बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका–११ का ४५ वर्षीय जयबहादुर मोक्तानलाई मङ्सिर २६ गते साँझ गिरफ्तार गरेको छ । बोल्न नसक्ने पीडित महिलालाई आरोपितले मङ्सिर २६ गते दिउँसो घर नजिकै आँप घारीमा लगेर बलात्कार गरेको भनी पीडित पक्षले दिएको उजुरीको आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको…

२०७६ मंसिर २७, शुक्रबार २२:१५ गते  
महिला र बलबालिकाको मानव अधिकार हनन् बढ्यो

देशमा महिला र बालबालिकाको अधिकार  हनन् बढिरहेको मानव अधिकारको क्षेत्रमा कृयाशील सरोकारवालाहरुले बताएका छन्  । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने क्रममा मङ्सिर २४ गते हेटौँडामा सरोकारवालाहरूले यस्तो  बताएका हुन् । कार्यक्रममा इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमले मानव अधिकारको घोषणा पत्रमा समावेश भएका सवालहरु नि:शर्त लागुहुनुपर्ने बताउनुभयो…

२०७६ मंसिर २४, मंगलवार २१:०० गते  
सामाजिक सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध छ ः मन्त्री ढुङ्गेल

प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले नागरिकको हरेक अधिकार तथा नागरिकको सामाजिक सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नागरिकका सामाजिक सुरक्षा प्रदान गर्ने काममा सबैले कर्तव्यबोध गरे संविधान र राज्यले दिएको अधिकार नागरिकले सहज पाउने मन्त्री ढुङ्गेलले बताउनुभयो । ‘नेपालको संविधान लोकतान्त्रिक र…

२०७६ मंसिर २४, मंगलवार २०:५१ गते  
नेपाल मानव विकास सुचाङ्कको १ सय ४७ औँ स्थानमा

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपाल विश्व मानव विकासको सूचाङ्कमा १ सय ४७ औँ स्थानमा रहेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले प्रदेश ३ को राजधानी हेटौँडामा मङ्सिर २४ गते सार्वजनिक गरेको मानव विकास प्रतिवेदन–२०१९ अनुसार १ सय ८९ देश र क्षेत्रमध्ये नेपाल…

२०७६ मंसिर २३, सोमबार १५:५६ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुरको बाग्मती गाउँपालिका ६ का मुन्ना स्याङ्तानलाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत असार ३ गते यौन दुर्व्यवहार गरी भागेको भन्दै आरोपितविरूद्ध पीडित बालिकाका आफन्तले साउन १३ गते प्रहरीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा…

२०७६ मंसिर २३, सोमबार १५:४५ गते  
प्रतिबन्धित नेकपाका सिन्धुली सेक्रेटरी मकवानपुरबाट गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) समूहका सिन्धुली सेक्रेटरी कपिल वाईवालाई मकवानपुर प्रहरीले मङ्सिर २१ गते हेटौँडामा गिरफ्तार गरेको छ । विप्लव समूहका सिन्धुली जिल्ला सेक्रेटरी ३४ वर्षीय शेरबहादुर भन्ने कपिल वाईवालाई मकवानपुर प्रहरीले हेटौँडा उमनपा–८ फायरलाइनबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । तर, मकवानपुर प्रहरी प्रमुख मुकेशकुमार सिंहले भने यसबारे कुनै…

२०७६ मंसिर २२, आईतवार २०:०५ गते  
लैङ्गिकमैत्री समाज बनाउन पुरुषको साथ अनिवार्य

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान जारी छ । अन्तर्राष्ट्रियस्तरमै नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरूद्धको दिवस मनाउने गरिन्छ । यस अवधिमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै विद्यमान समस्याका बारेमा चर्चा गरी आगामी दिनमा आत्मसात गर्नुपर्ने रणनीतिका बारेमा सरोकारवालाले छलफल गर्ने अवसरको रूपमा सदुपयोग गर्दै आएका छन्…

२०७६ मंसिर २०, शुक्रबार १७:३९ गते  
कठ्याङ्ग्रिँदो जाडोमा टहरामा पढ्न बाध्य

हिउँदसँगै जाडोको मात्रा बढिरहेको छ । संविधानले मौलिक हककै रूपमा व्यवस्था गरेको शिक्षाको हक उपभोग गरिरहेका चखेलका विद्यार्थीहरू भने जाडोको परवाह नगरी जस्ताले बारबेर पारेको टहारामा पढ्न बाध्य छन् । ०७२ सालमा भूकम्पका कारण विद्यालय भवन क्षतिग्रस्त भएपछि जस्ताको छानोबाट कोठाभित्रै शीत चुहिने जाडो महिना होस् या हपहप हुने गर्मी…

२०७६ मंसिर १९, बिहीबार ०५:५७ गते  
बेपत्ताको खोजीका लागि स्थानीय तहसँग समन्वय गर्न आयोगलाई सुझाव

नेपालको १० वर्षे द्वन्द्वको क्रममा बलपुर्वक बेपत्ता पारिएका मकवानपुरका २५ जनाको हालसम्म पनि पत्ता लाग्न नसकेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जनाएको छ । जिल्ला अदालत मकवानपुरमा मङ्सिर १६ गते आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बेपत्ता पारिएको दुई दशकभन्दा धेरै भइसक्दा पनि उनीहरूको पत्ता लाग्न नसकेको आयोगले जनाएको हो ।…

२०७६ मंसिर १८, बुधबार १५:१३ गते  
नीति नियमको कार्यान्वयन गरे मानव अधिकार सुनिश्चित हुन्छः सभामुख श्रेष्ठ

प्रदेश–३ का सभामुख सानुकुमार श्रेष्ठले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको दावी गर्दै यसको कार्यान्वयन र बनेका नियम कानुनको परिपालनाबाट मात्र मुलुकले समृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ । संविधानको पूर्ण पालनाबाट मात्र मुलुकमा नागरिक तथा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त हुने उहाँको भनाइ थियो । अनौपचारिक क्षेत्र…

२०७६ मंसिर १४, शनिबार ०६:३६ गते