गुणस्तरहीन तथा अखाद्य वस्तुको बिक्री गर्दा उपभोक्ता मर्कामा

कालिका गाउँपालिका-२, कालिकास्थान बजारमा रहेको कालिका दुग्ध उद्योगमा गुणस्तरहीन दुग्धजन्य पदार्थ र यसमा मिसाउने म्याद समाप्त भएको केमिकलजन्य पदार्थ बिक्री गर्दा उपभोक्ता मर्कामा परेको पाइएको छ । धेरै जनगुनासाेपछि गाउँपालिकाका उपाध्यक्ष एवम् बजार अनुगमन समिति संयोजक मिरा तामाङको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर केसी कुँवर, कालिका गाउँपालिका-२ का वडा अध्यक्ष…

February 12, 2024  
स्वास्थ्य चौकीमा औषधिको अभावले सेवाग्राही मर्कामा

आमाछोदिङमो गाउँपालिका-३, गतलाङमा रहेको स्वास्थ्य चौकीमा औषधि उपलब्ध नहुँदा सेवाग्राही मर्कामा परेका छन् । औषधि अभाव भएपछि स्थानीयले आधारभुत सेवा पाउनबाट समेत वञ्चित हुनु परेको छ । स्थानीय निमा तामाङले आफूलाई जीउ दुख्ने, ज्वरो आउने जस्तो स्वास्थ्य समस्या पर्दा समेत त्यहाँको स्वास्थ्य चौकीमा औषधि नभएपछि उपचारको लागि धुन्चे जानु परेको…

February 5, 2024  
अझै प्रयोगमा आउन सकेको छैन भूकम्प पीडितको निर्माण भएका घर

उत्तरगया गाउँपालिका-१, तिरु गाउँमा ०७२ साल वैशाखको विनाशकारी भूकम्पबाट विस्थापितहरूको आवास निर्माण भएपछि प्रयोगमा आउन सकेको छैन । सुरक्षित आवास नपाउँदा नागरिकले विभिन्न स्वास्थ्य लगायत विभिन्न समस्या झेल्दै आएका छन् । उत्तरगया गाउँपालिका-१ को तिरु गाउँमा १ सय ५४ परिवार विस्थापित भएका मध्ये १ सय २५ परिवारले जग्गा प्राप्त गरे…

February 5, 2024  
अझै निर्माण हुन सकेको छैन पैरेको एकीकृत बस्ती

नेपाल सरकारले भूकम्पपछि जोखिम बस्तीमा परेका विस्थापितहरूको एकीकृत बस्तीमा लैजाने भने पनि प्रक्रिया नै सुरु हुन नसक्दा उत्तरगया गाउँपालिकामा अझै सुरक्षित आवास निर्माण हुन सकेको छैन । ०७२ सालको विनाशकारी भूकम्पका कारण विस्थापित भएका १ हजार १ सय ५० परिवार मध्ये अझै १ सय ७४ परिवारको सुरक्षित स्थानमा जग्गा नहुँदा…

December 24, 2023  
समाचारको प्रभावः धुन्चेको पुरातात्विक सभाहल पुननिर्माण सुरु

सदरमुकाम धुन्चेमा रहेको सभाहल ०७२ वैशाखको विनाशकारी भूकम्पका कारण भत्केको सदरमुकाम धुन्चेमा रहेको पुरातात्विक सभाहल पुननिर्माण हुन लागेको छ । जिल्लाकै गहनाको रूपमा रहेको रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६, धुन्चेमा रहेको सभाहल भूकम्पले क्षति पुर्‍याएको आठ वर्षपछि आधुनिक शैलीमा २०८१ असार मसान्तसम्ममा बन्ने भएको छ । जिल्ला समन्वयको समन्वय समितिको पहलमा २…

December 22, 2023  
हाकु स्वास्थ्य चौकी भवन निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

आमाछोदिङमो गाउँपालिका-१, ठूलोहाकुमा निर्माणाधीन स्वास्थ्य संस्थाका भवन निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । २०७२ सालमा आएको भूकम्पले क्षति पुगेको सो स्वास्थ्य संस्थाको भवन निर्माण जिम्मा लिएको कम्पनीले समयमा काम नगर्दा निर्माण कार्य पूरा हुन सकेका छैन । निर्माणको जिम्मा पाएको कम्पनीले काम अलपत्र पार्दा नागरिकलाई…

December 21, 2023  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व रसुवामा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक रसुवा जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधिले सन् २०२३ मा रसुवामा इन्सेकले सङ्कलन गरेका…

December 11, 2023  
मानव अधिकार कार्ययाेजना कार्यान्वयनकाे लागि माग गर्दै ध्यानाकर्षण पत्र

रसुवामा इन्सेकलागयत मानव अधिकारकर्मीहरूले मानव अधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औँ वार्षिकोत्सवको अवसरमा स्थानीय सरकारको संयुक्त रूपमा मानव अधिकार कार्ययोजना कार्यान्वयनकाे माग गर्दै ०८० मङ्सिर २४ गते ध्यानाकर्षण पत्र बुझाएकाे छ । 'सबैका लागि स्वतन्त्रता, समानता र न्याय' भन्ने नाराका साथ ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा…

December 11, 2023  
छुट्टाछुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा कठिनाई

नेपालको संविधानले स्थानीय तहका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरे पनि रसुवामा पाँच ओटै स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष अभावले न्याय सम्पादनमा कठिनाई भएको छ । आमाछोदिङमो गाउँपालिकामा न्यायिक समितिमा उजुरी निकै कम मात्रामा आउने गरेको उपाध्यक्ष चण्डिका तामाङले बताउनु भयो । तामाङ समुदायमा आफन्त जोडिने…

December 3, 2023  
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित गर्नुपर्छः सरोकारवालाहरू

पहिचानका आधारमा नागरिकता दिए र उनीहरूको पक्षमा नीति निर्माण गरेमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित हुने सरोकारवालाहरूले बताएका छन् । समावेशी मञ्च नेपालको आयोजना तथा जिल्ला समन्वय समिति र इन्सेक लगाएत विभिन्न सङ्घ संस्थाको समन्वयमा भएको कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला समन्वय समिति, रसुवाको सभाहलमा…

December 3, 2023