भूकम्पका कारण विस्थापित पुनर्स्थापित हुन सकेनन्
विनाशकारी भूकम्पका कारण विस्थापित भएको ६ वर्ष बित्दा पनि रसुवाका विस्थापितहरूको बस्ती स्थानान्तरण हुन नसक्दा सयौँ परिवार पुनःस्थापित हुन सकेनन् । उत्तरगया गाउँपालिका–५ खाल्टेमा टिनको अस्थायी छाप्रोमा बस्दै आएका विस्थापितलाई तत्लोपैरेमा एकीकृत बस्ती निर्माणको लागि जग्गा अधिग्रहण गरिएको एक वर्ष बित्दा पनि विस्थापित बस्ती निर्माण थालनी नभएपछि सुरक्षित आवासको अधिकारबाट…
कुटपिट गरी पत्नीको हत्या, आरोपित गिरफ्तार
नौकुण्ड गाउँपालिका-५ भोर्लेकी ७१ वर्षीया कान्छी भनिने बाटुली तामाङलाई असोज ३० गते कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ७१ वर्षीय पति बुधे भनिने बुद्धि ग्लान तामाङलाई असोज ३१ गते गिरफ्तार गरेको छ । बाटुलीलाई आरोपितले कुटपिट गरि धकेलेपछि आँगनमा लडेर बेहोस भएको र लगत्तै नुवाकोटको त्रिशूली अस्पताल लगेपछि डाक्टरले मृत…
न्यायको लागि पहल गरिदिनु हुन इन्सेक प्रतिनिधिसँग अनुरोध
गोसाइकुण्ड गाउँपालिका– ५ दुङदीकी २८ वर्षीया कुमारी बिकलले पति २९ वर्षीय कामपासाङ तामाङले घरमा पस्न नदिइ हेला गरेको भन्दै न्यायको लागि पहल गरिदिन इन्सेकका जिल्ला प्रतिनिधिसँग अनुरोध गर्नु भएको छ । पीडित कुमारीले गाउँपालिकामा विवाह तथा दुई जना छोरीको जन्मदर्ता र माना चामल भराई पाउनको लागि निवेदन दिएको लामो समयसम्म…
विस्थापित बालबालिकाको लागि विद्यालयको अभाव
उत्तरगया गाउँपालिका–५ खाल्टेमा रहेको भूकम्पबाट विस्थापित क्याम्पमा रहेका ५ सय ६० जना बालबालिकाको लागि पढ्ने विद्यालयको अभाव छ । कोभिड–१९ को प्रभावले भएको लामो बन्दाबन्दीपछि विद्यालय खुले पनि यहाँका बालबालिकाहरू आधारभूत शिक्षा लिनका लागि दुई घण्टासम्म हिँड्नु पर्ने बाध्यता छ । यहाँका विस्थापित बालबालिकाहरू क्याम्प नजिकै विद्यालय नहुँदा नुवाकोटको बिदुर…
मानव अधिकार कार्ययोजना मस्यौदा समिति सदस्यमा इन्सेक प्रतिनिधि चयन
कालिका गाउँपालिका स्तरिय मानव अधिकार कार्ययोजनासम्बन्धी मस्यौदा समितिको सदस्यमा इन्सेकका जिल्ला प्रतिनिधि हेमनाथ खतिवडा चयन हुनु भएको छ । स्थनीय तहको कार्ययोजना तयार गर्ने गरी सरोकारवालाहरूको सहभागितामा कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेको संयोजकत्वमा ०७८ भदौ १९ गते ११ सदस्य रहेको मस्यौदा समिति गठन भएको हो । समितिमा पालिकाका पाँचै वडाका वडा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ र १५ वर्षीया दुई बालिकालाई बलात्कार गरेको घटनाका फरार आरोपित कालिका गाउँपालिका–३ धारापानीका २० वर्षीय नवराज न्यौपानेलाई प्रहरीले ०७८ भदौ १६ गते घरबाट गिरफ्तार गरेको छ । सोही घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका २४ वर्षीय सन्तोष लामिछानेलाई प्रहरीले ०७८ साउन ५ गते घरैबाट गिरफ्तार गरेको थियो । पीडित…
भूकम्पले भत्केको विद्यालय अझै बनेन, भवन अभावले विद्यार्थी टहरामा
२०७२ को विनाशकारी भूकम्पका कारण विस्थापित भई उत्तरगया गाउँपालिका–५ खाल्टेमा रहेको क्याम्पमा बस्तै आएका ५ सय ६० बालबालिकाकालागि पढ्ने विद्यालय नहुँदा समस्यामा परेका छन् । नेपालको संविधानले आवासको हक नागरिकको मौलिक हकका रूपमा समेटिए पनि भूकम्पका कारण विस्थापित २ सय ६९ परिवारको बस्ती स्थानान्तरणमा ढिलाई हुँदा बालबिलका अझैसम्म अस्थायी टहरामै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका–३ धारापानीका २७ वर्षीय रमेश अधिकारीलाई प्रहरीले ०७७ माघ ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई माघ २४ गते विद्यालयबाट घर फर्कंदै गर्दा बाटो छेकेर यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले माघ २९ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी कार्यालय कालिकास्थानमा उजुरी दिनु भएको छ । घर नजिकै आफ्नो बारीमा बाख्रा नचराउन भनेपछि आरोपितद्वयले गाली गलौज गर्दै लछारपछार गरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–६ का २२ वर्षीय यामप्रसाद भट्टराईलाई प्रहरीले पुस २५ गते धुन्चेबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २५ गते बिहान १० बजे आफ्नै कोठामा लगि बलात्कार गरेको भन्दै पीडितकी आमाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा आरोपित भट्टराईविरुद्ध उजुरी दिएको डिएसपी इन्द्र सुवेदीले…