मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा, जिल्ला प्रशासन कार्यालय र इन्सेककाे समन्वयमा मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक अन्तर्क्रिया कार्यक्रम ०८० कात्तिक १ गते  सम्पन्न गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका निमित्त प्रमुख रेवा रेग्मी र मानव अधिकार अधिकृत लक्ष्मी पौडेलले विश्वव्यापी आवधिक समिक्षा, मानव अधिकार कार्ययोजना कार्यन्वयन बारे…

October 19, 2023  
राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकद्वारा कालिका गाउँपालिकाको मानव अधिकार अवस्था बारे अनुमगन

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकले ०८० असोज २८ गते कालिका गाउँपालिकाको मानव अधिकार अवस्था बारे अनुमगन गरेको छ । राष्ट्रिय मानवध अधिकार आयोग, बागमती प्रदेश कार्यालयका निमित्त प्रमुख रेवा रेग्मी, राष्ट्रिय मानवध अधिकार आयोग, बागमती प्रदेश कार्यालयका अधिकृत लक्ष्मी पौडेल र इन्सेक जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाले कालिका गाउँपालिकामा शिक्षा,…

October 16, 2023  
अस्पताल र गाउँपालिका भवन निर्माण नहुँदा सेवाग्राही समस्यामा

नेपाल सरकारले नागरिकलाई गुणस्तरीय सेवा घरदैलोबाट प्रदान गर्ने भने तापनि उत्तरगया गाउँपालिकामा आवश्यक भौतिक संरचनाको अभावले सेवा प्रवाह हुन सकेको छैन । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न एक गाउँ एक अस्पताल खोल्ने भने पनि उत्तरगया गाउँपालिका र अस्पतालका लागि हालसम्म जग्गा प्राप्त हुन नसकेकोले सेवाग्राही समस्यामा परेका छन् । गाउँपालिका…

September 26, 2023  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गोसाइकुण्ड गाउँपालिका-६, धुन्चेकी ७० वर्षीया सीता विश्वकर्माको घरायसी विवादमा कुटपिट गरी हत्या गरेको आरोपमा पति ७१ वर्षीय सुकलाल विश्वकर्मालाई प्रहरीले ०८० भदौ २६ गते गिरफ्तार गरेको छ । आरोपित विश्वकर्माविरुद्ध पीडित पक्षले भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीका अनुसार आरोपितले…

September 12, 2023  
रसुवामा वर्षातका कारण ज्येष्ठ नागरिक बढी जोखिममा

रसुवाको विभिन्न गाउँमा वर्षातका कारण ज्येष्ठ नागरिक बढी जोखिममा परेका छन् । गाउँमा घरमाथिबाट आएको पहिरोको कारण कालिका गाउँपालिका-२ का ज्येष्ठ नागरिक ८९ वर्षीय दिपबहादुर थापामगरको घर भत्केपछि उक्त दम्पती छिमेकीको घरमा शरण लिन पुगेका छन् । वर्षातले आफू र पत्नी मात्र बस्दै आएको घरमा माथिबाट पहिरो आएपछि भागेर बाँचेको…

August 29, 2023  
समाचारको प्रभावः पशुमा लाग्ने लम्पी स्किन रोगविरूद्धको उपचार तथा खोप अभियान शुरु

रसुवामा पशुमा लाग्ने लम्पी स्किन रोगको उपचार तथा रोगका लक्षण देखा नपरेकालाई रोगविरूद्ध खोप शुरु गरेको छ । पशु स्वास्थ्य प्राविधिक बुद्धिनाथ न्यौपानेका अनुसार कालिका गाउँपालिका भरी गाईगोरु सङ्क्रमित १ सय ५७ सङ्क्रमित भएकोमा उपचारपछि ५० ओटा निको भएका छन् भने २४ ओटाको मृत्यु भएको छ । हलै एक भैँसीमा…

August 10, 2023  
राहतको लागि पहल गरिदिन इन्सेक प्रतिनिधिलाई द्वन्द्वपीडितको आग्रह

नेपालमा १० वर्षे सशस्त्र द्वन्द्वको समयमा द्वन्द्वपीडितले राहत नपाएको र न्यायका लागि पहल गरिदिन पीडितहरूले इन्सेक प्रतिनिधि समक्ष आग्रह गरेका छन् । कालिका गाउँपालिका-३, धारापानीका ७२ वर्षीय कृष्णबहादुर विश्वकर्मा १० वर्षे सशस्त्र द्वन्द्वको समयमा पीडित हुनुहुन्छ । उहाँका भाइ ६८ वर्षीय मानबहादुर विश्वकर्मालाई नेपाली सेनाले तथा तत्कालिन विद्रोही नेकपा माओवादीले…

August 9, 2023  
गाउँपालिकामा विद्यालय भवन नहुँदा बालबालिकाहरूलाई पढ्नमा समस्या

उत्तरगया गाउँपालिकामा विद्यालय भवन नहुँदा स्थानीय बालबालिकाहरूलाई पढ्नमा समस्या भएको छ । वर्षे बिदा सकेर रसुवाको हिमाली क्षेत्रमा विद्यालय खुल्दा आठ वर्ष अघि ध्वस्त भएको उत्तरगया गाउँपालिका-१ को गोगने गाउँको विद्यालय अहिलेसम्म निर्माण हुन सकेको छैन । पुरानै ठाउँमा जोखिम बढेको कारणले विद्यालय नबनेको स्थानीय पर्मा लामाले बताउनु भयो ।…

August 8, 2023  
रसुवामा पशुमा लाग्ने लम्पी स्किन रोगको औषधि अभाव हुँदा किसान मर्कामा

रसुवाको पाँच ओटै गाउँपालिकामा पशुमा लाग्ने लम्पी स्किन रोगको औषधि अभाव हुँदा किसान मर्कामा परेका छन् । लम्पी स्किन रोगका कारण हालसम्म दुई सयभन्दा बढी पशु मरेका छन् । गोसाइँकुण्ड गाउँपालिकामा मात्र लम्पी स्किनबाट हालसम्म २६ ओटा चौँरी, एक ओटा याक र ४८ ओटा स्थानीय जातका गाईगोरु मरेको पशु सेवा…

July 28, 2023  
गाउँपालिकामा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूको स्वास्थ्य बिमा सेवाबाट वञ्चित

आमाछोदिङमो गाउँपालिकाले ६५ वर्षदेखि ७० वर्षसम्मका ज्येष्ठ नागरिक, एकल महिला र ‘क’ वर्गको अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने भनेर फाराम भराए पनि बिमा बापतको रकम गाउँपालिकाले नदिएपछि उनीहरू स्वास्थ्य बिमा सेवाबाट वञ्चित भएका छन् । यस वर्ष स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित हुन परेकोले यहाँका ७ सय भन्दा बढी…

July 26, 2023