बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला
३५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले छतिवन गाविस-३ का ३९ वर्षीय अमरबहादुर घिसिङलाई पाँच वर्षकैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश दयाराम ढकालको पुस २० गते बसेको इजलासले बलात्कार गरेको ठहर गर्दै पाँच वर्षकैद र पीडकबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौँडा उमनपा-९ का ४९ वर्षीय दिनेश पौडेललाई प्रहरीले पुस ७ गते गिरफ्तार गरेको छ । बालिकालाई पटक/पटक आफनै घरमा ल्याएर बलात्कार गरेको आरोपमा आरोपित पौडेललाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाले पुस ३ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएकी थिइन् ।…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
हेटौँडा उमनपा-१७ का ३३ वर्षीय देवराज शाक्य र २८ वर्षीय विमला लामालाई बहुविवाह गरेको आरोपमा प्रहरीले मङ्सिर २८ गते गिरफ्तार गरेको छ । पीडित महिला सुन्तली घलानले मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा दिएको उजुरीका आधारमा आवश्यक अनुसन्धानका लागि आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बामदेव गौतमले बताए…
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई मङ्सिर १५ गते बलात्कार गरेको आरोपमा काठमाडौँ साङला नपा-१ का २६ वर्षीय दिनेश अधिकारीलाई प्रहरीले मङ्सिर २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका अभिभावकले बालिका हराएको उजुरी मङ्सिर १६ गते काठमाडौँ र हेटौँडा जिल्ला प्रहरी कार्यालयमा दिएका थिए । उजुरीका आधारका खोजतलास गर्ने क्रममा आरोपित अधिकारीले…
मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा
इन्सेकद्वारा प्रकाशन गरिने नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सन् २०१६ मा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर २८ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि प्रताप विष्टले सन २०१६ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका सङ्कलित घटनाहरूको प्रतिवेदन प्रस्तुत…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
हाँडीखोला गाविस-९ का २८ वर्षीय कुमार बल र सिन्धुपाल्चोक पान्ताङकी २७ वर्षीया देवमाया श्रेष्ठलाई बहुविवाह गरेको आरोपमा प्रहरीले मङ्सिर २१ गते गिरफ्तार गरेको छ । कुमारकी पत्नी विनामाया वलको उजुरीका आधारमा आरोपितद्वयलाई प्रहरीले हेटौँडास्थित चौकीटोलवाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित महिलाले आरोपितद्वयले मङ्सिर १५ गते अर्को विवाह गरेको…
बेचविखन घटनाका आरोपित गिरफ्तार
२१ वर्षदेखि २६ वर्षउमेरका तीन जना महिलालाई प्रलोभनमा पारेर भारत हुँदै तेस्रो देशमा पठाउन लागेको आरोपमा झापा गरामुनी-७ का राजकिशोर बजगार्इंलाई प्रहरीले मङ्सिर १९ गते हेटौडाबाट गिरफ्तार गरेको छ । हेटौडा उमनपा-१० स्थित बसपार्कबाट तीन जना महिलालाई उद्धार गर्नुको साथै आरोपित बजगाईंलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । तीनै जना…
भूकम्प पीडितहरूको राहत र पुनःस्थापनाका विषयमा सार्वजनिक सुनुवाइ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरको आयोजनामा मङ्सिर १३ गते हेटौँडामा भूकम्प पीडितहरूको राहत तथा पुनःस्थापनाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिविस मकवानपुरका योजना अधिकृत किसान न्यौपानेले ऐलानी जग्गामा बसेका, विदेशमा रहेका पीडितलगायतका कारणले झण्डै ११ हजार लाभग्राहीहरूसँग अनुदानका निम्ति सम्झौता हुन नसकेको बताए । '१९…
घरजग्गाको स्वामित्वविहिन पीडितहरू अनुदानबाट वञ्चित
भूकम्पले घर भत्केकेा छ । उनीहरू १८ महिनादेखि टहरामा बस्दै आएका छन् । भूकम्पपीडितको रातो परिचयपत्र पनि उनीसँग छ । एक धुर पनि आफ्नो नाममा जग्गा नभएकाले भूकम्प प्रतिरोधी भवन निर्माण गर्न सरकारले उपलब्ध गराएको पहिलो किस्ताको अनुदान रकम हाँडीखोला गाविस-७ का धोवे वनकरियाले पाउन सकेका छैनन् । उनी अनुदान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फापरवारी गाविस-१ का १८ वर्षीय मौसम गोलेलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १९ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय फापरवारीमा कात्तिक २० गते पीडित पक्षले उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १९ गते…