महिला जनप्रतिनिधिमाथि कुटपिटविरुद्ध प्रहरीमा उजुरी

रामेछाप नगरपालिका-१ गोठगाउँकी महिला वडा  सदस्य ४६ वर्षीया सृजना श्रेष्ठलाई जेठ २९ गते सोही स्थानका ४८ वर्षीय ठेटकुमार श्रेष्ठ, ४९ वर्षीय युद्धबहादुर कार्की, ४२ वर्षीय सत्यनारायण श्रेष्ठलगायतले हापात गरी लछारपछार गरेको आरोपमा प्रहरीमा उजुरी गरिएको छ । फागुन महिनामा सो ठाउँको गैरीपाखा सामुदायिक बनको पँधेरामाथिको रूख काटेपछि ठेटकुमारलाई कारबाही गर्न…

June 13, 2018  
आर्थिक अभावका कारण गाई फिर्ता गरेको भन्दै दुर्व्यवहार

लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँका ४० वर्षीय खेटराज घिमिरेलाई जेठ २० गते सोही गाउँपालिका-२ सैपुका ६५ वर्षीय मेघनाथ पौडेलले किनेर लगेको गाई फिर्ता गरेको भन्दै नाङ्गेझार बनाएको घटना चार दिनपछि सार्वजनिक भएको छ । घिमिरेले ०७४ सालको फागुन महिनामा पौडेलको घरबाट गाई किनेर लगेका थिए । उधारोमा गाई लगेका घिमिरेले भूकम्पको…

June 7, 2018  
विद्यालय पुनर्निर्माण कार्यलाई गतिदिन आग्रह

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) आबद्ध मानव अधिकार संरक्षण सञ्जाल रामेछापले विद्यालय पुनर्निर्माणको कामलाई गति दिन सम्बन्धित सरोकारवालाहरूको ध्यानाकार्षण गराएको छ । सञ्जालले जेठ ९ गते मन्थलीमा आयोजित अन्तरक्रियामा भूकम्पले क्षति पुर्‍याएका विद्यालयहरूको पुनर्निर्माणको कामलाई छिटो अघि बढाउन ध्यानाकर्षण गराएको हो । कार्यक्रममा पुनर्निर्माण प्राधिकरणको शिक्षा जिल्ला आयोजना इकाईका प्रमुख…

May 23, 2018  
रामेछापको भटौलीमा सार्वजनिक सुनुवाइ सम्पन्न

भूकम्पपछिको पुनर्निर्माणको प्रभावकारिता विषयक सार्वजनिक सुनवाइ कार्यक्रम जेठ ५ गते मन्थली नपा-७ भटौलीमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मन्थली नपा-७ नं वडा कार्यालय, मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) र सान नेपाल रामेछापको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागीहरूले भूकम्पका कारण…

May 20, 2018  
विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापकविरूद्ध उजुरी

विद्यार्थीलाई कुटपिट गरी मानव मुत्र (पिसाव) खुवाएर यातना दिएको भन्दै रामेछापको लिखु तामाकोसी गाउँपालिका धोवीस्थित झट्टेश्वर माविका प्रधानाध्यापक ४७ वर्षीय केबलबहादुर तिमिल्सिनाविरूद्ध पीडित विद्यार्थीहरूले जेठ ४ गते इलाका प्रहरी कार्यालय धोवीमा उजुरी दिएका छन् । गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काका अनुसार लिखु तामाकोसी गाउँपालिका-४ निवासी प्रधानाध्यापक तिमिल्सिनाले कक्षा सातमा अध्ययनरत १३…

May 18, 2018  
मन्थली नगरपालिकाले बनायो ११ वटा कानुन

मन्थली नगरपालिकाले ११ वटा कानुन निर्माण गरेको छ । नगरपालिकाले ११ वटा कानुन निर्माण गरी नगरसभबाट पारित गरेको मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले जानकारी दिइन् । कार्कीका अनुसार यसअघि बनाएर कार्यान्वयनमा ल्याएको न्यायिक समितिको कार्यविधि केही संशोधनसहित पारित गरिएको छ । सोही कार्यविधिमा रहेर नगरपालिकाले न्याय सम्पादनको काम गर्ने छ…

May 14, 2018  
उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष खत्री बेपत्ता

उमाकुण्ड गाउँपालिका-५ प्रीतिका वडा अध्यक्ष कुवेर खत्री 'बेपत्ता' भएका छन् । वैशाख २५ गते बिहान गाउँ कार्यपालिकाको बैठकमा हिँडेका खत्री बेपत्ता भएको गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले जानकारी दिए । गाउँपालिका सदस्यलाई बैठकमा जानु पर्छ भनी खबर गरेर मोटरसाइकलमा हिँडेका खत्रीको अपरान्ह लिखु खोलाको किनारमा मोटरसाइकल, कोट, जुत्ता र डायरी फेला…

May 8, 2018  
रामेछापका भूकम्प पीडितको अवस्था तीन वर्षमा पनि उस्तै !

विनाशकारी भूकम्प गएको तीन वर्षबित्दा पनि भूकम्प पीडितको अवस्था उस्तै रहेको पाइएको छ । जिल्लामा पुनर्निर्माणको कामले गति लिन नसक्दा भूकम्प पीडितको अवस्था उस्तै रहेको पाइएको हो । भूकम्पले रामेछापमा ५५ हजार भन्दा बढी घर क्षति भएका छन् । तर, जिल्लामा तीन वर्षको अवधिमा १३ हजार निजी आवास मात्र निर्माण…

April 28, 2018  
नागरिक समाज तथा सञ्चार जगतबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तर्क्रिया कार्यक्रम चैत २८ गते रामेछापको मन्थलीमा सम्पन्न भएको छ । मानव अधिकार संरक्षण सञ्जाल रामेछापको समन्वय तथा युएसएआइडीको सहयोगमा र एफएचआई ३६० सँगको साझेदारीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सो कार्यक्रमको अयोजना गरेको हो । पत्रकार महासङ्घ रामेछापका अध्यक्ष…

April 11, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चैत २० गत गुन्सी स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत ३६ वर्षीय राकेश दासविरूद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको छ । स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गर्न आएकी बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी परेलगत्तै अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…

April 4, 2018