भीमफेदी कारागारमा झडप हुँदा ६ जना घाइते
क्षेत्रीय कारागार भीमफेदी 'ख' ब्लकका बन्दीहरूबिच पुस १३ गते झडप भएको छ । झडपमा परी ६ जना बन्दी घाइते भएका छन् । घाइतेहरूको उपचार हेटौँडास्थित अस्पतालमा भइरहेको छ । घाइतेमध्ये दिव्य श्रेष्ठको अवस्था गम्भीर रहेको छ । उनको उपचार चुरेहिल अस्पतालमा भइरहेको छ । अन्य पाँच जनाको उपचार हेटौँडा अस्पतालमा…
भूकम्पपीडितको राहत तथा पुनर्निमाण विषयक सार्वजनिक सुनुवाइ सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले पुस ६ गते हेटौँडामा भूकम्पपीडितहरूको राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका जिल्ला आयोजना कार्यान्वयन इकाई र भूकम्पीय आवास कार्यक्रमका सामाजिक विकास विशेषज्ञ इञ्जिनियर अञ्जय कँडेलले पुनर्निर्माण प्राधिकरणको तर्फबाट ५ सय ६६ भूकम्पपीडित र गैरसरकारी…
बलात्कार गरेको ठहर गर्दै ११ वर्षकैदको फैसला
अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका-१८ का ३८ वर्षीय प्रदिप भनिने भक्तबहादुर पोखरेललाई ११ वर्षकैद गर्ने फैसला गरेको छ । साथै पीडकबाट पीडित बालिकालाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउने अदालतले आदेश समेत गरेको छ । मङ्सिर ७ गते बसेको न्यायाधीश स्वीकृती पराजुलीको…
यौन दुर्व्यवहार गरेको ठहरमा १० वर्षकैद
चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौँडा उमनपा-१२ का ५४ वर्षीय सानोकान्छा दाहाललाई १० वर्षकैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश स्वीकृती पराजुलीको इजलाशले मङ्सिर १ गते उक्त फैसला सुनाएको हो । फैसलामा पीडितलाई २५ हजार रुपियाँ पीडक दाहालबाट क्षतिपुर्ति भराउन भनिएको छ । पीडित…
बलात्कार गरेको ठहरमा सात वर्षकैदको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बकैया गाउँपालिका-७ का ३६ वर्षीय लालबहादुर थिङलाई सात वर्षकैद गर्ने फैसला गरेको छ । साथै जिल्ला अदालतबाट पीडितलाई २ लाख रुपियाँ पीडकबाट क्षतिपूर्ति भराउने आदेश भएको छ । न्यायाधीश स्वीकृती पराजुलीको कात्तिक २६ गते बसेको इजलाशले यस्तो आदेश गरेको हो…
बलात्कार घटनाका फरार दुईजना आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई ०७४ भदौ ६ गते बलात्कार गरेर फरार रहेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१५ का २३ वर्षीय कृष्ण वाईवा र हेटौँडा उपमहानगरपालिका-८ का २४ वर्षीय अशोक बिकलाई कात्तिक २४ गते गिरफ्तार गरेको छ । पीडित पक्षले भदौ ८ गते नै जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएको थियो । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धादिङ जिल्ला सिद्धलेख गाउँपालिका-१ नलाङ घर भई हाल मकवानपुरको मनहरी गाउँपालिका-६ बस्दै आएका ३२ वर्षीय राते भनिने विष्णु बिकलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १४ गते बलात्कार गरेको र घटना बाहिर ल्याए ज्यान मार्ने धम्कीसमेत दिएको पीडित…
बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बारा महागढीमाई नगरपालिका-१ का १९ वर्षीय तमरेज आलमलाई ६ वर्षकैद गर्ने फैसला गरेको छ । अदालतले भदौ २७ गते गरेको आदेशमा ६ वर्षकैदसँगै आलमबाट पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति भराउनुपर्ने उल्लेख छ । पीडित बालिकालाई आलमले गत असार ६ गते…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-९ का २९ वर्षीय श्रीराम कार्कीलाई भदौ २३ गते गिरफ्तार गरेको छ । बालिकालाई भदौ ३ गते बलात्कार गरेर फरार भएका आरोपित कार्कीलाई प्रहरीले हेटौडा उपमहानगरपालिका-८ बाट गिरफ्तार गरेको हो । पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले…
९ हजार भन्दा बढी भूकम्पपीडितले पहिलो किस्ता पाएनन्
मकवानपुर जिल्लाका करिब ९ हजार भूकम्पपीडितहरूले हालसम्म पहिलो किस्ता पाएका छैनन् । उनीहरूसँग अनुदान सम्झौता पनि हुन सकेको छैन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरद्वारा भदौ १२ गते हेटौँडामा आयोजित 'भूकम्प पीडितहरूको पुनर्स्थापना विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मकवानपुरका प्रमुख पुष्पराज अधिकारीले मकवानपुरमा रहेका ३१ हजार ८…