लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र इन्सेक लगाएत विभिन्न सङ्घ संस्थाको समन्वयमा भएको कार्यक्रममा "लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता" भन्ने मूल नाराका…
लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक सडक नाटक प्रस्तुत गरेका छन् । राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले लैङ्गिक विभेद विरुद्ध नाटक प्रदर्शन गरेका…
घरेलु हिंसा न्यूनीकरणसम्बन्धी सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-७ स्थित श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १३ गते घरेलु हिंसा न्यूनीकरणसम्बन्धी सचेतना मुलक सडक नाटक प्रस्तुत गरेका छन् । मनहरी गाउँपालिका-७ स्थित श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले घरेलु हिंसासम्बन्धी…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत राक्सिराङ गाउँपालिकाको उप प्रमुखलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि राक्सिराङ्ग गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले राक्सिराङ गाउँपालिकाको उप प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रम अन्तर्गत २०७९ सालदेखि सक्रिय रूपमा…
प्रभातफेरीको आयोजना गरी महिला हिंसा विरुद्ध १६ दिने अभियान सुरु
"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता" भन्ने मूल नाराका साथ ०८० मङ्सिर ९ गतेबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीका अनुसार लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको पहिलो दिन मङ्सिर ९ गते धादिङबेसीमा प्रभातफेरीको आयोजना गरी सुरुवात गरिएको…
कुटपिट गरी हत्या घटनाका आरोपित गिरफ्तार
मनहरी गाउँपालिका-५, डिल्लिपुरकी ५० वर्षीया सौतनी आमा सन्तमाया चेपाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका २६ वर्षीय इन्द्रबहादुर चेपाङलाई प्रहरीले ०८० मङ्सिर ५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक २७ गते घरायसी विवाद हुँदा कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते हुनुभएकी सन्तमायाको उपचारको लागि…
शिलान्यास भएका अस्पतालहरू समयमै निर्माण हुन नसक्दा सेवाग्राहीलाई सास्ती
बागमती प्रदेशका अधिकांश जिल्लामा ०७७ मङ्सिर १५ गते शिलान्यास भएका अस्पतालहरू समयमै निर्माण हुन नसक्दा सेवाग्राहीलाई सेवा लिन सास्ती भएको छ । दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका जिल्लामा रहेको सबै स्थानीय तहका ३ सय ९५ ओटा अस्पताल मध्ये चार ओटा…
भूकम्पबाट क्षति भएका विद्यालय पुनः निर्माण हुन नसक्दा बालबालिकाहरूको पठनपाठनमा समस्या
नेपालमा ०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएका विद्यालय भवन समयमै पुनः निर्माण हुन नसक्दा बागमती प्रदेशका अधिकांश विद्यालयका बालबालिकाहरूको पठनपाठनमा समस्या भएको छ । सरकारले पुनः निर्माण प्राधिकरणको स्थापना गरी भूकम्पबाट भएको भौतिक संरचनाको पुनः निर्माणमा जनताको निजी आवास निर्माणलाई सघाउन अनुदान उपलब्ध गराउनु, विद्यालय, सरकारी…
महिला हिंसा विरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले श्री प्रजा जाग्रृति माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० कात्तिक २३ गते राक्सिराङ गाउँपालिका-५, चौनपुरमा नाटक प्रदर्शन गरेका छन् । उक्त नाटक प्रदर्शनमा समाजमा देखिएको बालविवाह, दाइजो प्रथा र महिला हिंसा जस्ता विकृतिहरू विरुद्ध बाल अधिकार समूहका बालबालिकाहरूले नाटक प्रस्तुत गरेका…
बागमती प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० कात्तिक १६ गते सन् २०२३ को तेस्रो त्रैमासक (जुलाई देखि सेप्टेम्बरसम्म) को अवधिमा मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । बागमती प्रदेशको अभिलेख अनुसार सन् २०२३ को तेस्रो तीन महिनाको अवधिमा यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा २ सय १८ जना…