भूकम्पपछिको पुनर्निर्माणको काम चुनौतीपूर्णः अधिकारकर्मी
रामेछाप जिल्लाका अधिकारकर्मीहरूले भूकम्प पछिको पुनर्निर्माणको काम थप चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा पुस ९ गते गरिएको छलफल कार्यक्रमका सहभागी अधिकारकर्मीहरूले सो कुरा बताएका हुन् । छलफल कार्यक्रममा इन्सेकका मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले विगतमा नागरिक राजनीतिक अधिकारको क्षेत्रमा काम गरिरहेका नेपालका…
रामेछापको मानव अधिकारको वार्षिक अवस्थाको समीक्षा
मानव अधिकार संरक्षण सञ्जाल रामेछापको संयोजन तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रामेछापको आयोजनामा रामेछाप जिल्लाको मानव अधिकारको वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न भयो । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि तयार पारेको घटनाहरू सार्वजनिक गरिएको थियो…
आवास निर्माणको लागि सरकारी प्रक्रिया झञ्झटिलोः भूकम्प पीडित
आवास निर्माणको लागि सरकारी कार्यालयहरूमा तोकिएको प्रक्रिया झञ्झटिलो भएको बेताली गाविसका भूकम्प पीडितहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा गाविसको कार्यालय बेताली, युएसएड्/साझेदारी विकास परियोजना, गोगो फाउण्डेसन र जनभावना युवा क्लबको आयोजनामा मङ्सिर १८ गते बेताली गाविसमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा पीडितहरूले यस्तो गुनासो गरेका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई मङ्सिर १९ गते बलात्कार प्रयास गरेको आरोपमा टोकरपुर बस्ने २७ वर्षीय अरुण पटेललाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ । पीडित पक्षले आफूमाथि दुर्व्यवहार गरेको भनि सामुदायिक मेलमिलाप केन्द्र टोकरपुरमा मङ्सिर १९ गते नै निवेदन दिएपछि घटना सार्वजनिक भएको थियो । मेलमिलाप केन्द्रले सो निवेदन इलाका प्रहरी…
भूकम्पले पानीको मूहानमा क्षति पुर्याएपछि विद्यालयमा पीउने पानीको समस्या
बिनाशकारी भूकम्पले पानीको मूहानमा क्षति पुर्याएपछि नागदह गाविसमा रहेको झटेश्वर माध्यमिक विद्यालय धोवीमा खानेपानीको समस्या भएको छ । खानेपानीको मूहान बिग्रिएपछि विद्यालयमा पीउने पानीको हाहाकार भएको हो । विद्यालयका प्रधानाध्यापक केवल तिमल्सिनाका आनुसार पहिला देखि नै खानेपानीको समस्या भएको धोवी डाँडामा भूकम्पले खानेपानीको मूहानमा पनि क्षति पुर्याएपछि समस्या बढेको हो…
विवाह गरेको आरोपमा विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएपछि पढ्ने अधिकार खोसियो
सतलिङ्गेश्वर मावि गुन्सीको कक्षा १० मा अध्ययनरत १८ वर्षीया छात्रा, कक्षा ९ मा अध्ययनरत १८ वर्षीय छात्रले कात्तिक १० गते विद्यालय पढ्दा पढ्दै विवाह गरेको भनी विद्यालय प्रशासनले विद्यालय प्रवेशमा रोक लगाएको छ । विद्यालयले उनीहरूलाई विद्यालय प्रवेशमा रोक लगाएपछि विद्यार्थीहरूको १५ दिनदेखि पढाइ छुटेको छ । विद्यार्थीको आचरण विपरित…
गाविस सचिव सदरमुकाम बस्दा सेवाग्राहीलाई दोहोरो सास्ती
गाविस सचिवहरू गाउँमा नबस्दा रामेछापको प्रिती गाविसमा रहेको इलाका प्रशान कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्रलगायतको सेवा लिने सेवाग्राहीले दोहोरो सास्ती व्यहोर्नुपरेको छ । इलाका प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने भए पनि त्यसको लागि गाविसको सिफारिस लिन सदरमुकाम पुग्नुपर्ने स्थानीयले गुनासो गरेका छन् । गाविस सचिवहरू गाउँमा नबस्दा सर्वसाधारणलाई सेवा…
गर्भवती महिला र बालबालिकामा कुपोषण
रामेछाप जिल्लाका गर्भवती महिलाहरूमध्ये झण्डै १४ प्रतिशत महिलाहरूमा कुपोषणको समस्या देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले सङ्कलन गरेको एक वर्षो तथ्याङ्कमा सो समस्या देखिएको हो । कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा रहेका ५ हजार ५ सय गर्भवती महिला मध्ये ७ सय ४६ जनामा कुपोषणको समस्या देखिएको छ । जिल्ला स्वास्थ्य…
दलितले टिका लगाइदिएको आरोपमा बेहुलीको टिका पखालियो
गेलु गाविस-७ मा दलित समुदायका निम्तालुले बेहुलीलाई टिका लगाइदिएको आरोपमा स्थानीय गैरदलित समुदायको एक समूहले टिका पखालेर पुनः टिका लगाइदिएका छन् । यो विषयलाई लिएर दलित समुदायले आफूहरू माथि जातीय विभेद भएको भन्दै विरोध जनाएका छन् । स्थानीय सिताराम लोहारका अनुसार गेलु-७ को पेटासीका दुर्गाबहादुर पुलामीकी छोरी हिरा पुलामी मगरको…
अन्तरजातीय विवाह गरेको आरोपमा सामाजिक बहिस्कार
नेपालमा कानुनी रूपमा जातिय विभेद भएको ५० वर्षबितिसक्यो । कुनै पनि मानिसलाई जात, धर्म, वर्ण, लिङ्ग र समुदायको आधारमा भेदभाव गर्नु कानुनी रूपमा अपराध हो । तर, अहिले पनि समाजमा जानि नजानि कनुनी रूपमा बर्जित भेदभावका कार्य भइरहेको छ । अन्तरजातीय विवाह गर्ने मात्र हैन उनीहरूको परिवारसमेत त्यसको शिकार भइरहेका…