अपहरणमा परेका मगरको आठ घण्टापछि उद्दार
अपहरणमा परेका रामेछापका २१ वर्षीय नरेश थापा मगरलाई आठ घण्टापछि मकवानपुर प्रहरीले पुस २ गते सकुशल उद्दार गरेको छ । पीडित मगरलाई पुस २ गते बिहान पौने ३ बजे चार जनाको समूहले हटौँडा उमनपा–४ फरेष्ट्रि क्याम्पस गेट अगाडिबाट अपहरण गरेको थियो । अम्लेखगञ्जबाट काठमाडौँ जान लागेको बा २ ज ५९५…
मनहरीमा मानव अधिकार समूह गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय हेटौँडाद्वारा सञ्चालित स्थानीय समुदयलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा मानव अधिकार समूह गठन गरिएको छ । गाउँपालिका उपाध्यक्ष मलिना विष्टको उपस्थितिमा समूह गठन गरिएको हो । स्थानीय स्तरमा जोखिममा परेका समुदाय महिला, बालबालिका, दलित, अल्पसङख्यलगायत पछाडि…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राक्सिराङ गाउँपालिकाका २३ वर्षीय सविन दोङलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ । राक्सिराङ गाउँपालिका–३ आल्कोट घर भइ हाल मनहरी गाउँपालिका–७ मा बस्दै आएका आरोपित दोङ्लाई बालिका बलात्कारको आरोपमा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय मनहरीका इन्स्पेक्टर श्रीशङ्कर श्रेष्ठले बताउनुभयोे । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता भएकी ४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका–११ का ४५ वर्षीय जयबहादुर मोक्तानलाई मङ्सिर २६ गते साँझ गिरफ्तार गरेको छ । बोल्न नसक्ने पीडित महिलालाई आरोपितले मङ्सिर २६ गते दिउँसो घर नजिकै आँप घारीमा लगेर बलात्कार गरेको भनी पीडित पक्षले दिएको उजुरीको आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको…
महिला र बलबालिकाको मानव अधिकार हनन् बढ्यो
देशमा महिला र बालबालिकाको अधिकार हनन् बढिरहेको मानव अधिकारको क्षेत्रमा कृयाशील सरोकारवालाहरुले बताएका छन् । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने क्रममा मङ्सिर २४ गते हेटौँडामा सरोकारवालाहरूले यस्तो बताएका हुन् । कार्यक्रममा इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमले मानव अधिकारको घोषणा पत्रमा समावेश भएका सवालहरु नि:शर्त लागुहुनुपर्ने बताउनुभयो…
सामाजिक सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध छ ः मन्त्री ढुङ्गेल
प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले नागरिकको हरेक अधिकार तथा नागरिकको सामाजिक सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नागरिकका सामाजिक सुरक्षा प्रदान गर्ने काममा सबैले कर्तव्यबोध गरे संविधान र राज्यले दिएको अधिकार नागरिकले सहज पाउने मन्त्री ढुङ्गेलले बताउनुभयो । ‘नेपालको संविधान लोकतान्त्रिक र…
नेपाल मानव विकास सुचाङ्कको १ सय ४७ औँ स्थानमा
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपाल विश्व मानव विकासको सूचाङ्कमा १ सय ४७ औँ स्थानमा रहेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले प्रदेश ३ को राजधानी हेटौँडामा मङ्सिर २४ गते सार्वजनिक गरेको मानव विकास प्रतिवेदन–२०१९ अनुसार १ सय ८९ देश र क्षेत्रमध्ये नेपाल…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुरको बाग्मती गाउँपालिका ६ का मुन्ना स्याङ्तानलाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत असार ३ गते यौन दुर्व्यवहार गरी भागेको भन्दै आरोपितविरूद्ध पीडित बालिकाका आफन्तले साउन १३ गते प्रहरीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा…
प्रतिबन्धित नेकपाका सिन्धुली सेक्रेटरी मकवानपुरबाट गिरफ्तार
नेत्र विक्रम चन्द (विप्लव) समूहका सिन्धुली सेक्रेटरी कपिल वाईवालाई मकवानपुर प्रहरीले मङ्सिर २१ गते हेटौँडामा गिरफ्तार गरेको छ । विप्लव समूहका सिन्धुली जिल्ला सेक्रेटरी ३४ वर्षीय शेरबहादुर भन्ने कपिल वाईवालाई मकवानपुर प्रहरीले हेटौँडा उमनपा–८ फायरलाइनबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । तर, मकवानपुर प्रहरी प्रमुख मुकेशकुमार सिंहले भने यसबारे कुनै…
लैङ्गिकमैत्री समाज बनाउन पुरुषको साथ अनिवार्य
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान जारी छ । अन्तर्राष्ट्रियस्तरमै नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरूद्धको दिवस मनाउने गरिन्छ । यस अवधिमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै विद्यमान समस्याका बारेमा चर्चा गरी आगामी दिनमा आत्मसात गर्नुपर्ने रणनीतिका बारेमा सरोकारवालाले छलफल गर्ने अवसरको रूपमा सदुपयोग गर्दै आएका छन्…