सन् २०२२ को मानव अधिकार अवस्थाको समीक्षा कार्यक्रम सम्पन्न
लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियानको समापन, अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा जिल्लाको सन् २०२२ को मानव अधिकार अवस्थाको समीक्षा कार्यक्रम ०७९ मङ्सिर २५ गते मन्थलीमा सम्पन्न भएको छ । मन्थली नगरपालिका, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै…
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ ०७९ मङ्सिर ९ गतेबाटबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । मन्थलीमा मङ्सिर ९ गते बिहान र्याली तथा कोण सभा गरी अभियानको शुभारम्भ गरिएको हो । मन्थली नगरपालिकाको मूल आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सामुदायिक…
रामेछापमा ठूला दलबाटै आचारसंहिता उल्लङ्घन
०७९ मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहिता जिल्लामा ठूला राजनीतिक दलबाटै उल्लङ्घन भएको छ । राजनीतिक दलहरूले निर्वाचन प्रचारको क्रममा निर्वाचन आयोगले तोके भन्दा बढी सवारी साधनाको प्रयोग तथा भोज भतेर गर्न कार्य पनि अनुगमनको क्रममा पाइयो । गठबन्धनबाट प्रतिनिधि…
चुनावी सभा स्थलमा शङ्कास्पद वस्तु फेला
नेकपा एमाले मन्थली नगरपालिका–१० चनखुलेमा ०७९ कात्तिक ३० गते आयोजना गर्न लागेको चुनावी सभाको कार्यक्रम स्थलमा अज्ञात पक्षले खतरा भन्दै राखेको शङ्कास्पद वस्तु नेपाली सेनाले हटाएको छ । शंकास्पद वस्तु फेला परेको सूचना आएपछि जिल्ला प्रहरी कार्यालका प्रमुख एसपी राजकुमार थिङ सहतिको नेपाली सेना र सशस्त्र प्रहरीको टोली सो स्थानमा…
राजनीतिक दलको घरदैलो कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी
जिल्लाका प्रमुख राजनीतिक दलले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको निरन्तर उल्लङ्घन गरेका छन्। प्रमुख राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारले चुनाव प्रचारमा घरदैलो गर्दा निर्वाचन आचारसंहिताको अवज्ञा गरेका हुन् । निर्वाचन आचारसंहितामा घरदैलो कार्यक्रम जाँदा राजनीतिक दलका उम्मेदवारले २५ जना बढीको टोली…
राजनीतिक दलबाट निर्वाचन आचारसंहिता उल्लङ्घन, आचारसंहिता विपरीत चुनावी प्रचार अभियान जारी
जिल्लाका राजनीतिक दलले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै चुनावी प्रचार अभियान जारी राखेका छन् । निर्वाचन आयोगले मतदानको १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा र घरदैलो गर्न पाउने आचारसंहिता बनाएको भए पनि जिल्लामा गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ०७९ असोज ३० गतेबाट नै संयुक्त…
महिलाको हत्या घटनाका ११ जना आरोपितविरुद्ध उजुरी दर्ता
खाँडादेवी गाउँपालिका–३ भिरपानी सित्खामा ५५ वर्षीया बिबा माझीको हत्या गरेको आरोपमा ११ जनाविरुद्ध ०७९ असोज ११ गते पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । पीडित महिलालाई असोज ९ गते चामलको हानी, कुटपिट समेत गरेर हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई नै गिरफ्तार गरी अनुसन्धान सुरु गरेको जिल्ला…
पितृ कार्यमा भएको अन्धविश्वासको नाममा महिलाको हत्या
खाँडादेवी गाउँपालिका–३ भिरपानीकी ५० वर्षीया भिभा माझीको ०७९ असोज ९ गते माझी समूदायको पितृ कार्यमा भएको अन्धविश्वासको नाम हत्या भएको छ । स्थानीय ४० जनाभन्दा बढी जम्मा भई पितृले अराएको भन्दै लछारपछार गरेर अक्षता (चामल) ले हिर्काउँदा माझीको मृत्यु भएको हो । माझी समूदायमा सोह्र श्रद्धमा गरिने कार्यमा पितृको आदेश…
जातिय विभेद गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला
एक १३ वर्षीया दलित बालिकालाई बन्धक बनाई जातीय विभेद गरेको कसुरमा जिल्ला अदालतले मन्थली नगरपालिका–६ भलुवाजोरका ६३ वर्षीय शेरबहादुर नगरकोटीलाई चार वर्ष ६ महिना र उहाँकी पत्नी ६० वर्षीया बालकुमारी श्रेष्ठलाई तीन महिना जेल सजायको फैसला गरेको छ । जिल्ला अदालत रामेछापकी जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले ०७९ भदौ २९…
कुटपिट गरेको आरोपमा वडाअध्यक्षविरूद्ध उजुरी दर्ता
उमाकुण्ड गाउँपालिका–७ की ३५ वर्षीया केशरीमाया नेवारलाई सोही वडाका वडाअध्यक्ष ४५ वर्षीय रुद्रमणि नेवारले कुटपिट गरेको आरोपमा भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । गाउँमा भदौ २४ गते भएको एक भेलामा वडाध्यक्ष नेवारले केशरीमायालाई कुटपिट गरेको आरोप लगाउँदै वडा अध्यक्षविरुद्ध उजुरी दर्ता भएको हो । जिल्ला…