भएको छ । जिल्लामा समयमा नै औषधि खरिद नहुँदा स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधिहरूको अभाव भएको हो । यसअघि जिल्ला स्वास्थ्य कार्यालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयले खरिद गरी स्वास्थ्य संस्थाहरूमा पुर्याउने औषधिहरू यस आर्थिक वर्षबाट स्थानीय तहले नै खरिद…