बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय एक बालकलाई प्रहरीले कात्तिक ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई कात्तिक ६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा कात्तिक ७ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ८ गते…
बलात्कार गरेको ठहर गर्दै ११ वर्षकैदको फैसला
अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै भैंसे गाविस-२ का ६३ वर्षीय अर्जुन भनिने भक्तबहादुर रानामगरलाई जिल्ला अदालत मकवानपुरले ११ वर्षकैद गर्ने फैसला सुनाएको छ । अदालतले पीडित बालिकालाई पीडकबाट २ लाख रुपियाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । न्यायाधीश कृष्णराम कोइरालाको असोज १२ गते बसेको इजलासले…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
हेटौँडा उमनपा-१० की अम्बिका विष्टको उजुरीका आधारमा ३८ वर्षीय पति रामकुमार क्षेत्री र हेटौँडा उमनपा-४ की ३५ वर्षीया आशा श्रेष्ठलाई प्रहरीले असोज ११ गते गिरफ्तार गरेको छ । पीडित महिलाले असोज ३ गते जिल्ला प्रहरी कार्यालय हेटौडामा पति रामकुमारले आशासँग बहुविवाह गरेको आरोपमा उजुरी गरेपछि अनुसन्धानका लागि उनीहरूलाई गिरफ्तार गरिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छतिवन गाविस–३ का ३९ वर्षीय अमरबहादुर घिसिङलाई भदौ २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय हेटौंडामा भदौ २८ गते उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २९ गते…
भवन अपाङ्गमैत्री नभएकाले अपाङ्गता भएकाको जेल जीवन कष्टकर
क्षेत्रीय कारागार भीमफेदी, मकवानपुर अपाङ्गमैत्री नभएकाले अपाङ्गता भएका बन्दी विवेक खड्काले कष्टकर जेल जीवन बिताइरहेका छन् । हिँड्न नसक्ने भएकाले उनी शौचालयमा समेत जान सक्तैनन् । आफ्नो कोठामा सुत्ने बन्दी साथीलाई अनुनय विनय गरेर मात्रै शौचालय जाने गरेको उनले बताए । लागु औषधको कारोवारमा जेल परेका हेटौँडा हटियाका खड्का तीन…
भूकम्पका कारण ३ हजार ३ सय ८२ जना बालबालिका उच्च जोखिममा
भूकम्पका कारण मकवानपुरका १८ वर्षमुनिका ३ हजार ३ सय ८२ जना बालबालिका जोखिममा रहेको युनिसेफ र बालकल्याण समाज मकवानपुरले गरेको एक अध्ययनले देखाएको छ । संरक्षणको दृष्टिकोणले जिल्लाका १ हजार ६ सय बालक र १ हजार ७ सय ८२ बालिका जोखिममा रहेका छन् । 'जोखिममा रहेका बालबालिका कुनै पनि बेला…
बलात्कार गरेको ठहरमा पाँच वर्षकैदको फैसला
अपाङ्गता भएकी २५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौंडा उमनपा-८ का ३७ वर्षीय गणेश दवाडीलाई पाँच वर्षकैदको फैसला गरेको छ । उक्त फैसलामा पीडकवाट पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउन पनि भनिएको छ । न्यायाधीश दयाराम ढकालको भदौ १५ गते बसेको इजलासले उक्त फैसला गरेको अदालतले…
असोजको पहिलो सातासम्म भूकम्पपीडितलाई पहिलो किस्ता उपलब्ध गराइने
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले हेटौंडामा भदौ १३ गते 'भूकम्पपीडितहरूको अवस्था र पुनःनिर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिविस मकवानपुरका योजना अधिकृत किसान न्यौपानेले असोजका पहिलो सातासम्म सबै भूकम्पपीडितरूलाई पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भदौको २२ गतेसम्म लाभग्राहीहरूसँग अनुदान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीय बालिकालाई बलात्कार गरी गर्भधारण गराएको आरोपमा रौतहट जिल्ला बगई गाविस-३ घर भई हेटौँडा उपमहानगरपालिका-४ मा बस्दै आएका २३ वर्षीय धीरज ठाकुरलाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई गत वैशाख ५ गते ठाकुरले बलात्कार गरेको आरोप छ । पीडितका अभिभावकले ०७३ भदौ ३ गते जिल्ला अस्पताल…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
छतिवन गाविस-४ का २४ वर्षीय सरगम राई र हेटौंडा उमनपा-२१ की २० वर्षीया सविना राईलाई बहुविवाह गरेको आरोपमा प्रहरीले साउन ३० गते गिरफ्तार गरेको छ । आरोपित सरगम र सविनाले साउन २२ गते विवाह गरेको आरोपमा सरगमकी पत्नी रीता महर्जनले साउन २९ गते छतिवन प्रहरी चौकीमा उजुरी दिएकी थिइन् ।…