बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ पाङताङ घर भएका सूर्य श्रेष्ठलाई प्रहरीले असोज १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज १६ गते बिहान ११ बजे रत्नपार्कबाट भक्तपुर आउने बसमा एक अपरिचित व्यक्तिले पानीमा बेहोस…

October 5, 2020  
कोरोना हब अस्पतालमा छैन आईसियू

नेपाल कै दोस्रो अस्तालको रूपमा रहेको १ सय १६ वर्ष पुरानो भक्तपुर अस्पतालमा आईसियू सेवाका लागि वार्ड तयार भए पनि अझै सेवा सुरु भएको छैन । सरकारको जिल्लाको कोरोना डेलिगेट अस्पतालको रूपमा भक्तपुर अस्पताललाई तोके पनि आवश्यक सामाग्री र जनशक्तिको अभावले आईसियू सञ्चालनमा आउन नसकेको हो । भक्तपुर अस्पतालमा मेडिकल…

September 14, 2020  
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

बालिकालाई आफ्नै कोठामा लगेर बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त थिमीले रामेछाप जिल्ला, खाँडादेवी गाउँपालिका–९ का राजेश भनिने सुरेश भण्डारीलाई ०७७ साउन ६ गते गिरफ्तार गरेको छ । आरोपित भण्डारीले बालिकालाई पत्रिकाको ग्राहक बनाइदिन्छु भनेर आफ्नै कोठामा लगेर डर, धम्की दिई ०७६ जेठ २७ गते बलात्कार गरी फरार रहेको र…

July 23, 2020  
इन्सेकद्वारा चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौडाले भक्तपुरको चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्ने सहयोग पु-याउने उदेश्यले वैशाख १६ गते नगरपालिकाको कार्यालयमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । इन्सेक कार्यसमिति सदस्य शोभाकर बुढाथोकी, बागमती प्रदेश संयोजक कृष्ण गौतमलगायतले…

April 28, 2020  
बाल सुधारगृहबाट छुट्दै बालबालिका

विभिन्न अपराधमा सङ्लग्न रहेको अभियोगमा अदालतको आदेश अनुसार देशभरका विभिन्न बाल सुधार गृहमा रहेका बालबालिकाहरू छुट्न थालेका छन् । नेपाल सरकारको सहयोगमा गैरसरकारी संस्था युसेपद्धारा सञ्चालनमा रहेका चार ओटा बाल सुधार गृहबाट अदालतको आदेशपछि चैत १५ गते देखि चैत २० गतेसम्म १ सय २५ जना बालबालिका छुटेका छन् । जसमध्ये…

April 5, 2020  
बम विष्फोट घटनाका आरोपित गिरफ्तार

पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट गराएको घटनाको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । कैलाली जिल्ला टीकापुर नगरपालिका–२ का ३१ वर्षीय लक्ष्मण सेठ्ठी, कैलाली जिल्ला भजनी नगरपालिका–४ का ३२ वर्षीय अमृतबहादुर कुमाल र कालिकोट सान्नेत्रिवेणी गाउँपालिका–८ का २७ वर्षीय अभिषेक गिरी भन्ने टेकबहादुर बिकलाई…

March 21, 2020  
आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार

मध्यपुरथिमी नगरपालिका–१ मनहरामा बस्ने एक महिलालाई २०७६ चैत ५ गते कुटपिट गरि आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले तीनजनालाई गिरफ्तार गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले धादिङ खानीखोला गाउँपालिका–१० घर भई मध्यपुरथिमी–१ लोकन्थली बस्ने ३६ वर्षीया अप्सरा बास्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई लोकन्थली बस्ने ३४ वर्षीया सुनिता…

March 20, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

चाँगुनारायण नगरपालिका–९ ताथलीमा रहेको हनुमान इँटा भट्टामा काम गर्ने १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत ४ गते दाङ जिल्ला तुलसीपुर नगरपालिका–४ घरभई हनुमान इँटा भट्टामा काम गर्ने ३० वर्षीय सुरेश बादीलाई गिरफ्तार गरेको छ । पीडितले प्रहरी वृत्त जगातीमा आफूलाई आरोपितले विगत दुई महिनादेखि डर, धम्की, त्रास देखाई…

March 18, 2020  
पत्नीको हत्या घटनाका आरोपित गिरफ्तार

सुर्यविनायक नगरपालिका–९ की ३२ वर्षीया पवित्रा ब्याञ्जुको हत्या गरेको आरोपमा पति ३३ वर्षीय राजन ब्याञ्जुलाई प्रहरीले गिरफ्तार गरेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका–९ नङ्खेलमा आफ्नै घरमा मादक पदार्थ सेवन गरेका दुबै जनाबीच खाना पकाउने विषयमा बिवाद भएपछि फागनु ३० गते आरोपितले पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । आरोपितले कुटपिट…

March 18, 2020  
हत्या घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया पुष्पा राईको हत्या गरेको आरोपमा महानगरीय प्रहरी वृत्त कीर्तिपुर प्रहरीले पौवापोखरी गाउँपालिका–३, खोटाङ घरभई दक्षिणकाली नगरपालिका–२ मा बस्ने पति ३५ वर्षीय नवीन राईलाई गिरफ्तार गरेको छ । आरोपितलाई प्रहरीले फागुन २७ गते दक्षिणकालीबाट गिरफ्तार गरेको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले जानकारी दिनुभयो । प्रहरीका अनुसार आरोपितले फागुन…

March 13, 2020