विस्थापित १ सय ७४ परिवारले सरकारी अनुदान पाउन सकेनन्

उत्तरगया गाउँपालिका–५ खाल्टेमा अस्थायी टहरोमा बस्दै आएका बिस्थापितहरू सुरक्षित स्थानमा घर बनाउने जग्गा नपाएका कारण भूकम्पका कारण बिस्थापित परिवारले पाउने सरकारी अनुदान पाउन नसकेको गुनासो गरेका छन् । ०७२ को विनाशकारी भूकम्पका कारण बिस्थापित तथा भूमिहीन लाभग्राही १ हजार १ सय ५० परिवार मध्ये धेरैले जग्गा र सरकारी अनुदान प्राप्त…

२०७९ श्रावण ३१, मंगलवार १४:०६ गते  
थाम्बुचेत स्वास्थ्य संस्थामा औषधि अभाव

आमाछोदिङमो गाउँपालिका–५ मा रहेको थाम्बुचेत स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् । स्वास्थ्य सेवा लिन आउने अधिकांश बिरामी ज्वरो, झाडापखला, पेट दुख्ने, स्वास्सप्रस्वास, जीउदुख्ने, छाती दुख्ने समस्या लिएर आउने गरेका भए पनि सबै प्रकारका औषधि नहुँदा सेवाग्राहीले सहज निःशुल्क औषधि पाउन नसकेको स्वास्थ्य चौकीले जनाएको…

२०७९ असार २९, बुधबार ११:४३ गते  
पाठ्यपुस्तक अभाव हुँदा पठनपाठनमा समस्या

बालबालिकाहरूलाई निःशुल्क वितरण गर्ने भनिएको विद्यालय तहको पाठ्यपुस्तक सरकारले समयमा पुर्‍याउन नसक्दा रसुवाको उत्तरगया, नौकुण्ड आमाछोदिङमो र कालिका गाउँपालिकाका विद्यालयका विद्यार्थीहरूको पठनपाठन नियमित हुन सकेको छैन । कालिका गाउँपालिका भित्र रहेका मावि तहका सबै विद्यालयमा हालसम्म बालबालिकाले पाठ्यपुस्तक नपाएकोले पठनपाठनमा समस्या परेको हो । पाठ्य पुस्तक छपाइमा ढिलाई भएकोले नेपाली…

२०७९ असार २८, मंगलवार १६:५९ गते  
किसानलाई रासायनिक मल अभावले मकै उत्पादन नहुने चिन्ता

सरकारले बजेट भाषणमा कृषिमा आत्मनिर्भर हुने भनेर, आयात प्रतिस्थापन गर्ने भने पनि रासायनिक मल उपलब्ध नहुँदा जिल्लाका किसानलाई मकै उत्पादन नहुने चिन्ताले सताएको छ । रासायनिक मलको प्रयोग बिना मकै उत्पादन नहुने भएकोले यस पटक मकै खेती बिगे्रको कालिका गाउँपालिका–३ का किसान दुर्गा ढकालले बताउनु भयो । ढकाल जिल्लामा मल…

२०७९ जेष्ठ २६, बिहीबार २०:४५ गते  
स्वास्थ्य चौकीमा औषधि अभाव

आमाछोदिङमो गाउँपालिका–३ को गत्लाङमा रहेको स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् । यहाँ आउने अधिकांश बिरामी पेट दुख्ने, स्वास्सप्रस्वास, जीउदुख्ने, छाती दुख्ने समस्या लिएर आउने गरेका भए पनि सबै प्रकारका ‍औषधि नहुँदा सेवाग्राहीले सहज निशुल्क औषधि पाउन नसकेको स्वास्थ्य चौकीले जनाएको छ । बिरामी भएर…

२०७९ जेष्ठ १०, मंगलवार १२:२३ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई ०७९ वैशाख १५ गते साँझ ५ बजे यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका –३ धारापानी निवासी नेकपा माओवादी जिल्ला कमिटी सदस्य गणेश बिकलाई प्रहरीले वैशाख १६ गते बिहान गिरफ्तार गरेको छ । पीडित बालिका मात्र घरमा रहेको अवस्थामा स्थानीय निर्वाचनको लागि भोट माग्ने क्रममा हिँडेका नेकपा माओवादी…

२०७९ बैशाख १६, शुक्रबार ११:४८ गते  
आमाछादिङमो गाउँपालिको लागि एमालेका अध्यक्षका उम्मेदवारको मनोनय दर्ता कायम

आमाछादिङमो गाउँपलिकामा नेकपा एमाले अध्यक्ष पदमा लागि दिएको मोनयन दर्ता वैशाख १४ गते कायम भएको निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलले बताउनु भएको छ । वैशाख १२ गते एउटै नेकपा एमालेबाट दुई जनाको उम्मेदवारी परेको भन्दै निर्वाचन कार्यालयले सोही दिन दुवै जनाको मनोनयन रद्द गरेको थियो । दुवै जनाको उम्मेदवारी रद्द भएसँगै…

२०७९ बैशाख १४, बुधबार १९:१३ गते  
आमाछोदिङ्मो गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षमा दिएको मनोनयन दर्ता रद्द

स्थानीय निर्वाचनमा आमाछोदिङ्मो गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष पदका लागि दिएको उम्मेदवारी रद्द भएको छ । पार्टीले वैशाख १२ गते राति अबेर दुई जनाको उम्मेदवारी दर्ता गराएपछि उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलका अनुसार एमालेले सुरुमा तेब्रेल तामाङको उम्मेदवारी दर्ता गराएको थियो । तामाङको…

२०७९ बैशाख १३, मंगलवार १९:०६ गते  
द्वन्द्व पीडित परिवारले राहत नपाएको गुनासो

नौकुण्ड गाउँपालिका–५ निवासी द्वन्द्व पीडित परिवार पवित्रा मोक्तानले राहत नपाएको गुनासो गर्नुभयो । दशवर्षे सशस्त्र द्वन्द्वको क्रममा उहाँले पति गुमाउनुभयो । तत्कालिन विद्रोही पक्ष माओवादीले उहाँका पतिको हत्या गरेका थिए । नेपाली कांग्रेस कार्यकर्ता ५७ वर्षीय कमानसिं मोक्तानलाई निर्वाचनको समयमा कांग्रेसको प्रचारमा हिँडेको र गाउँमा भोट किन्न रकम बाँडेको आरोपमा…

२०७८ चैत्र १५, मंगलवार १५:३४ गते  
इन्सेक प्रतिनिधिको सहजिकरणमा स्थानीय तहको मानव अधिकार कार्ययोजनाको मस्यौदा पारित

कालिका गाउँपालिकामा इन्सेक जिल्ला प्रतिनिधि तथा मस्यौदा समितिका सदस्यहरूको सहजिकरणमा तयार भएको मस्यौदाको आधारमा कार्ययोजना कार्यपालिका बैठकबाट पारित भएको छ । इन्सेकका रसुवा जिल्ला प्रतिनिधि हेमानथ खतिवडा र सामुदायिक विकास केन्द्रका योगराज शर्माले ०७८ चैत १३ गते मानव अधिकार अनुगमन तथा रिर्पोटिङ र मानव अधिकार कार्ययोजना तथा स्थानीय तहको मानव…

२०७८ चैत्र १५, मंगलवार १०:३० गते