हाकु स्वास्थ्य चौकी भवन निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

आमाछोदिङमो गाउँपालिका-१, ठूलोहाकुमा निर्माणाधीन स्वास्थ्य संस्थाका भवन निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । २०७२ सालमा आएको भूकम्पले क्षति पुगेको सो स्वास्थ्य संस्थाको भवन निर्माण जिम्मा लिएको कम्पनीले समयमा काम नगर्दा निर्माण कार्य पूरा हुन सकेका छैन । निर्माणको जिम्मा पाएको कम्पनीले काम अलपत्र पार्दा नागरिकलाई…

२०८० पुष ५, बिहीबार १०:११ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व रसुवामा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक रसुवा जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधिले सन् २०२३ मा रसुवामा इन्सेकले सङ्कलन गरेका…

२०८० मंसिर २५, सोमबार २१:१० गते  
मानव अधिकार कार्ययाेजना कार्यान्वयनकाे लागि माग गर्दै ध्यानाकर्षण पत्र

रसुवामा इन्सेकलागयत मानव अधिकारकर्मीहरूले मानव अधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औँ वार्षिकोत्सवको अवसरमा स्थानीय सरकारको संयुक्त रूपमा मानव अधिकार कार्ययोजना कार्यान्वयनकाे माग गर्दै ०८० मङ्सिर २४ गते ध्यानाकर्षण पत्र बुझाएकाे छ । 'सबैका लागि स्वतन्त्रता, समानता र न्याय' भन्ने नाराका साथ ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा…

२०८० मंसिर २५, सोमबार १४:५९ गते  
छुट्टाछुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा कठिनाई

नेपालको संविधानले स्थानीय तहका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरे पनि रसुवामा पाँच ओटै स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष अभावले न्याय सम्पादनमा कठिनाई भएको छ । आमाछोदिङमो गाउँपालिकामा न्यायिक समितिमा उजुरी निकै कम मात्रामा आउने गरेको उपाध्यक्ष चण्डिका तामाङले बताउनु भयो । तामाङ समुदायमा आफन्त जोडिने…

२०८० मंसिर १७, आईतवार १३:२० गते  
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित गर्नुपर्छः सरोकारवालाहरू

पहिचानका आधारमा नागरिकता दिए र उनीहरूको पक्षमा नीति निर्माण गरेमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित हुने सरोकारवालाहरूले बताएका छन् । समावेशी मञ्च नेपालको आयोजना तथा जिल्ला समन्वय समिति र इन्सेक लगाएत विभिन्न सङ्घ संस्थाको समन्वयमा भएको कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला समन्वय समिति, रसुवाको सभाहलमा…

२०८० मंसिर १७, आईतवार १२:०९ गते  
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन गरेका आरोपितले बुबालाई मङ्सिर १४ गते लाठीले टाउकोमा कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीले जानकारी दिनुभयो…

२०८० मंसिर १५, शुक्रबार १८:३१ गते  
गाउँपालिकामा आवश्यक भौतिक संरचनाको अभावले सेवाग्राही समस्यामा

सरकारले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा प्रदान गर्ने भने तापनि आमाछोदिङमो गाउँपालिकामा आवश्यक भौतिक संरचनाको अभावले सेवा प्रवाह हुन नसक्दा सेवाग्राही समस्यामा परेका छन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न एक गाउँ एक अस्पताल खोल्ने भने पनि स्थानीय अस्पतालका लागि हालसम्म जग्गा प्राप्त हुन नसकेकोले सेवाग्राही समस्यामा परेका छन् ।…

२०८० मंसिर ४, सोमबार १६:२५ गते  
स्वास्थ्य चौकीहरूमा स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर प्रभावित

आमाछोदिङमो गाउँपालिकामा रहेका स्वास्थ चौकीहरूमा सुरक्षित सुत्केरी गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर प्रभावित भएको छ । सरकारले मातृ तथा शिशुको मृत्यु दर घटाउन गाउँ गाउँमा बर्थिङ सेन्टर खोले पनि आमाछोदिङमो गाउँपालिकामा रहेको सात स्वास्थ्य चौकी मध्ये चार स्थानमा रहेको बर्थिङ सेन्टर दरबन्दी अनुसार कर्मचारी अभाव भएकोले सेवा प्रभावित भएको…

२०८० मंसिर २, शनिबार ०९:०५ गते  
बजारमा म्याद नाघेका सामान बिक्री गर्दा उपभोक्ता मर्कामा

कालिका गाउँपालिकाले ०८० कात्तिक २२ गते गरेको बजार अनुगमनको क्रममा कालिका गाउँपालिकाको वडा न‌ं. २ र वडा न‌ं. ५ को बजारमा लामो समयदेखि म्याद गुज्रेका अखाद्य वस्तु बिक्री गर्दा उपभोक्ता मर्कामा परेको पाइएको छ । कालिका गाउँपालिकाले गरेको बजार अनुगमनको क्रममा कालिकास्थान, घुम्ती र जिवजिवे बजारमा बजार अनुगमनमा लामो समयदेखि अखाद्य…

२०८० कार्तिक २४, शुक्रबार १३:४५ गते  
महिला हिंसा न्यूनीकरणमा राष्ट्रिय महिला आयोगको महत्त्वपूर्ण भूमिका छः अधिकृत अधिकारी

राष्ट्रिय महिला आयोगका प्रमुख महिला विकास अधिकृत सिता अधिकारीले महिला हिंसा न्यूनीकरणमा राष्ट्रिय महिला आयोगको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो । महिला हिंसा निवारण गर्न लाग्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । राष्ट्रिय महिला आयोगद्वारा गोसाइकुण्ड गाउँपालिकामा सञ्चालित लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रममा ०८० कात्तिक २२ गते…

२०८० कार्तिक २३, बिहीबार १४:१५ गते