एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

हेटौँडा उपमहानगरपालिका–३ की २६ वर्षीया विन्दावासिनी कंसाकारलाई एसिड प्रहार भएको घटनाका आरोपित हेटौँडा उमनपा–२ का २८ वर्षीय सञ्जय मण्डललाई प्रहरीले कात्तिक २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई विवाह प्रस्ताव अस्वीकार गरेको भन्दै कंसाकारलाई एसिड प्रहार गर्ने मुख्य आरोपित दिलिपराज केशरीलाई सहयोग गरेको अभियोग (मतियार)मा प्रहरीले मण्डललाई हेटौँडा उमनपा–४…

२०७६ कार्तिक २५, सोमबार ०५:४५ गते  
सामाजिक अभियन्ताहरूको सक्रियतामा बाल विवाह रोकियो

राक्सिराङ गाउँपालिका–८ चे गाउँमा हुन लागेको बाल विवाह सामाजिक अभियन्ताहरूको सक्रियतामा रोकिएको छ । स्थानीय श्री आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ७ मा अध्ययनरत १७ वर्षीया बालिकासँग कात्तिक २१ गते चेपाङ समुदायको परम्परा अनुसार केटापक्ष विवाहका लागि पोङ राख्न आएको थाहा पाएपछि अभियन्ताहरूको पहलमा विवाह रोकिएको हो । दीगो विकासका लागि…

२०७६ कार्तिक २३, शनिबार ०३:५६ गते  
एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

हेटौँडा उपमहानगरपालिका–३ की २६ वर्षीया विन्दवासिनी कंसाकारलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले भारत महाराजगञ्ज अमरपुर्वन–६ का ३२ वर्षीय राज भनिने दिलिपराज केशरीलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई विवाह प्रस्ताव अस्वीकार गरेको भन्दै आरोपितले ०७० वैशाख ९ गते  एसिड प्रहार गरेका थिए । आरोपितलाई प्रहरीले साढे ६…

२०७६ कार्तिक १८, सोमबार १२:४१ गते  
अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी

थाहा नगरपालिका-५ को कार्यालयमा अज्ञात पक्षले असोज २६ गते राति आगजनी गरेको छ । आरनडाँडामा रहेको वडा कार्यालयमा असोज २६ गते राति करिब १२ बजेतिर आगजनी भएको वडा अध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिए । आगजनी पश्चात् कार्यालयको मिटर बक्स पड्केको आवाज सुनेर गाउँलेले खबर गरेको वडा अध्यक्ष गुरुङले बताए ।…

२०७६ आश्विन २७, सोमबार १४:५७ गते  
सहजकर्ताहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा असोज ५ र ६ गते हेटौँडामा स्थानीय सहजकर्ताहरूका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रम असोज ६ गते सम्पन्न गरिएको छ । इन्सेकले सन् २०१९ देखि २०२१ सम्म सञ्चालन गर्ने परियोजनाको सम्बन्धमा प्रदेश १, २, ३ र गण्डकीका सहजकर्ताहरूका लागि उक्त अभिमुखीकरण कार्यक्रम गरिएको हो…

२०७६ आश्विन ७, मंगलवार १०:४६ गते  
स्थानीय सहजकर्तालाई दुई दिने अभिमूखीकरण कार्यक्रम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कार्यक्रम सञ्चालित जिल्लाहरूमा परियोजना कार्यान्वयनका लागि स्थानीय सहजकर्तालाई दुई दिने अभिमूखीकरण कार्यक्रम मकवानपुरमा सुरू गरिएको छ । इन्सेकले सन् २०१९ देखि २०२१ सम्म सञ्चालन गर्ने परियोजनाको सम्बन्धमा असोज ५ गते मकवानपुरको हेटौँडामा स्थानीय सहजकर्ताका लागि अभिमूखीकरण सुरू गरिएको हो । कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका…

२०७६ आश्विन ५, आईतवार २०:२७ गते  
नागरिक चासोका मुद्दामा सञ्चारकर्मी र नागरिक समाज एक हुनुपर्नेमा जोेड

आम नागरिकको चासोको मुद्दामा नागरिक समाज र सञ्चारकर्मीहरू एक हुनुपर्नेमा हेटौँडामा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक नेपालको आयोजनामा असोज ४ गते हेटौँडामा आयोजित ‘विकासका लागि नागरिक समाज तथा सञ्चारजगत बीचको सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नागरिकको अधिकारका सवालमा नागरिक समाज र सञ्चारकर्मीहरूले छुट्टाछुट्टै आवाज उठाउँदै आएकाले…

२०७६ आश्विन ५, आईतवार १५:५९ गते  
प्रदेश ३ मा २ हजार १० जनालाई डेङ्गुको सङ्क्रमण

प्रदेश ३ मा डेङ्गुको प्रकोप बढ्दै गएको भन्दै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेश सभाको बैठकमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् । नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घले र नेकपाकी सांसद कञ्चन खनालको समर्थनमा भदौ २४ गते पेश गरिएको प्रस्तावमाथि २० जना प्रदेश सभा…

२०७६ भाद्र २५, बुधबार ०९:४१ गते  
भाइरलका बिरामीको बृद्धिका कारण अस्पतालको एउटा बेडमा दुई जना बिरामीको उपचार

डेंगु, स्क्रबटाइफस, मलेरिया र भाइरल ज्वरोका कारण हेटौँडा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । अस्पतालमा बिरामीको चाप बढेपछि एउटै बेडमा दुई जनासम्म बिरामी राखेर उपचार गर्दै आएको अस्पतालले जनाएको छ ।   मकवानपुरगढी गाउँपालिका–३ निवासी ६५ वर्षीया बाटुली सञ्जेललाई निमोनियाको समस्या देखिएपछि हेटौँडा अस्पतालका चिकित्सक कमल दवाडीले भर्ना हुन सिफारिस…

२०७६ भाद्र २२, आईतवार ०६:०० गते  
बलात्कार गरेको कसुरमा १३ वर्ष कैदको फैसला

१२ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै भदौ १३ गते जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ का ३३ वर्षीया झड्केलो बाबुलाई १३ वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले नाबालिकालाई बलात्कार गरेकोमा १२ वर्ष र हाडनातामा बलात्कार गरेकोमा थप १ वर्ष गरी १३ वर्ष कैदको फैसला गरेको अदालतका…

२०७६ भाद्र १५, आईतवार १७:३१ गते