कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा समस्यामा
कारागार शाखा धुन्चेमा क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा स्वास्थ्य परीक्षण, खानेपानी, शौचालय जस्ता अत्यावश्यक सेवामा समस्या रहेको छ । ‘ङ’ श्रेणीको जिल्ला कारागारको क्षमता २५ जनाको छ । तर हाल यस कारागारमा १ सय १५ जना कैदी र ११ जना थुनुवा गरी १ सय २६ जना छन् । जसमा महिला…
मानव अधिकारको संरक्षण र सम्बर्धनका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्नेः सरोकारवाला
७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस, ७२ औँ अन्तर्राष्ट्रिय मानवअधिकार रक्षक दिवस तथा भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा रसुवामा इन्सेकालगायत सामाजिक संस्थाहरूले मङ्सिर २४ गते एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सामुदायिक विकास केन्द्र नेपाल र मानवअधिकार तथा सामुदायिक विकास स्रोत केन्द्रको संयुक्त आयोजनामा सरोकारवालाहरूले…
६ वर्षीया बालिकाको शव फेला, अपहरणपछि हत्या गरेको आरोपमा एक जना गिरफ्तार
कालिका गाउँपालिका–१ ग्राङकी ६ वर्षीया सुमिना तामाङको शव मङ्सिर २३ गते गाउँ नजिकै ओढारमा मृत अवस्थामा भेटिएको छ । घटनास्थल नजिकै स्कुल ड्रेस, झोला, र चाउचाउ समेत भेटिएको थियो । ग्राङ आधारभूत विद्यालयमा अध्ययनरत बालिका मङ्सिर २१ गतेदेखि विद्यालयबाट हराइरहेकोमा अपहरण गरेको आशङ्कामा नुवाकोट जिल्ला, किस्पाङ गाउँपालिका–५ की १९ वर्षीया…
द्वन्द्व पीडितले राहत नपाएको गुनासो
दशवर्षे सशस्त्र द्वन्द्वको क्रममा घाइते तथा अङ्गभङ्ग भएका द्वन्द्व पीडितले राहत नपाएको गुनासो गरेका छन् । सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएर द्वन्द्व पीडित परिचय पत्र प्राप्त गरेका तर अहिले आफू जस्ता धेरैको राहत पाउने सूचिबाट नाम हटेको द्वन्द्व पीडित उत्तरगया गाउँपालिका–२ का ३५ वर्षीय सन्तोष अधिकारीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो…
सामाजिक सेवा भावले काम गर्ने सामाजिक सङ्संस्थाहरूको योगदान महत्वपूर्ण: उपाध्यक्ष
“सामाजिक क्षेत्र राष्ट्रिय गौरव” भन्ने नाराका असोज ९ गते आयोजित एक कार्यक्रममा उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले सामाजिक सेवा भावले काम गर्ने सामाजिक सङ्घसंस्थाहरूको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ । गैरसरकारी संस्था महासङ्घ रसुवा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामुदायिक विकास केन्द्रको संयुक्त आयोजनामा ०७७ असोज ९ गते…
भूकम्पका कारण विस्थापित भएका परिवारमा खाद्यान्न अभाव
०७२ को भूकम्पका कारणबाट विस्थापितको बस्ती स्थानान्तरण हुन नसक्दा अझै टिनको छाप्रोमा गुजारा चलाउँदै आएका विस्थापित परिवारमा खाद्यान्न सङ्कट पर्न थालेको उत्तरगया गापा–५ खाल्टेमा रहेको विस्थापित क्याम्पका स्थानीय पूर्ण घलेले बताउनु भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण पनि बस्ती स्थानान्तरणमा ढिलाई हुनाले र ज्याला मजदुरी गरेर छाक टार्ने…
आमा सुरक्षा कार्यक्रम अन्तर्गत रकम नपाएको गुनासो
गोसाँइकुण्ड गाउँपालिकामा रहेको बर्थिङ सेन्टरहरूमा सुत्केरी गराउनेहरूले आमा सुरक्षा कार्यक्रम अन्तर्गत सरकारले प्रदान गर्ने प्रोत्साहन रकम नपाएको गुनासो गरेका छन् । सरकारले मातृशिशु मृत्युदर न्युन गर्नका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीबाट तोकिएको समयमा गर्भजाँच गराउने र स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई प्रोत्साहन तथा बाटो खर्च स्वरुप आमा सुरक्षा कार्यक्रम अन्तरगतको पाउनु पर्ने…
बालमन्दिर पुर्ननिर्माण नहुँदा समस्या
भूकम्पका कारण भत्केको सदरमुकाम धुन्चेमा रहेको बालमन्दिर पुनर्निर्माण नहुँदा जीर्ण अवस्थामा छ । जिल्ला भरका असहाय बालबालिका पढ्दै आएको ०४२ सालमा निर्मित बाल मन्दिर भूकम्पपछि जीर्ण भएकोले बालबालिका राख्न पनि छाडिएको छ । भूकम्पले चिरा परेपछि प्रयोग विहिन यो बनेको भवन स्रोत अभावले मर्मत हुन सकेको छैन । विगतमा त्यहाँ…
स्वास्थ्यकर्मी अभावले बर्थिङ सेन्टर सञ्चालनमा समस्या
नौकुण्ड गाउँपालिकामा रहेको सुरक्षित सुत्केरी केन्द्रहरूमा तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा समस्या परेको छ । नौकुण्ड गाउँपालिका दरबन्दी अनुसार कर्मचारी अभाव भएपछि सेवा प्रभावित भएको हो । यार्सा, पाच्याङ र भोर्ले स्वास्थ्यचौकीमा कुल १५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा एकजना मात्र दरबन्दीको कर्मचारी रहेका छन् । त्यहाँ नौकुण्ड गाउँपालिकाले करारमा लिएर राखेर…
राहत नपाएको द्वन्द पीडितको गुनासो
सशस्त्र द्वन्द्वको क्रममा पीडित नौकुण्ड गाउँपालिका–१ यार्साका ५८ वर्षीय सुकुबहादुर तामाङले अहिलेसम्म राहत नपाएको गुनासो गर्नुभएको छ । तत्कालिन राज्य तथा विद्रोही नेकपा माओवादीले पनि आफुलाई बेवास्ता गरेको उहाँले गुनासो गर्नुभयो । ०६२ सालमा राज्यका तर्फबाट माओवादी आतंककारी भन्दै गिरफ्तार गरी चरम शारिरिक तथा मानसिक यातना दिएको उहाँले बताउनु भयो…