दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाले भक्तपुरमा न्यायिक समिति र मानव अधिकार समूहका सदस्यहरूका लागि पुस ७ र ८ गते आयोजना गरेको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक जुना बस्नेतले यस तालिमले नगरापालिकाले उपलब्ध…

December 23, 2020  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

भक्तपुरमा पुस ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२० भित्र जिल्लामा सङ्कलन गरिएका १ सय ६ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा समीक्षा गरिएको थियो । जसमा हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण…

December 22, 2020  
कोभिड–१९ माहामारीको समयमा स्वास्थ्य सेवा सहज बनाउन आवश्यक

कोभिड–१९ माहामारीका बेलामा नगरपालिकाले जनतालाई सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको स्थानीयले गुनासो गरेका छन् ।  चाँगुनारायण नगरपालिका–८ सुडालमा मङ्सिर २९ गते आयोजना गरेको कोभिड–१९ ले स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव र आगामी नीति तथा योजना विषयक ‘स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम’का सहभागीहरूले सो गुनासो गरेका हुन् । अनौपचारिक क्षेत्र…

December 16, 2020  
कोभिड–१९ ले शिक्षा क्षेत्रमा असर पारेको छः सरोकारवाला

कोभिड–१९ सङ्क्रमणले शैक्षिक क्षेत्रमा बढी असर पारेको सरोकारवाला निकायले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेश कार्यालयको आयोजनामा नगरस्तरीय मानव अधिकार समूह चाँगुनारायणको समन्वयमा मङ्सिर १९ गते सम्पन्न भएको कोभिड–१९ सङ्क्रमणका कारण शिक्षा क्षेत्रमा पारेको प्रभाव र आगामी शैक्षिक नीति योजना विषयक शिक्षा अधिकारसम्बन्धी सरोकारवाला निकाय शिक्षक,…

December 5, 2020  
कोभिड–१९ को प्रभाव शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारमा

सूर्यविनायक नगरपालिका क्षेत्रमा कोभिड–१९ को महामारीका कारण शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार संरक्षणमा समस्या आएको सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजना तथा सूर्यविनायक नगरपालिकास्तरीय मानवअधिकार समूहको समन्वयमा मङ्सिर १० गते आयोजना भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी समस्या तथा सरोकारवाला पहिचान…

November 26, 2020  
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी समस्या पहिचान कार्यक्रम सम्पन्न

कोभिड–१९ को महामारीका कारण चाँगुनारायण नगरपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार संरक्षण हुन नसक्दा आएका समस्या पहिचान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजना तथा चाँगुनारायण नगरपालिकास्तरीय मानव अधिकार समूहको समन्वयमा नगरपालिका कार्यालयमा मङ्सिर ४ गते आयोजना भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवास…

November 19, 2020  
दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार

१५ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा तीन जनालाई महानगरीय प्रहरी परिसरको टोलीले मङ्सिर ४ गते भक्तपुर नगरपालिका–५ टौमढीबाट गिरफ्तार गरेको छ । प्रहरीले मङ्सिर ४ गते बिहान १६ वर्षीय बालक, अपराह्न १७ वर्षीय बालक र भक्तपुर नगरपालिकाका १९ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर, भक्तपुरकी प्रमुख…

November 19, 2020  
कोभिड–१९ को महामारीकाबीच स्वास्थ्य क्षेत्रले गुणात्मक फड्को मार्‍योः सांसद बस्नेत

सङ्घीय सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले कोभिड–१९ को महामारीकाबीच नेपालको स्वास्थ्य क्षेत्रले गुणात्मक फड्को मारेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक २७ गते भक्तपुरमा आयोजना गरेको कोभिड–१९ ले पारेको प्रभाव र नागरिक समाज तथा सञ्चार जगतको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु…

November 12, 2020  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भक्तपुर नगरपालिका–६ सूर्य विनायककी २९ वर्षीया निरु कासिछ्वा (नागा) को हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले पति ३४ वर्षीय रोशन नागालाई कात्तिक १४ गते गिरफ्तार गरेको छ । निरुलाई रोशनले कुटपिट गरेको कारण मृत्यु भएको भन्दै कात्तिक १४ गते माइती पक्षले उजुरी दिएपछि नागालाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको…

November 2, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बस भित्र सामूहिक बलात्कार गरेको घटनाका फरार आरोपित झापा जिल्लाको चन्द्रगढी पृथ्वीनगर नगरपालिका–१ का २१ वर्षीय दिपेश राईलाई प्रहरीले झापा भद्रपुर नगरपालिका–८ बाट असोज २२ गते गिरफ्तार गरी २३ गते भक्तपुर ल्याएर सार्वजनिक गरेको  छ । आरोपित राईले पीडित बालिकालाई असोज १६ गते बिहान ११ बजे लठ्याउने…

October 11, 2020