वाम गठबन्धनले प्रयोग गरेका ६ ओटा मोटरसाइकल र एउटा स्कर्पियो जीपमा आगजनी

पार्वतीकुण्ड गाउँपालिका-२ को ग्रे गाउँमा वाम गठबन्धनका कार्यकर्ताहरू चढेको ६ ओटा मोटरसाइकल र एउटा स्कर्पियो जीपमा मङ्सिर ३ गते राति लोकतान्त्रिक गठबन्धन पक्षले आगजनी गरेको नेकपा एमालेका स्थानीय नेता पेम्बा लामाले आरोप लगाएका छन् । नेपाली काङ्ग्रेका कार्यकर्तहरूको समूहले एक्कासी सवारी साधनमा आगजनी गरेपछि गाउँमा त्रास फैलिएको र घटनापछि गाउँ…

November 20, 2017  
कथित बोक्सीको आरोपमा बुहारीलाई कुटपिट

नौकुण्ड गाउँपालिका-५ खाल्चेतकी ३७ वर्षीया राधा घलान तामाङलाई कथित बोक्सीको आरोपमा ५२ वर्षीय जेठाजु सन्तबहादुर घलान तामाङ, उनका छोरा २० वर्षीय सन्तोष घलान र विशाल घलान समेतले कात्तिक १ गते राति ९:३० बजे कोदालोको समेत प्रयाग गरी कुटपीट गरेको पीडित पक्षको आरोप छ । पीडित महिलाको उपचार काठमाडौँ बसुन्धरास्थित ग्रिनसिटी…

October 23, 2017  
द्वन्द्व पीडितलाई राहत वितरण

शान्ति तथा पुनःनिर्माण मन्त्रालयले रसुवाका द्वन्द्व पीडितहरूलाई असार २३ गते एक कार्यक्रममा राहत रकम वितरण गरिएको छ । सशस्त्र द्वन्द्वका क्रममा राज्य तथा विद्रोही पक्षबाट हत्या गरिएका र बेपत्ता पारिएका व्यक्तिका परिवारलाई स्थानीय शान्ति समितिले राहत रकम वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, इन्सेक जिल्ला प्रतिनिधिलगायतले राहत…

July 7, 2017  
लाङटाङवासीको एकै आवाज–‘सरकार खोइ कहाँ छ ?’

‘विभिन्न किसिमका घोषणा गर्ने र नागरिलाई आश्वस्त पार्ने बाहेक सरकारले क गरेको छ र ? यहाँ न गाविसको कार्यालय छ, न सरकारी निकायको स्वास्थ्य निकाय नै !’–लाङटाङका स्थानीयहरूको प्रतिक्रिया हो यो । ‘राज्यका विभिन्न निकायका संरचनासमेत नभएको लाङटाङमा स्थानीयबासीले सरकार विहीनता कहिलेसम्म भोग्नु पर्ने हो ?’–स्थानीय डोल्मा तामाङले प्रश्न गरिन्…

January 3, 2017  
गुठी जग्गाको पुर्जा वितरण गरी आवास निर्माण सम्झौता गर्न माग

विनाशकारी भूकम्प पछि आवास निर्माण अनुदान सम्झौता गर्नबाट वञ्चितहरूको समस्या समाधान गरी तत्काल लाभग्राही सम्झौता गर्न माग गरेका छन् । इन्सेक, जिल्ला भूमि अधिकार मञ्च र हामीको आयोजनामा मङ्सिर ११ गते सम्पन्न सार्वजनिक सुनुवाइमा विस्थापित पीडितहरूले गुठी जग्गा रैकर गरी तत्काल पुर्जा वितरण गर्न माग गरेका हुन् । सहभागिहरूले जग्गा…

November 27, 2016  
लाङटाङमा स्वास्थ्यकर्मी र औषधि पठाउन माग

लाङटाङमा स्वास्थ्यकर्मी र औषधि पठाउन स्थानीयले माग गरेको छ । ०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी स्वास्थ्यचौकी भत्किएर दुई जना स्वास्थ्यकर्मीको मृत्यु भएपछि लाङटाङमा स्वास्थ्य चौकी पुनर्स्थापना गरिएको छैन । स्वास्थ्य चौकी भत्किएसँगै स्वास्थ्यकर्मी र औषाधिकोसमेत व्यवस्था नहुँदा आफूहरू स्वास्थ्यसेवाबाट वञ्चित भएको स्थानीयले गुनासो गरेका छन् । ०७२…

November 14, 2016  
भूकम्पपछि विस्थापितहरूको पुनर्बास तथा पुनर्स्थापना माग (फोटो फिचर)

विनाशकारी भूकम्पपछि विस्थापितहरूको पुनर्बास तथा पुनर्स्थापना तत्काल गर्नु पर्ने एक कार्यक्रमका सहभागीहरूले माग गरेका छन् । जिल्ला भूमि अधिकार मञ्च रसुवा र विस्थापित परिवारको संयुक्त आयोजनामा कात्तिक २६ गते लहरेपौवा गाविस-१ बोगटीटारमा आयोजित कार्यक्रमका सहभागीहरूले सो माग गरेका हुन् । ०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पको कारण हाकु तथा…

November 13, 2016  
गुठी जग्गाका कारण भूकम्प पीडित अनुदान सम्झौताबाट वञ्चित

सरकारले भूकम्प पीडित आवास निर्माणका लागि अनुदान दिन सुरु गरे पनि रसुवाको हाकु गाविसमा रहेका ४ सय ५० परिवारले अनुदान सम्झौता गर्न पाएका छैनन् । हाकु गाविस वडा नं २ देखि ७ सम्मका ६ ओटै वडाका ४ सय ५० घरपरिवारले चर्चेको जमीन र घर समेत पुरानो स्वयम्भुनाथ गुठीको नाममा रहेका…

August 15, 2016