नेकपा समाजवादीका जिल्ला अध्यक्ष बस्नेतको घर तोडफोड गर्दै मार्ने धम्की
नेकपा एकीकृत समाजवादी भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा ०७९ भदौ २५ गते हतियारधारी अज्ञात समूहले प्रवेश गरी तोडफोड गर्नुका साथै मार्ने धम्की दिएको छ । हतियारधारी सहित चार/पाँच जनाको समूहमा आएका व्यक्तिहरू नेकपा एकीकृत समाजवादीका अध्यक्ष बस्नेतको घरमा प्रवेश गरी ढोकाहरू तोडफोड…
बलात्कार घटनाका फरार कसुरदार २५ वर्षपछि गिरफ्तार
६ वर्षीया बालिकालाई ०५४ साल मङ्सिर ८ गते बलात्कार गरेको घटनाका फारर कसुरदार भक्तपुर नगरपालिका–११ क्वाछेँ घरभई पोखरा बस्दै आएका ४० वर्षीय दीपक तुल्सीब्याखोलाई प्रहरीले २५ वर्षपछि प्रहरीले गिरफ्तार गरेको छ । नाबालिका बलात्कार मुदामा दोषी ठहर गर्दै ०६३ माघ ८ गते सर्वोच्च अदालतले ८ वर्ष कैद र निजको आधा…
बाल यौन दुरुपयोग घटनाका फरार कसुरदार गिरफ्तार
बाल यौन दुरुपयोगको कसुरमा जिल्ला अदालत भक्तपुरले दोषी ठहर गरी भएको फैसला कार्यान्वयन नगरी फरार रहेका ५१ वर्षीय हरिकृष्ण कोजुलाई प्रहरीले ०७९ भदौ ५ गते गिरफ्तार गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले अदालतको फैसला कार्यान्वयन नगरी फरार रहेका सूर्यविनायक नगरपालिका–७ किवाचोक बस्ने कोजुलाई गिरफ्तार गरी भदौ ६…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका सूर्यविनायक नगरपालिका–८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई प्रहरीले ०७९ भदौ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई साउन २५ गते डर धम्की र त्रास देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी परिसर भक्तपुरमा साउन २६ गते उजुरी दिएपछि आरोपित थापा फरार भएका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने २७ वर्षीय टीकाराज कटुवाललाई प्रहरीले ०७९ असार २६ गते पिस फुल रिसोर्टबाट गिरफ्तार गरेको छ । बालिकालाई विभिन्न प्रलोभनमा पारेर असार १६ गते सूर्यविनायक नगरपालिका–१० चित्तापोल स्थित पिस फुल रिसोर्टमा लगेर बलात्कार गरेको भन्दै बालिकाका आफन्तले असार २५ गते महानगरीय…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई प्रहरीले असार १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ललाई फकाई असार १३ गते राति सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा लगेर बलात्कार गरेको भन्दै असार १४ गते बिहनै पीडितले प्रहरीलाई मौखिक जानकारी गराए लगत्तै महानगरीय…
अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले असार १३ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा सम्पन्न भयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रमेश गिरीले तथ्याङ्क सार्वजनिक गर्दै विगत ६ महिनाको अवधीमा पाँच जनाको हत्या, तीन जना आफ्नै परिवारबाट हत्या, नौ जनाको हत्या प्रयास, १४ जनाको बलात्कार,…
शैक्षिक सत्र सुरु भएको एक महिनामा पनि विद्यार्थीले पाठ्य पुस्तक पाएनन्
सूर्यविनायक नगरपालिका–८ सिपोडलस्थित गणेश माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी कमल थापाले शैक्षिक सत्र सुरु भएको एक महिना बित्दा पनि अझै पुस्तक पाएका छैनन् । नजी विद्यालयमा पढ्नेहरूले निजी पब्लिकेशन हाउसको पुस्तक पढे पनि सामुदायिक विद्यालयमा अध्ययनरत थापाले भने आफूले पाउने आधा भन्दा बढी किताब पाउन सकेका छैनन् ।…
अशक्त, अपाङ्ग, जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन उपप्रमुख बुढाथोकीद्वारा सुविधाको गाडी अस्पताललाई हस्तान्तरण
चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने सुविधाको गाडी अशक्त, अपाङ्ग, जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने गरी चाँगुनारायण अस्पताललाई हस्तान्तरण गर्नु भएको छ । उहाँले उपप्रमुखले पाउने सुविधाको गाडी जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले ०७९ जेठ २७ गते चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गर्नु भएको हो ।…
मानव अधिकार संरक्षण र सम्बर्धनमा सरोकारवालाको भूमिकासम्बन्धी अन्तरक्रिया सम्पन्न
मानव अधिकार समूह चाँगुनारायण नगरपालिकाको आयोजनामा ०७९ जेठ २४ गते मानव अधिकार संरक्षण र सम्बर्धनमा सरोकारवालाको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोगमा भएको उक्त कार्यक्रममा स्थानीय समुदायमा मानव अधिकारको अवस्था र राज्यले मानव…