विवाह तथा जन्मदर्ताको लागि पहल गर्न इन्सेककर्मीलाई अनुरोध
नौकुण्ड गाउँपालिका-६ सर्स्युकी २४ वर्षीया सविता तामाङले विवाह तथा छोरीको जन्मदर्ताको लागि पहल गरिदिनु हुन इन्सेक जिल्ला प्रतिनिधि हेमनाथ खतिवडासँग अनुरोध गर्नु भएको छ । उहाँका पति २७ वर्षीय सरोज नेगीले आफ्नो विवाह दर्ता तथा ४ वर्षकी छोरी जन्मदर्ता नगरिदिएको भन्दै सोको लागि पहल गर्न अनुरोध गर्नु भएको हो ।…
राहत नपाएको द्वन्द्व पीडितको गुनासो
कालिका गाउँपालिका–३ धारापानीका मानबहादुर बिकले आफू द्वन्द्वको समयमा तत्कालीन माओवादी तथा सरकार पक्षबाट पीडित भए पनि कुनै राहत नपाएको गुनासो गर्नुभयो । बिकले आफूलाई ०५९ साल वैशाख ९ गते तत्कालीन विद्रोही नेकपा माओवादी कार्यालर्ताहरूले सडक अवरुद्ध पार्ने क्रममा रुख ढाल्न प्रयोग गरेको र त्यस बेला संयुक्त सुरक्षाकर्मीले गिरफ्तार गरी एक…
अवरुद्ध सडक सुचारु नहुँदा सेवाग्राही समस्या
अविरल वर्षाका कारण तीनसातादेखि अवरुद्ध भएको पासाङल्हामु मार्गको बेत्रावती–कालिकास्थान सडक अझै सञ्चालनमा नआउँदा धेरै सेवाग्राहीले सास्ती खेप्नु परेको स्थानीय नागरिकको गुनासो छ । वर्षाको कारण ०७९ साउन २५ गते उत्तरगया गाउँपालिका–५ बनुवा नजिकै पहिरोले सडक बगाउँदा समस्या भएको हो । वर्षातको समयमा परेको पानीले ठाउँ ठाउँमा पहिरो र सडक हिलाम्य…
विस्थापित १ सय ७४ परिवारले सरकारी अनुदान पाउन सकेनन्
उत्तरगया गाउँपालिका–५ खाल्टेमा अस्थायी टहरोमा बस्दै आएका बिस्थापितहरू सुरक्षित स्थानमा घर बनाउने जग्गा नपाएका कारण भूकम्पका कारण बिस्थापित परिवारले पाउने सरकारी अनुदान पाउन नसकेको गुनासो गरेका छन् । ०७२ को विनाशकारी भूकम्पका कारण बिस्थापित तथा भूमिहीन लाभग्राही १ हजार १ सय ५० परिवार मध्ये धेरैले जग्गा र सरकारी अनुदान प्राप्त…
थाम्बुचेत स्वास्थ्य संस्थामा औषधि अभाव
आमाछोदिङमो गाउँपालिका–५ मा रहेको थाम्बुचेत स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् । स्वास्थ्य सेवा लिन आउने अधिकांश बिरामी ज्वरो, झाडापखला, पेट दुख्ने, स्वास्सप्रस्वास, जीउदुख्ने, छाती दुख्ने समस्या लिएर आउने गरेका भए पनि सबै प्रकारका औषधि नहुँदा सेवाग्राहीले सहज निःशुल्क औषधि पाउन नसकेको स्वास्थ्य चौकीले जनाएको…
पाठ्यपुस्तक अभाव हुँदा पठनपाठनमा समस्या
बालबालिकाहरूलाई निःशुल्क वितरण गर्ने भनिएको विद्यालय तहको पाठ्यपुस्तक सरकारले समयमा पुर्याउन नसक्दा रसुवाको उत्तरगया, नौकुण्ड आमाछोदिङमो र कालिका गाउँपालिकाका विद्यालयका विद्यार्थीहरूको पठनपाठन नियमित हुन सकेको छैन । कालिका गाउँपालिका भित्र रहेका मावि तहका सबै विद्यालयमा हालसम्म बालबालिकाले पाठ्यपुस्तक नपाएकोले पठनपाठनमा समस्या परेको हो । पाठ्य पुस्तक छपाइमा ढिलाई भएकोले नेपाली…
किसानलाई रासायनिक मल अभावले मकै उत्पादन नहुने चिन्ता
सरकारले बजेट भाषणमा कृषिमा आत्मनिर्भर हुने भनेर, आयात प्रतिस्थापन गर्ने भने पनि रासायनिक मल उपलब्ध नहुँदा जिल्लाका किसानलाई मकै उत्पादन नहुने चिन्ताले सताएको छ । रासायनिक मलको प्रयोग बिना मकै उत्पादन नहुने भएकोले यस पटक मकै खेती बिगे्रको कालिका गाउँपालिका–३ का किसान दुर्गा ढकालले बताउनु भयो । ढकाल जिल्लामा मल…
स्वास्थ्य चौकीमा औषधि अभाव
आमाछोदिङमो गाउँपालिका–३ को गत्लाङमा रहेको स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् । यहाँ आउने अधिकांश बिरामी पेट दुख्ने, स्वास्सप्रस्वास, जीउदुख्ने, छाती दुख्ने समस्या लिएर आउने गरेका भए पनि सबै प्रकारका औषधि नहुँदा सेवाग्राहीले सहज निशुल्क औषधि पाउन नसकेको स्वास्थ्य चौकीले जनाएको छ । बिरामी भएर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई ०७९ वैशाख १५ गते साँझ ५ बजे यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका –३ धारापानी निवासी नेकपा माओवादी जिल्ला कमिटी सदस्य गणेश बिकलाई प्रहरीले वैशाख १६ गते बिहान गिरफ्तार गरेको छ । पीडित बालिका मात्र घरमा रहेको अवस्थामा स्थानीय निर्वाचनको लागि भोट माग्ने क्रममा हिँडेका नेकपा माओवादी…
आमाछादिङमो गाउँपालिको लागि एमालेका अध्यक्षका उम्मेदवारको मनोनय दर्ता कायम
आमाछादिङमो गाउँपलिकामा नेकपा एमाले अध्यक्ष पदमा लागि दिएको मोनयन दर्ता वैशाख १४ गते कायम भएको निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलले बताउनु भएको छ । वैशाख १२ गते एउटै नेकपा एमालेबाट दुई जनाको उम्मेदवारी परेको भन्दै निर्वाचन कार्यालयले सोही दिन दुवै जनाको मनोनयन रद्द गरेको थियो । दुवै जनाको उम्मेदवारी रद्द भएसँगै…