बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दोलखा, बैतेश्वर गाउँपालिका–४ घर भई हाल भक्तपुर नगरपालिका–९ चोखा डेरा गरी बस्ने ३२ वर्षीय बसन्त दमाईलाई प्रहरीले असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते दिउँसो घरमा कोही नभएको समयमा बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त…

June 28, 2021  
बालसुधार गृहबाट भागेका कैदी पुनः गिरफ्तार

सानोठिमीस्थित बालसुधार गृहबाट फरार भएका १८ वर्षीय कैदीलाई प्रहरीले असार ८ गते पुनः गिरफतार गरेको छ । बाल सुधार गृहमा रहँदै आएका उनी असार ८ गते सुधार गृहको पर्खाल नाघेर फरार भएको प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिनुभयो । उनलाई प्रहरीले काठमाडौँस्थित पशुपतिनाथ मन्दिर परिसरबाट गिरफ्तार गरी सुधार…

June 23, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रे जिल्ला धुलिखेल नगरपालिका–८ का २३ वर्षीय जयराम चौलागाईलाई महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौँको प्रहरी टोलीले सुन्धाराबाट असार ६ गते गिरफ्तार गरेको छ । असार ५ गते बिहान १० बजे बालिका हराएपछि बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा…

June 21, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सूर्यविनायक नगरपालिका–७ गुण्डुका हरिकृष्ण कोजु र सूर्यविनायक नगरपालिका–५ कटुञ्जेका चुलाई मुखियालाई जेठ २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित कोजूले गुण्डुस्थित आफ्नै घरमा भोज खान भन्दै बोलाएर ०७७ मङ्सिर १६ गते र मुखियाले ०७७ फागुन १ गते सल्लाघारीमा तेक्वाण्डो सिक्न…

June 5, 2021  
कोभिड सङ्क्रमणका कारण एसइइ परीक्षा अझै अन्योलमा !

कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए जेठ १३ गतेदेखि विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिइरहेका हुन्थे । देशव्यापी रूपमा कोभिड महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेध आदेश र सङ्क्रमित बढ्दै आएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेसँगै परीक्षाको अन्योलता छाएको छ…

May 31, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ १ गते चाँगुनारायण नगरपालिका–५ छालिङका ५५ वर्षीय भीमबहादुर वनलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १ गते बलात्कार गरेको भन्दै पीडित बालिकाको दाजूले जेठ २ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…

May 18, 2021  
अक्सिजनको व्यवस्था नहुँदा कोभिडका दुई जना सङ्क्रमितको मृत्यु

अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकै दिन दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुईजना काभिड सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि वैशाख २३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो । भक्तपुरका अस्पतालहरूमा अक्सिजनको अभाव…

May 7, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुर वेदकोटगढी नगरपालिका–१ घरभई सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडास्थित जीप लाइन कम्पनीमा कार्यरत कर्मचारी २७ वर्षीय गोविन्द अवस्थीलाई प्रहरीले ०७७ वैशाख ९ गते गिरफ्तार गरेको छ । विद्यालयको पढाई सकेर घर फर्कदै  गर्दा वैशाख ७ गते साँझ हात तानेर जबरजस्ती कम्पनीमा लगेर बलात्कार प्रयास गरेको…

April 23, 2021  
जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालिकालाई होटलमा पुर्‍यार्ई जबरजस्ती यौन कार्यमा लगाई बलात्कार गराएको आरोपमा भक्तपुर प्रहरीले चैत १८ गते पाँच जनालाई गिरफ्तार गरी चैत १९ गते सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–७ झाँगाझोली घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ माकलबारी बस्ने २४ वर्षीय सरगम भन्ने…

April 1, 2021  
कुटपिट घटनामा संलग्न वडा अध्यक्षलाई कारबाही नभएको पीडितको गुनासो

चाँगुनारायण नगरपालिका–५ का ३२ वर्षीय लक्ष्मण खिचाजुले आफूलाई कुटपिट गर्ने सोही वडाका अध्यक्ष जयन्द्र खड्का सहित विश्व खड्का र प्रकाश लामिछानेलाई प्रहरीले कारबाही नगरेको गुनासो गरेका छन् । वडा अध्यक्ष खड्का सहितले चैत १४ गते आफूलाई कुटपिट गरेको भन्दै पीडितले सोही दिन महानगरीय प्रहरी परिसर भक्तपुरमा किटानी उजुरी दिएका थिए…

March 30, 2021