मनहरी गाउँपालिकामा जारी मतगणना अर्को सूचना नभएसम्म स्थगित

मनहरी गाउँपालिकामा जारी मतगणना कार्य अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । गाउँपालिकाको वडा नम्बर ९ को मतपेटीकालाई कपडाले नबेरेको विषयलाई लिएर ०७९ जेठ ४ गते बिहान ७ बजे विवद भएपछि निर्वाचित अधिकृतको कार्यालय मनहरीले अर्को सूचना जारी नभएसम्मको लागि गणना कार्य स्थगित गरेको हो । मतपेटीका कपडाले नछोपिएको…

May 18, 2022  
बागमती प्रदेशको स्थानीय निर्वाचन २०७९ मा ६५ प्रतिशत भन्दा बढी मतदान (फोटो फिचरसहित)

स्थानीय तह निर्वाचन ०७९ को मतदानका कार्यक्रम वैशाख ३० गते साँझ ५.०० बजेसम्पन्न भएको छ । बागमती प्रदेशका केही मतदानस्थलमा सामान्य घटना भए पनि सबै जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको निर्वाचन कार्यालय बागमती प्रदेशका प्रमुख लुम्बनाथ अधिकारीले बताउनु भएको छ । उहाँले बागमती प्रदेशका ४ हजार ९५ ओटा मतदान…

May 13, 2022  
बागमती प्रदेशको स्थानीय निर्वाचन २०७९ को मतदान पूर्वको अनुगमन

स्थानीय तह निर्वाचन ०७९ को मतदानका दिन वैशाख ३० गते आउन एक दिन बाँकी रहेसँगै निर्वाचनका लागि सम्पूर्ण तयारी समाप्त भएको निर्वाचन कार्यालय बागमती प्रदेशका प्रमुख लुम्बनाथ अधिकारीले बताउनु भएको छ । बागमती प्रदेशका ४ हजार ९५ ओटा मतदान केन्द्रमै सम्पूर्ण मतदान सामाग्री र कर्मचारी पुगिसकेको उहाँले जानकारी दिनु भयो…

May 12, 2022  
इन्सेक र मानव अधिकार आयोगका प्रतिनिधिद्वारा मतदानस्थलको निरीक्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि र राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयबाट स्थानीय तह सदस्य निर्वाचन अनुगमनका लागि खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका अन्तर्गतका पाँच ओटा मतदान स्थलको अनुगमन तथा पर्यवेक्षण गरेको छ । इन्सेकका जिल्ला प्रतिनिधि तथा निर्वाचन पर्यवेक्षक पुष्पराज अधिकारी, मानव अधिकार अधिकृत जागेश्वर चापागाईँ र लोकनाथ…

May 12, 2022  
कांग्रेस–माओवादी कार्यकर्ताबीच भएको झडपमा दुई जना घाइते

बकैया गाउँपालिकामा स्थानीय निर्वाचनको प्रचारप्रसारको विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन भित्रै विवाद हुँदा झडप हुँदा दुई जना घाइते भएका छन् । झडपमा बकैया गाउँपालिका गाउँपालिका–७ कत्लेखोला निवासी माओवादी कार्यकर्ताा विष्णु राई र राप्रपा कार्यकर्ता हरि राई घाइते भएका हुछन् । नेपाली कांग्रेस निकट रामबहादुर राईले २०–२५ जना…

May 12, 2022  
बागमती प्रदेशको स्थानीय निर्वाचन २०७९ को मतदान पूर्वको अनुगमन

स्थानीय तह निर्वाचन ०७९ को मतदानका दिन वैशाख ३० गते आउन दुई दिन बाँकी रहेसँगै मौन अवधि सुरू भएको छ । निर्वाचन हुनुभन्दा दुई दिन अघिबाट मौन अवधि सुरू हुने कानुनी व्यवस्था अनुरूप ०७९ वैशाख २७ गते मध्यरातीबाट मौन अवधि सुरू भएको हो । यस पटकको स्थानीय निर्वाचनमा राजनीतिक दलबीच…

May 11, 2022  
बागमती प्रदेशको मौन अवधि पूर्वको पर्यवेक्षण विश्लेषण

नेपालमा संविधानसभाबाट नेपालको संविधान घोषण भएपछि नेपाल सात प्रदेशसहितको सङ्घीय संरचनामा प्रवेश गरेपछिको स्थानीय दोस्रो तहको निर्वाचन वैशाख ३० गते हुँदैछ । नेपालको संविधान २०७२ कार्यान्वयनका लागि २०७४ वैशाख ३१ गतेबाट तीन चरणमा स्थानीय तहको निर्वाच्न भएर सङघीयताको अभ्यास भइसकेको छ । स्थानीय तहको पाँच वर्से कार्याकाल २०७९ जेठ ६…

May 10, 2022  
निर्वाचन सामाग्री बुझेर मतदान केन्द्र खटिए कर्मचारी

स्थानीय तहको वैंशाख ३० गते हुने निर्वाचनका लागि आवस्यक निर्वाचन सामाग्री बुझेर कर्मचारी तोकिएको मतदान केन्द्रमा खटिएका छन् । कर्मचारीहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नियुक्तपत्र बुझ्ने र निर्वाचन कार्यालयमा मतपेटीका, मतपत्र लगायतका सामाग्री बुझिरहेका छन् । जिल्लाका ३ सय ६५ मतदान केन्द्रमा वैशाख २७ गतेभित्र खटिनु पर्ने भएकाले पनि कर्मचारीहरूलाई…

May 9, 2022  
मकवानपुरमा आचारसंहिता उल्लङ्घनका ३३ ओटा उजुरी

स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनमा जिल्लामा आचारसंहिता उल्लङ्घनका घटना बढिरहेका छन् । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल चुनावी अभियानमा छन् भने उनीहरूको प्रचार प्रसारको क्रममा आचारसंहिता उल्लङ्घनका घटना पनि बढिरहेका हुन् । आचारसंहिता उल्लङ्घन गर्नेमा दलका नेता, सरकारी कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी र सरकारी सेवा उपभोग गर्ने व्यक्तिदेखि…

May 9, 2022  
बागमती प्रदेशमा स्थानीय तह निर्वाचनका लागि मनोनय दर्ता प्रकृया सम्पन्न

स्थानीय तह निर्वाचन २०७९ को मनोनयन दर्ताको दास्रो दिन वैशाख १२ गते बागमती प्रदेशका १३ ओटै जिल्लामा उम्मेदवारी दर्ता गर्ने कार्य सम्पन्न भएको छ । यस प्रदेशका १ सय १९ ओटै स्थानीय तहमा शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको इन्सेकका जिल्ला प्रतिनिधिले जानकारी दिएका छन् । बागमती प्रदेशमा १७…

April 26, 2022