शैक्षिकसत्रको बिचमा विद्यालयबाट निकालेपछि विद्यार्थीहरू अलपत्र

शैक्षिकसत्रको बिचमा विद्यालयले विद्यार्थी निकालिदिएपछि सुनापति गाउँपालिका–२ दिमिपोखरीको श्री माध्यमिक विद्यालय मन्दर मेलचौरका कक्षा ९ र १० का विद्यार्थी अलपत्र परेका छन् । श्री माध्यमिक विद्यालय मन्दर मेलचौरमा कक्षा ९ र १० मा अध्ययन गरिरहेका २७ जना विद्यार्थी शैक्षिकसत्रको बिचमा विद्यालय बन्द भएपछि अलपत्र परेका हुन् । उनीहरू अब कुन…

२०८१ मंसिर १२, बुधबार १७:३० गते  
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका कार्यक्रम सुरु

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभिनाका कार्यक्रमहरू ०८१ मङ्सिर १० गतेबाट रामेछापमा सुरु भएका छन् । मन्थली नगरपालिकाको मूल आयोजना तथा जिल्ला प्रहरी कार्यालय रामेछाप, इन्सेक, मानव अधिकार संरक्षण सञ्जाल रामेछाप, गैरसरकारी संस्था महासङ्घ लगायतका संस्थाहरूको सहकार्यमा जिल्ला सदरमुकाम मन्थलीमा अभियानको कार्यक्रम सुरु भएको हो । दिवसको पहिलो दिन मङ्सिर…

२०८१ मंसिर १०, सोमबार १७:१० गते  
१७ ओटा स्वास्थ्य संस्थाका भवन अलपत्र पर्दा सेवा प्रवाहमा कठिनाइ

रामेछाप जिल्लाका निर्माणाधीन १७ ओटा स्वास्थ्य संस्थाका भवन समयमा नै निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भएको छ । विभिन्न बहानामा निर्माणको जिम्मा लिएका निर्माण कम्पनीले समयमा काम नगर्दा स्वास्थ्य संस्थाका भवनहरू अलपत्र छन् । सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत निर्माण निर्माण सुरु गरिएका ती भवनहरूमा समयमा काम नहुँदा…

२०८१ मंसिर ६, बिहीबार १९:४७ गते  
गाउँपालिका र विद्यालय व्यवस्थापन समितिको विवादले शिक्षक कर्मचारी सात महिनादेखि तलबबाट वञ्चित

सुनापति गाउँपालिका–२ दिमीपोखरीको श्री माध्यमिक विद्यालय मन्दर मेलचौरमा अध्यापन गर्ने शिक्षक कर्मचारीहरू विद्यालय व्यवस्थापन र गाउँपालिकाको विवादका कारण सात महिनादेखि तलब भत्ताबाट वञ्चित भएका छन् । विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबिच विवाद हुँदा सो विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूले यो शैक्षिक सत्र सुरु भएदेखि (०८१ वैशाख महिना) नै तलब भत्ता पाएका…

२०८१ कार्तिक २६, सोमबार ०९:४३ गते  
बाढी पहिरोले नौ ओटा झोलुङ्गे पुल बगायो, स्थानीयलाई आवागमनमा समस्या

असोज ११ र १२ गतेको वर्षापछिको बाढी पहिरोले रामेछापका विभिन्न नदी र खोलाका नौ ओटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । जसका कारण स्थानीयलाई आवागमनमा समस्या भएको छ । बाढीले रामेछाप र सिन्धुली जोड्ने सुनकोशी नदीमा मात्रै आठ ओटा झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । बाढीले सुनकोशीमा रहेका रामेछाप र…

२०८१ कार्तिक १२, सोमबार १०:०७ गते  
खानेपानी योजना बाढीले बगाएपछि कोथपेबासी नदीकै पानी खान बाध्य

खाँडादेवी गाउँपालिका–१ कोथपेका माझी समुदाय सुनकोशी नदीमा ०८१ असोज ११ र १२ गते आएको बाढीले खानेपानी आयोजना बगाएपछि नदीको धमिलो पानी खान बाध्य भएका छन् । स्थानीय मानव माझीका अनुसार सो बस्तीमा खानेपानी आपूर्ति गर्दै आएको सुनकोशी लिफ्ट खानेपानी आयोजना बाढीले बगाएको छ । नदी किनारमा इनार बनाएर लिफ्ट मार्फत् पानी…

२०८१ कार्तिक ७, बुधबार १०:४५ गते  
बाढी र पहिरोले खानेपानी आयोजनामा क्षति, १ सय ५० परिवार खोनेपानीबाट वञ्चित

असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोले दोरम्बा शैलुङ गाउँपालिका–६ को एउटा खानेपानी आयोजना बगाउँदा १ सय ५० घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् । वडाध्यक्ष टीकाप्रसाद गौतमका अनुसार वडा नं ६ को रिसठे बजार, कालिका मावि, आधारभूत स्वास्थ्य केन्द्र, वडा कार्यालयलगायतका क्षेत्रमा खानेपानी वितरण गर्ने आयोजनामा…

२०८१ कार्तिक २, शुक्रबार १२:०७ गते  
समाचारको प्रभावः कोथपेका स्थानीयलाई आउजाउ गर्न र्‍याफ्टिङ

गत असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपेको माझी बस्तीका स्थानीयले सुनकोशी तर्न ट्युबको प्रयोग गरेको समाचार इन्सेक अनलाइनलगायतका सञ्चार माध्यममा प्रशारण र प्रकाशन भएपछि त्यसको प्रभाव स्वरुप र्‍याफ्टिङको व्यवस्था गरिएको छ । बाढीले पुल बगाएपछि स्वास्थ्यचौकी जान ट्युबको…

२०८१ आश्विन २६, शनिबार ०८:०६ गते  
बाढीले पुल बगाएपछि स्वास्थ्यचौकी जान ट्युबको प्रयोग !

असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपे माझी बस्तीका स्थानीयलाई उपचार गराउन समेत ट्युबमा राखेर नदी तर्नुपर्ने भएको छ । सो बस्तीमा ५० घरधुरी माझी बस्दै आएका छन् । बाढीले बेघारीको झोलुङ्गे पुल तथा खेरेनी घाटको पक्की पुलका साथै…

२०८१ आश्विन २२, मंगलवार ०९:३३ गते  
झोलुङ्गे पुल बगाउँदा पहिरो प्रभावित डडुवाका विद्यार्थीलाई विद्यालय आउजाउमा समस्या

गत भदौ ८ गते आएको बाढी पहिरोले झोलुङ्गे पुल बगाएपछि दोरम्बा शैलुङ गाउँपालिका-१ डडुवाका विद्यार्थीहरुलाई विद्यालय आउजाउ गर्न समस्या भएको छ । डडुवाको मझुवा, पाखाटोल, पात्ले, नागी लगायतको क्षेत्रमा गत भदौ ८ गतेको वर्षाले आएको बाढी पहिरोका कारण सिङ्गो गाउँ नै बस्न नहुने गरी क्षतविक्षत बनाएको छ भने बाढी र…

२०८१ आश्विन ९, बुधबार १०:१६ गते