भूकम्पले भत्काएको विद्यालय भवन निर्माण नहुँदा चौरमै कक्षा सञ्चालन

आमाछोदिङमो गाउँपालिका–५ स्थित विनाशकारी भूकम्पले भत्काएको पाजुङ आधारभूत विद्यालय भवन पुननिर्माण हुन नसक्दा खुल्ला चौरमै कक्षा सञ्चालन गर्ने गरिएकाे छ । विद्यालयमा शिशुदेखि कक्षा ५ सम्म सञ्चालित विद्यालयमा ३५ छात्र र ४५ छात्रा गरी ८० जना जना अध्ययनरत छन् । विद्यालय पुननिर्माणको लागि धेरै सामाजिक संस्था र जिल्ला आयोजना कार्यान्वयन इकार्ई…

२०७६ माघ २८, मंगलवार ०९:४१ गते  
पुनर्स्थापनाकाे लागि एकीकृत बस्ती अझै सुरु भएन

नेपाल सरकारले भूकम्पपछि जोखिम बस्तीमा परेका विस्थापितहरू एकीकृत बस्तीमा लैजाने भने पनि पाँच वर्ष बित्न लाग्दा समेत प्रक्रिया नै सुरु हुन नसक्दा पीडितहरु समस्या परेका छन् । भूकम्पका कारण पहिरोको जोखिम परेका विस्थापित १ हजार १ सय लाभग्राहीले अनुदान पाए पनि धेरैले सुरक्षित आवास निर्माण कार्य थालनि नै गर्न सकेका…

२०७६ माघ २७, सोमबार १६:५३ गते  
विस्थापित बालबालिकाका लागि विद्यालय अभाव

उत्तरगया गाउँपालिका–५ खाल्टेमा रहेको विस्थापित क्याम्पमा ५ सय ६० बालबालिकाकालागि पढ्ने विद्यालय नहुँदा समस्या भएको छ । यहाँका बिस्थापित बालबालिकाहरू नजिकैको चार ओटा विद्यालय नुवाकोटको बिदुर नगरपालिका–१० स्थित रामचन्द्र आधारभूत विद्यालय र उत्तरगया आवासिय मावि तथा रसुवाको निलकण्ठ उमावि र ट्रिनिटी आवासिय विद्यालयमा पढ्छन् । उत्तरगया गाउँपालिकाको छेवैमा रहेको क्याम्पमा…

२०७६ माघ २४, शुक्रबार १७:०२ गते  
रसुवा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

जिल्ला कारागार रसुवामा क्षमताभन्दा चार गुणा बढी बन्दी रहेका छन् । ‘ङ’ श्रेणीको जिल्ला कारागारको क्षमता २५ जनाको छ । तर ९८ कैैदी र १२ थुनुवा गरी एक सय १० जना छन् । जसमा महिला ६ जना छन् । इन्सेकका रसुवा जिल्ला प्रतिनिधिले गरेको कारागार अनुगमनका क्रममा कारागारमा क्षमताभन्दाबढि बन्दी…

२०७६ माघ २१, मंगलवार १७:२१ गते  
विद्यालय पुनर्निर्माण नहुँदा पठन पाठनमा समस्या

भूकम्पले भत्केका विद्यालय अझै पुर्ननिमाण नहुँदा पठनपाठनमा समस्या भएको छ । चीन सरकारको सहयोगमा निर्माण हुने भनिएको तीनओटा र जोखिम बस्तीमा परेका सात ओटा गरी भूकम्पका कारण भत्केका रसुवाका १२ ओटा विद्यालय भवन अझै निर्माण हुन नसक्दा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या परेको छ । जिल्लामा ९१ ओटा विद्यालय रहेका छन् ।…

२०७६ माघ २०, सोमबार १४:३५ गते  
इन्सेक प्रतिनिधि सम्मानित 

२२ औ भूकम्प सुरक्षा दिवसका अवसरमा रसुवा जिल्ला क्रियाशील इन्सेक प्रतिनिधि तथा अधिकारकर्मीहरु ०७६ माघ २ गते सम्मानित हुनुभएकाे छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा भएको एक कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा ‌केन्द्र (ईन्सेक) का जिल्ला प्रतिनिधि हेमनाथ खतिवडा, मासम अध्यक्ष तथा राससका ज्ञानेन्द्र न्यौपाने , अधिकारकर्मीकहरु विश्वास नेपाली, फुर्पा…

२०७६ माघ ३, शुक्रबार २३:३९ गते  
स्थानीय तहमा कर्मचारी अभावले काम प्रभावित

कर्मचारी समायोजनपछि स्थानीय निकायहरुमा पद रिक्त हुँदा काम प्रभावित हुन थालेको छ । आमाछोदिङमो गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नुहँदा वडा सचिवको भरमा चलेको छ । वडा सचिव तथा गाउँपालिकामा कर्मचारी अभावका कारण नागरिकलाई प्रबाह गर्ने सेवा प्रभावित भएको हो । गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार गाउँपालिका तथा वडाहरुमा…

२०७६ पुष १७, बिहीबार १२:०८ गते  
समाचार लेखेको आरोपमा पत्रकारलाई मार्ने धम्की

१२ वर्षीया विदेशी बालिकालाई यौन दुर्व्यवहार गरेको विषयमा समाचार लेखेको भन्दै आरोपितका परिवारले नेपाल पत्रकार महासङ्घ रसुवाकी महिला उपाध्यक्ष कालिका गाउँपालिका–३ की २५ वर्षीया अनु आचार्यलाई पुस १ गते मार्ने धम्की दिएका छन् । नयाँ पत्रिका दैनिक र रेडियो रसुवामा  कार्यरत आचार्यले पुस १ गते लेखेको समाचारको आधारमा कालिका गाउँपालिका…

२०७६ पुष ३, बिहीबार १९:३२ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया विदेशी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कालिका गाउँपालिका –२ का २८ वर्षीय सुनिल पौडेललाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ । अष्ट्रिलियामा बस्दै आउनुभएका रसुवाका रत्नप्रसाद पौडेलसँग नेपाल घुम्न आएको बेलामा पीडित बालिकालाई आरोपितले मङ्सिर २८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई…

२०७६ पुष २, बुधबार १३:३७ गते  
भूकम्पले भत्केको विद्यालय भवन बनेन, अझै टहरोमै पढाइ

कालिका गाउँपालिका–५ स्थित निलकण्ठ मावि भवन ०७२ को भूकम्पका कारण भत्केको चार वर्ष बित्दा समेत पुनर्निर्माण हुन नसक्दा पठनपाठनमा समस्या परेको छ । सुरक्षित विद्यालय भवन नबन्दा विद्यार्थीहरू टिनको छाप्रोमा पढ्न बाध्य भएका छन् । चीन सरकारको सहयोगमा निर्माण हुने भनिएको भवन निर्माणमा ढिलाइ भएकाले ठूलो समस्या परेको निलकण्ठ नमुना…

२०७६ पुष १, मंगलवार ०६:०९ गते