बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुली जिल्ला डाँडाखर्क गाउँपालिका–८ घरभई हाल चाँगुनारायण नगरपालिका–८ सुडाल बस्दै आएका २० वर्षीय गणेश बोगटीलाई प्रहरीले चैत ७ गते गिरफ्तार गरेको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीको बाँसको झाँङ्गमा लगेर फागुन २५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले आरोपित विरुद्ध प्रहरी बृत्त जगातीमा…
काम एउटै ज्याला फरक, महिला मजदुरलाई सधै विभेद
भक्तपुरको सूर्यविनायक–८ मानेभञ्याङ्की माइली तामाङ् दिन भरी काम गर्दा रु. ७ सय ५० ज्याला पाउनु हुन्छ । स्थानीय कृषि फार्ममा काम गर्ने उहाँलाई त्यहाँ सुरुमा दैनिक रु. ७ सय ज्याला दिने गरेकोमा एक वर्षदेखि भने रु. ७ सय ५० पाउँदै आउनु भएको छ । कृषि फार्ममा दैनिक काम हुँदैन ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा जिल्ला धनगढी नगरपालिका–४ घर भई मध्यपुरथिमि नगरपालिका–३ कौशलटारका बस्ने २७ वर्षीय दुर्गानन्द चौधरीलाई प्रहरीले फागुन २४ गते गिरफ्तार गरेको छ । आरोपित चौधरीले बिभिन्न प्रभोलनमा पारी विवाह गर्छु भन्दै उदयपुर जिल्लाको गाईघाटदेखि कौशल्टारस्थित कोठामा ल्याएर फागुन ११ गतेदेखि १४ गतेसम्म पटक/पटक बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माघ १६ गते भक्तपुर नगरपालिका–१० कमलविनायकका ३१ वर्षीय विकास तजलेलाई गिरफ्तार गरेको छ । सर्लाही जिल्ला लालबन्दी नगरपालिका घरभई अध्ययनका लागि भक्तपुर डेरा गरी बस्ने पीडितले आफ्नै कोठामा डरधम्की दिई माघ १४ गते बलात्कार गरेको आरोपमा विकासविरुद्ध माघ १६ गते महानगरीय प्रहरी वृत्त…
बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छोरा बेपत्ता भएको भन्दै बुबाद्वारा खोजबिनका लागि आग्रह
तिलगङ्गा आँखा अस्पतालको तर्फबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छोरा २५ वर्षीय पुजन राई ४५ दिनदेखि बेपत्ता भएको भन्दै भोजपुर हतुवागढीका लालकुमार राईले पुस १० गते इन्सेक भक्तपुर प्रतिनिधि रमेश गिरीसँग खोजबिन गरिदिन आग्रह गर्नु भएको छ । बुबा लालकुमारले इन्सेक प्रतिनिधि गिरीसँग छोराको खोजीका लागि मानव…
दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाले भक्तपुरमा न्यायिक समिति र मानव अधिकार समूहका सदस्यहरूका लागि पुस ७ र ८ गते आयोजना गरेको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक जुना बस्नेतले यस तालिमले नगरापालिकाले उपलब्ध…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
भक्तपुरमा पुस ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२० भित्र जिल्लामा सङ्कलन गरिएका १ सय ६ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा समीक्षा गरिएको थियो । जसमा हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण…
कोभिड–१९ माहामारीको समयमा स्वास्थ्य सेवा सहज बनाउन आवश्यक
कोभिड–१९ माहामारीका बेलामा नगरपालिकाले जनतालाई सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको स्थानीयले गुनासो गरेका छन् । चाँगुनारायण नगरपालिका–८ सुडालमा मङ्सिर २९ गते आयोजना गरेको कोभिड–१९ ले स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव र आगामी नीति तथा योजना विषयक ‘स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम’का सहभागीहरूले सो गुनासो गरेका हुन् । अनौपचारिक क्षेत्र…
कोभिड–१९ ले शिक्षा क्षेत्रमा असर पारेको छः सरोकारवाला
कोभिड–१९ सङ्क्रमणले शैक्षिक क्षेत्रमा बढी असर पारेको सरोकारवाला निकायले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेश कार्यालयको आयोजनामा नगरस्तरीय मानव अधिकार समूह चाँगुनारायणको समन्वयमा मङ्सिर १९ गते सम्पन्न भएको कोभिड–१९ सङ्क्रमणका कारण शिक्षा क्षेत्रमा पारेको प्रभाव र आगामी शैक्षिक नीति योजना विषयक शिक्षा अधिकारसम्बन्धी सरोकारवाला निकाय शिक्षक,…
कोभिड–१९ को प्रभाव शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारमा
सूर्यविनायक नगरपालिका क्षेत्रमा कोभिड–१९ को महामारीका कारण शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार संरक्षणमा समस्या आएको सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजना तथा सूर्यविनायक नगरपालिकास्तरीय मानवअधिकार समूहको समन्वयमा मङ्सिर १० गते आयोजना भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी समस्या तथा सरोकारवाला पहिचान…