मानव अधिकारमैत्री कानुन निर्माणमा जोड

मानव अधिकारमैत्री कानुन निर्माणका लागि प्रदेश सरकारको भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम प्रदेश ३ संसदको प्रदेश मामिला समिति र इन्सेक प्रदेश ३ नम्बर कार्यक्रलयले संयुक्त रूपमा हेटौँडामा सम्पन्न गरिएको हो । कार्यक्रमका सहभागीहरूले नेपालको संविधानको धारा १६ देखि ४६ सम्मका मौलिकहरूमा मानव अधिकार सुनिश्चित गरे पनि…

२०७५ भाद्र १८, सोमबार २०:१८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका–१८ का २५ वर्षीय विक्रम बोगटीलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय हेटौँडामा साउन १० गते उजुरी  दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा साउन…

२०७५ श्रावण १२, शनिबार ११:४८ गते  
मानव वेचबिखन घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै इराक लैजाने लागेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१८ की ४५ वर्षीया ज्ञानु लामा, सिन्धुपाल्चोक जिल्ला फुल्पिङडाडा-५ की ४२ वर्षीय मीरा तामाङ र काठमाडौँ जिल्ला कपन-६ का ३७ वर्षीय रत्न लामालाई साउन ६ गते बेलुका हेटौडा उपमहानगरपालिका-७ कमानेबाट गिरफ्तार गरेको छ । पीडित…

२०७५ श्रावण ८, मंगलवार १५:०८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असार ३२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार ३० गते इलाका प्रहरी कार्यालय फापरवारीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा असार ३२ गते गरिएको छ…

२०७५ श्रावण १, मंगलवार ०९:३६ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

थाहा नगरपालिका-५ की ४३ वर्षीया साहिलीमाया थिङलाई असार ३० गते राति घरमा सुतेको अवस्थामा कुटेर हत्या गरेको आरोपमा प्रहरीले ५२ वर्षीय पति साहिला थिङलाई असार ३१ गते गिरफ्तार गरेको छ । राति घरको ढोका नखोलेको झोकमा पतिले कुटेर पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । मृतकको शव असार ३१ गते…

२०७५ असार ३२, सोमबार ०९:४४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय झड्केलो बावुलाई असार २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १५ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले असार २५ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा असार २६ गते…

२०७५ असार २६, मंगलवार २३:०० गते  
बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका-१० का २१ वर्षीय कान्छा भन्ने राजेन्द्र रूम्बा र २० वर्षीय छिरिङ घिसिङलाई जनालाई जनही १० वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश खडानन्द तिवारीको असार ४ गते बसेको इजलासले कसुरदारबाट जनही ४० हजार रुपियाँ क्षतिपूर्ति भराउनसमेत आदेश गरेको…

२०७५ असार ४, सोमबार २२:२१ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जेठ २३ गते ईन्द्रसरोवार गाउँपालिका–३ का २७ वर्षीय राजकुमार रानालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय पालुङमा जेठ २३ गते उजुरी दिएको थियो । आरोपित राना जिल्ला प्रहरी कार्यालय…

२०७५ जेष्ठ २५, शुक्रबार १४:०३ गते  
भूकम्प गएको तीन वर्षमा ५ हजार ४ सय ८३ घरमात्र पुनर्निर्माण

भूकम्प गएको तीन वर्षबितिसक्दा पनि मकवानपुरमा ५ हजार ४ सय ८३ घरमात्र पुनर्निर्माण भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले जेठ २३ गते हेटौँडामा आयोजना गरेको भूकम्पपीडितहरूको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख सोमराज तिमल्सिनाले जानकारी गराए…

२०७५ जेष्ठ २३, बुधबार २१:१४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ११ वर्षीय बालकलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ५ गते बलात्कार गरेको आरोपमा पीडित  पक्षले इलाका प्रहरी कार्यालय फापरबारीमा जेठ ९ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १५ गते हेटौँडा अस्पतालमा गरिएको छ…

२०७५ जेष्ठ १५, मंगलवार २२:१६ गते