बालश्रमका लागि लैजाँदै गरिएका पाँच जना भारतीय बालकको उद्धार

सल्यान जिल्लामा सडक बनाउने कामका लागि श्रमिकको रूपमा लगिँदै गरेको अवस्थामा पाँच जना भारतीय बालकहरूलाई प्रहरीले वैशाख ९ गते उद्धार गरी जिल्ला बाल कल्याण समिति पर्सा वीरगञ्जको जिम्मा लगाएको छ । सल्यान जिल्लाको सन्तोषी निर्माण सेवा प्रालिका सव–ओभरसियर अमोदकुमार झाले सल्यानमा सडक निर्माण कार्यका लागि भन्दै चैत ९ गते पाँच…

२०७६ बैशाख ११, बुधबार १५:०३ गते  
विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्जसहित दुईजना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर इन्चार्ज मनहरी गाउँपालिका–७ निर्मलबस्तीका वीरबहादुर घलान (ज्वाला) र उनका सहयोगी वीरबहादुर मुक्तानलाई प्रहरीले चैत २८ गते गिरफ्तार गरेको छ । हेटौँडा उपमहानगरपालिका–८ फायरलाइनमा सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका दुवैजनालाई प्रहरीले गिरफ्तार गरेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विक्रम राणाले बताए…

२०७५ चैत्र २९, शुक्रबार १९:२० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थाहा नगरपालिका– ६ का ३८ वर्षीय राजु बस्नेतलाई चैत १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १७ गते डरत्रास देखाई हेटौँडा–१० बसपार्क स्थित एक लजमा पु¥याइ बलात्कार गरी फरार भएको भन्दै पीडित पक्षले आरोपितविरूद्ध चैत १७ गते जिल्ला प्रहरी कार्यालय…

२०७५ चैत्र २०, बुधबार १९:२४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिती भएकी २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका– ११ सिमल्टारका २१ वर्षीय बुद्धलाल मुक्तानलाई फागुन २० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन १८ गते आफ्नो कोठामा लगि बलात्कार गरेर फागुन १९ गते बिहान ३ बजे छोडेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध फागुन १९ गते…

२०७५ फाल्गुन २४, शुक्रबार १३:१४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारा करैयामाई गाउँपालिका–३ करैयाका २३ वर्षीय जितेन्द्र मुखिया विनलाई फागुन २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन २० गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएको थियो । उक्क्त उजुरीको आधारमा आरोपितलाई…

२०७५ फाल्गुन २४, शुक्रबार १३:०७ गते  
विकास र समृद्धिका लागि सरकारले नागरिक समाजसँग सहकार्य गर्न जरूरी

जनताले चाहेको विकास र समृद्धि प्राप्त गर्न तिनै तहका सरकारहरूले नागरिक समाजसँग सहकार्य गर्नु पर्ने प्रदेश ३ प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले बताए । अनौपचारिक क्षेत्र सेवा (इन्सेक) द्वारा फागुन ९ गते मकवानपुरको हेटौँडामा आयोजित ‘नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अवसर र चुनौति’ विषयक कार्यक्रममा सभामुख श्रेष्ठले सो कुरा…

२०७५ फाल्गुन १०, शुक्रबार २२:०३ गते  
मानव अधिकार संरक्षण र सम्वर्द्धनमा वर्ष पुस्तकको महत्वपूर्ण भूमिकाः मुख्यमन्त्री

मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको महत्वपूर्ण भूमिका रहेको प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा फागुन ७ गते प्रदेश ३ को राजधानी, हेटौँडामा नेपाल आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को…

२०७५ फाल्गुन ७, मंगलवार २१:१० गते  
मानव अधिकारमैत्री कानुन निर्माणमा जोड

मानव अधिकारमैत्री कानुन निर्माणका लागि प्रदेश सरकारको भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम प्रदेश ३ संसदको प्रदेश मामिला समिति र इन्सेक प्रदेश ३ नम्बर कार्यक्रलयले संयुक्त रूपमा हेटौँडामा सम्पन्न गरिएको हो । कार्यक्रमका सहभागीहरूले नेपालको संविधानको धारा १६ देखि ४६ सम्मका मौलिकहरूमा मानव अधिकार सुनिश्चित गरे पनि…

२०७५ भाद्र १८, सोमबार २०:१८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका–१८ का २५ वर्षीय विक्रम बोगटीलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय हेटौँडामा साउन १० गते उजुरी  दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा साउन…

२०७५ श्रावण १२, शनिबार ११:४८ गते  
मानव वेचबिखन घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै इराक लैजाने लागेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१८ की ४५ वर्षीया ज्ञानु लामा, सिन्धुपाल्चोक जिल्ला फुल्पिङडाडा-५ की ४२ वर्षीय मीरा तामाङ र काठमाडौँ जिल्ला कपन-६ का ३७ वर्षीय रत्न लामालाई साउन ६ गते बेलुका हेटौडा उपमहानगरपालिका-७ कमानेबाट गिरफ्तार गरेको छ । पीडित…

२०७५ श्रावण ८, मंगलवार १५:०८ गते