समाचार प्रकाशन गरेको विषयलाई लिएर पत्रकारमाथि कुटपिट

बागमती एक्सप्रेस साप्ताहिकका प्रकाशक रमेश बञ्जरा (इन्द्र) र सोही पत्रिकाका स्तम्भकार रामकुमार रिजाल (एलन) माथि ०७९ मङ्सिर १८ गते राती कुटपिट भएको छ । समाचार प्रकाशनको विषयलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताको समूहले हेटौँडा उपमहानगरपालिका-२ स्थित पल्पसा रोडमा रहेको पल्पसा होटलमा पत्रकारद्वयमाथि कुटपिट भएको हो । चुनावको समयमा नेपाली कांग्रेसभित्र भएको…

December 6, 2022  
सुकुम्बासी बस्तीका घरटहरा भत्काउने क्रममा झडप

काठमाडौँ महानगरपालिका ११ स्थित थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउने क्रममा महनगरका सुरक्षाकर्मी र स्थानीयबीच ०७९ मङ्सिर १२ गते अपराह्न झडप भएको छ । सो झडपमा नगर प्रहरी प्रमुख राजु पाण्डे शर्मिला बोगटीलगायत १४ जना घाइते भएका छन् । झडपमा टाउकोमा गम्भीर चोट लागेका तीन जनाको थापाथलीकै नर्भिक अस्पतालमा उपचार भइरहेको…

November 29, 2022  
विद्यालय स्तरिय बाल अधिकार समूह गठन सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) आयोजनामा ०७९ मङ्सिर ११ गते मनहरी गाउँपलिका-४ स्थित पशुपति माध्यामिक विद्यालयमा १३ जना सदस्य रहेको बाल अधिकार समूह गठन सम्पन्न भएको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले मानव अधिकार शिक्षा मार्फत् बाल अधिकारको संरक्षण र प्रवर्धनको लागि बाल चेतना समूह गठन गरिएको बताउनु…

November 28, 2022  
जेष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

थाहा नगरपालिका–१२ गैरीगाउँका ८९ वर्षीय आईत सिङ स्याङ्तानको हत्या गरके आरोपमा सोही स्थानका ३५ वर्षका टाईसन गोलेलाई प्रहरीले ०७९ मङ्सिर ८ गते गिरफ्तार गरेको छ । समान्य घरायसी विबादको क्रममा गोलेले मङ्सिर ८ गते कोदालोको बिडले टाउकोमा प्रहार गर्दा घाइते भएका स्याङ्तानको उपचारका क्रममा सोही दिन मृत्यु भएको इलाका प्रहरी…

November 26, 2022  
विद्यालय स्तरिय बाल अधिकार समूह गठन सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) आयोजनामा ०७९ मङ्सिर ९ गते एक कार्यक्रक्रमको आयोजना गरी मनहरी गाउँपलिकाको रष्ट्रिय रोटरी माध्यामिक विद्यालयमा १५ जना सदस्य रहेको बाल अधिकार समूह गठन सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गाविन्द पौडेलले मानव अधिकार सबैको साझा अधिकार भएको र यसमा बालबालिकालाई प्राथमिकतामा राखेर बाल अधिकारसम्बन्धी…

November 25, 2022  
इन्सेकद्वारा मकवानपुर र चितवनका मतदान केन्द्रमा पर्यवेक्षण तथा अनुगमन

मङ्सिर ४ गते भएको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा इन्सेक बागमती प्रदेश कार्यालयले मकवानपुर र चितवन जिल्लाका मतदान केन्द्रहरूमा भएको मतदान कार्यको पर्यवेक्षण तथा अनुगमन गरेको छ । इन्सेक बागमती प्रदेश प्रमुख गणेश भण्डारी, जिल्ला प्रतिनिधि पुष्पराज अधिकारी र पर्यवेक्षक विनोद ढकालको टोलिले मकवानपुर र चितवनका जम्मा सात ओटा मतदान स्थलका…

November 20, 2022  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सात जना गिरफ्तार

निर्वाचन विरोधि गतिविधि गरेको भन्दै हेटौँडाबाट नेकपा बहुमत पार्टीका सात जनालाई प्रहरीले मङ्सिर ४ गते हेटौँडाको बसपार्कबाट गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरूमा बहुमत पार्टीका जिल्ला ईन्चार्ज रवी खड्का सहित जिल्ला संयोजक शक्ति मगर, जिल्ला सचिवालय सदस्य लिला माझी, जिल्ला सदस्यहरू अजय गहतराज, विकास लामा, अनिल सिङ्तान र जिल्ला युवा…

November 20, 2022  
इन्सेकद्वारा मकवानपुरका मतदान स्थलको अनुगमन

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा इन्सेक बागमती प्रदेश कार्यालयको नेतृत्वमा जिल्ला प्रतिनिधि तथा इन्सेकबाट खटिएका पर्यवेक्षकको टोलिले मकवानपुर जिल्लाको मतदान केन्द्रहरूको अनुगमन तथा निरीक्षण गरेको छ । इन्सेक बागमती प्रदेश प्रमुख गणेश भण्डारी, प्रलेख अधिकृत सोम नेपाली, जिल्ला प्रतिनिधि पुष्पराज अधिकारी र पर्यवेक्षक…

November 19, 2022  
प्रदेश सभाका उम्मेदवार चढेको गाडी तोडफोड

प्रतिनिधि सभा निर्वाचन २ नम्बर  क्षेत्रको प्रदेश सभा (ख) का सत्ता गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँ चढेको गाडीमा तोडफोड भएको छ । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले उम्मेदवार बानियाँ चढेको गाडीमा हेटौँडा उपमहानगरपालिका–१९ दालिमटार नजिक पूर्वपश्चिम राजमार्गमा तोडफोड गरेको हो । घटनापछि नेकपा मकवानपुरले विज्ञप्ति जारी गरेर बानियाँमाथि कारबाही गरेको दावी गरेको…

November 18, 2022  
निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेश कार्यालय हेटौँडाले मकवानपुर जिल्लाको पर्यवेक्षकहरूका लागि अभिमुखिकरण कार्यक्रम मङ्सिर १ गते हेटौँडामा सम्पन्न गरेको छ ।  इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडाले मकवानपुर जिल्लामा खटिने १२ जना निर्वाचन पर्यवेक्षकलाई पर्यवेक्षण कार्यमा खटिनु पूर्व आचार संहिता बारे जानकार गराइएको हो ।  इन्सेक बागमती प्रदेश संयोजक…

November 18, 2022