काथित बोक्सोको आरोपमा हत्या गरिएका मृतकका परिवारलाई सरकारद्वारा ५ लाख रुपियाँ राहत प्रदान
तीन वर्षअघि काथित बोक्सोको आरोपमा जिउँदै जलाएर हत्या गरिएका नौकुण्ड गाउँपालिका–६ घोर्मुका तुलुसार्की थिङका परिवारलाई सरकारले ५ लाख रुपियाँ राहत प्रदान गरेको छ । जिल्ला अदालतको ०७५ जेठ २२ गतेको फैसला अनुसार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त ५ लाख रुपियाँको चेक पीडित परिवारलाई सहायक प्रमुख जिल्ला अधिकारीे देवर्षि…
विद्यालय पुनर्निर्माण नहुँदा विद्यार्थीहरू टहरामुनी बसेर पढ्न बाध्य
विनाशकारी भूकम्पको कारण जिल्लमा पूर्ण क्षति पुगेका २२ विद्यालय भवन अझैपनि पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरू अझै टहरामा नै बढ्न बाध्य भएका छन् । ०७२ वैशाख १२ को भूकम्पपछि विद्यालय पुनर्निर्माणका लागि विभिन्न सङ्घसंस्थाहरूले लगानी गर्न खोजे पनि विद्यालयले पर्याप्त जग्गा व्यवस्थापन गर्न नसक्दा २२ ओटा सामूदायिक विद्यालय भवन निर्माण सुरू…
प्रभावकारी विकासका लागि नागरिक समाज र सञ्चार जगतको सहकार्य आवश्यक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पारस्पारिक जवाफदेहिता परियोजनाको आयोजनामा चैत ५ गते उत्तरगया गाउँपालिका ४ मा गरिएको “विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्य” विषयका अन्तरक्रिया कार्यक्रममा प्रभावकारी विकासका लागि नागरिक समाज र सञ्चार जगतको सहकार्य आवश्यक हुने सरोकारवालाले बताएका छन् । कार्यक्रममा विकास निर्माण तथा अन्य…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नुवाकोटको बेल्कोटगढी नगरपालिका-६ का १९ वर्षीय दिपक खतिवडा, विदुर नगरपालिका-४ का २५ वर्षीय सञ्जीवकुमार गुप्ता र सोही ठाउँका २२ वर्षीय रामकुमार श्रेष्ठलाई प्रहरीले पुस ८ गते गिरफ्तार गरेको छ । धुन्चेबाट टिमुरेतर्फजाँदै गरेको बा ४ ख ४३२ नम्बरको ट्रकमा चढेकी पीडितलाई पुस ७ गते…
तहगत सरकारले भूकम्पबाट विस्थापितको सवाल बिर्सेको पीडितहरूको आरोप
तीनै तहका सरकारले विस्थापितको समस्या समाधानमा चासो नदेखाएको भूकम्पका कारण विस्थपितहरूले आरोप लगाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असोज १३ गते गोसाइकुण्ड गाउँपालिकामा भएको भूकम्प प्रभावित विस्थापितहरूको सवाल विषयक सार्वजनिक सुनुवाइमा विस्थापित तथा सरोकारवालाहरूले विस्थापितको समस्या समाधानका लागि चासो नदिएको गुनासो गरेका हुन् । साविकको हाकु र…
नागरिक समाज र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य: सरोकारवालाहरु
वर्तमान परिप्रेक्षमा नागरिक समाज र स्थानीय सरकारबीचको सहकार्य अवसर र चुनौति विषयक छलफल कार्यक्रममा सरकोकारवालाहरूले नागरिक समाज र सरकारबीच सहकार्य अपरिहर्य रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा साउन १३ गते कालिकास्थानमा गरिएको कार्यक्रममा सहभागीहरूले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा कालिका गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई ललाईफकाई नक्कली नागरिकतासमेत बनाएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिकाका २४ वर्षीय सुरज दर्जी, सोही महानगरपालिका–६ का २४ वर्षीय समर परियार, सिन्धुपाल्चोक घर भई केरुङमा डान्सबार सञ्चालन गर्ने २७ वर्षीय ग्याल्जेन तामाङलाई असार २८ गते गिरफ्तार गरेको छ । अबैध क्रियाकलापमा संलग्न भएको…
बलात्कार गरेको आरोपमा झुठो जाहेरी दिनेलाई जरिबानाको फैसला
२३ वर्षीया महिलालाई बलात्कार गरेको गरेको आरोपमा आमाछोदिङमो गाउँपालिका-२ हाकुका सलामबहादुर तामाङविरूद्ध ०७५ असार १० गते अदालतमा झुठो मुद्दा दर्ता गरेको ठहर गर्दै जिल्ला अदालतले असार २६ गते १ हजार रुपियाँ जरिबाना र ५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ । ती महिलालाई तामाङले जेठ १६ गते बलात्कार गरेको भन्दै…
कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा ५ वर्षकैदको फैसला
नौकुण्ड गाउँपालिका ५ खाल्चेतकी ३७ वर्षीया राधा ग्लान तामाङलाई कथित बोक्सीको आरोपमा ०७४ कात्तिक १ गते कुटपिट गरी दुर्व्यवहार गरेको कसुरमा दुई जनालाई जिल्ला अदालतले जेठ २७ गते ५ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश बाबुराम सुवेदीको इजलासले घटनाका आरोपितहरू पीडितका जेठाजु ५२ वर्षीय शन्तबहादुर ग्लान तामाङ, जेठाजुका छोरा २०…
तीन वर्षबित्दा पनि विद्यालय पुनर्निर्माण नहुँदा पठनपाठनमा समस्या
विनाशकारी भूकम्पका कारण भत्केको नौकुण्ड गाउँपालिका-३ फाम्चेतस्थित श्री गौतमवुद्ध मावि पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या भएको छ । भूकम्पपछि तत्काल बनाइएको जस्तापाताका साना कोठा रहेको अस्थायी सिकाई केन्द्रमै विद्यालय सञ्चालन गर्दा पठनपाठनमा समस्या भएको हो । अस्थायी टहरामा भयरहित वातावरणमा कक्षा सञ्चालन गर्न नसकिएको शिक्षक लक्ष्मी लामिछाने बताउँछिन् ।…