सहिदको अभिलेखमा नाम समावेश गर्न निवेदन

साविक धैबुङ्ग गाविस-३ हाल कालिका गाउँपालिका-३ की १९ वर्षीया देवकी ढकालको नाम सहिदको अभिलेखमा छुट भएकोले जिल्ला प्रशासन कार्यालय समक्ष मनश्याम (मोहनप्रसाद) ढकालले निवेदन दिनुभएको छ । देवकी ढकाललाई माओवादी आन्दोलनमा सघाएको आरोपमा नेपाली सेनाले राम्चे ब्यारेकमा तारेख लगाएर नियमित बोलाउने, कुटपिट तथा यातना दिएको कारण ०५९ कात्तिक २३ गते…

June 4, 2023  
राहतको पहल गरिदिन इन्सेक प्रतिनिधिसँग द्वन्द्व पीडितहरूको आग्रह

१० वर्षे सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएर द्वन्द्व पीडित परिचयपत्र प्राप्त गरेको तर अहिलेसम्म कुनै राहत नपाएकोले न्यायका लागि पहल गरिदिन पीडितहरूले इन्सेक प्रतिनिधि समक्ष आग्रह गरेका छन् । आफूजस्ता धेरैले द्वन्द्व पीडितको नाममा राहत पाउने तर आफूमाथि पक्षपात भएको द्वन्द्व पीडित उत्तरगया गाउँपालिका-२ का ३७ वर्षीय सन्तोष अधिकारीले इन्सेक…

May 10, 2023  
एकीकृत बस्तीमा जीविकोपार्जनमा समस्या

नौकुण्ड गाँउपालिका–१, साङयुलबाट विस्थापित भइ लाङ्बुमा एकीकृत बस्ती निर्माण गरी स्थानान्तरण गरिएका उनीहरू जीविकोपार्जनमा समस्या परेपछि पुनस् जोखिमयुक्त स्थानमै फर्कन बाध्य भएका छन् । ०७२ साल वैशाखको विनाशकारी भूकम्पले साङयुलका २४ घर विस्थापित भएपछि उनीहरूका लागि सरकारले दुई वर्ष अघि सोही वडाको लाङ्बुको एकीकृत बस्तीमा निर्माण गरी पुनस्थापना गराएको थियो…

April 20, 2023  
बालमन्दिर तथा पुरातात्विक सभाहल पुनर्निर्माण हुन सकेन

०७२ सालको विनाशकारी भूकम्पका कारण भत्केको रसुवा सदरमुकाम धुन्चेमा रहेको बालमन्दिर तथा पुरातात्विक सभाहल पुननिर्माण नहुँदा जीर्ण अवस्थामा छ । जिल्ला भरका असहाय बालबालिका पढ्दै आएको ०४२ सालमा निर्मित बालमन्दिर भूकम्पपछि जीर्ण भएकोले बालबालिका राख्न पनि छाडिएको छ । तत्ककालिन राजादेखि धेरै सार्वजनिक कार्यक्रमहरू हुने गरेको पञ्चायत कालमा निर्माण भएको…

March 28, 2023  
दुर्व्यवहार घटनाको आरोपितविरुद्ध प्रहरीमा उजुरी

३४ वर्षीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका–४ भदौरे बस्ने तारानाथ पौडेल, कालिका गाउँकार्यपालिका सदस्य समेत रहेकी दुर्गा भट्ट र उनका देवर विष्णुप्रसाद पौडेलविरुद्ध इलाका प्रहरी कार्यालय कालिकास्थान र कालिका गाउँपालिका न्यायीक समितिमा पीडितले ०७९ चैत १२ गते उजुरी दिनुभएको छ । पीडित महिलालाई आरोपितहरूले चैत ९ गते टेलिफोनमा गाली…

March 27, 2023  
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या

संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८ को १२ मा स्थानीय अदालतको व्यवस्था गरेको छ । गाउँघरका साना–ठूला झै झगडाका विवादहरू गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा रहने न्यायिक समितिले…

March 25, 2023  
भूकम्पले भत्केको विद्यालय अझै बनेन

०७२ सालको विनाशकारी भूकम्पका कारण ध्वस्त उत्तरगया गाउँपालिका–१ तिरुगाउँ स्थित तिरु आधारभूत विद्यालयमा भवन अभावले विद्यार्थी एकै ठाउँमा राखेर पढाइन्छ । सो विद्यालयमा ५६ जना विद्यार्थी भर्ना भएको र ४६ जना विद्यार्थी नियमित छन् भने चार जना शिक्षक रहेको विद्यालयका प्रधानाध्यापक पोखरीप्रपाद भट्टराइले बताउनुभयो । भूकम्पका कारण जीर्ण विद्यालय भवन…

March 19, 2023  
स्वास्थ्यकर्मी अभावले बर्थिङ सेन्टर सञ्चालनमा समस्या

आमाछोदिङमो गाउँपालिकामा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सुरक्षित सुत्केरी गराउन खुलेका सरकारी बर्थिङ सेन्टरहरू प्रभावित छन् । आमाछोदिङमो गाउँपालिकामा २० जना स्वीकृत स्थायी दरबन्दी मध्ये नौ जना मात्र स्थायी स्वास्थ्यकर्मी कार्यरत छन् । त्यहाँ पाँच स्वास्थ्य चौकी र तीन ओटा सामुदायिक स्वास्थ्य इकाई छन् । गाउँपालिकाकाले करार सेवामा लिएका अहेव, अनमी,…

March 5, 2023  
यौन दुर्व्यवहार कसुरमा एक वर्ष ६ महिना कैद सजाय फैसला

११ वर्षीया बालिकालाई ०७९ वैशाख १५ गते यौन दुर्व्यवहार गरेको कसुरमा कालिका गाउँपालिका–३ बस्ने एनेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य ३९ वर्षीय गणेश विश्वकर्मालाई रसुवा जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेललेको इजलासले ०७९ फागुन १६ गते एक वर्ष ६ महिना कैद, १५ हजार रुपैयाँ जरिवाना, ५० हजार रुपैयाँ क्षतिपुर्ती पीडितलाई भराउने…

March 3, 2023  
रसुवा कारागारमा क्षमताभन्दा बढि कैदीबन्दी

रसुवा कारागारका क्षमताभन्दा बढि कैदी बन्दी रहेकोले बन्दीहरूमा स्वास्थ्य, सरसफाइ लगायतमा समस्या हुने गरेको छ । क्षमताभन्दा बढी बस्नु परेको कारण पानी अभाव हुने भएकोले शौचालय जान, नुहाउन, कपडा धुन जस्ता काममा पनि समस्या परेको  कागरागारका बन्दी सान्तेम्पा तामाङले बताउनु भयो । २५ जनाको क्षमता भएको ‘ङ’ श्रेणीको जिल्ला कारागारमा कारागारमा कैदी,…

January 26, 2023