बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका सूर्यविनायक नगरपालिका–८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई प्रहरीले ०७९ भदौ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई साउन २५ गते डर धम्की र त्रास देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी परिसर भक्तपुरमा साउन २६ गते उजुरी दिएपछि आरोपित थापा फरार भएका…

August 20, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने २७ वर्षीय टीकाराज कटुवाललाई प्रहरीले ०७९ असार २६ गते पिस फुल रिसोर्टबाट गिरफ्तार गरेको छ । बालिकालाई विभिन्न प्रलोभनमा पारेर असार १६ गते सूर्यविनायक नगरपालिका–१० चित्तापोल स्थित पिस फुल रिसोर्टमा लगेर बलात्कार गरेको भन्दै बालिकाका आफन्तले असार २५ गते महानगरीय…

July 11, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई प्रहरीले असार १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ललाई फकाई असार १३ गते राति सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा लगेर बलात्कार गरेको भन्दै असार १४ गते बिहनै पीडितले प्रहरीलाई मौखिक जानकारी गराए लगत्तै महानगरीय…

June 28, 2022  
अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले असार १३ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा सम्पन्न भयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रमेश गिरीले तथ्याङ्क सार्वजनिक गर्दै विगत ६ महिनाको अवधीमा पाँच जनाको हत्या, तीन जना आफ्नै परिवारबाट हत्या, नौ जनाको हत्या प्रयास, १४ जनाको बलात्कार,…

June 28, 2022  
शैक्षिक सत्र सुरु भएको एक महिनामा पनि विद्यार्थीले पाठ्य पुस्तक पाएनन्

सूर्यविनायक नगरपालिका–८ सिपोडलस्थित गणेश माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी कमल थापाले शैक्षिक सत्र सुरु भएको एक महिना बित्दा पनि अझै पुस्तक पाएका छैनन् । नजी विद्यालयमा पढ्नेहरूले निजी पब्लिकेशन हाउसको पुस्तक पढे पनि सामुदायिक विद्यालयमा अध्ययनरत थापाले भने आफूले पाउने आधा भन्दा बढी किताब पाउन सकेका छैनन् ।…

June 12, 2022  
अशक्त, अपाङ्ग, जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन उपप्रमुख बुढाथोकीद्वारा सुविधाको गाडी अस्पताललाई हस्तान्तरण

चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने सुविधाको गाडी अशक्त, अपाङ्ग, जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने गरी चाँगुनारायण अस्पताललाई हस्तान्तरण गर्नु भएको छ । उहाँले उपप्रमुखले पाउने सुविधाको गाडी जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले ०७९ जेठ २७ गते चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गर्नु भएको हो ।…

June 12, 2022  
मानव अधिकार संरक्षण र सम्बर्धनमा सरोकारवालाको भूमिकासम्बन्धी अन्तरक्रिया सम्पन्न

मानव अधिकार समूह चाँगुनारायण नगरपालिकाको आयोजनामा ०७९ जेठ २४ गते मानव अधिकार संरक्षण र सम्बर्धनमा सरोकारवालाको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोगमा भएको उक्त कार्यक्रममा स्थानीय समुदायमा मानव अधिकारको अवस्था र राज्यले मानव…

June 8, 2022  
आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन सुरु

मध्यपुरथिमि नगरपालिका क्षेत्रमा नेपाली कांग्रेससहितको सत्ता गठबन्त्रन र नेकपा एमालेले राखेको निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री निर्वाचन अधिकृतको कार्यालयले हटाउन सुरु गरेको छ । कार्यालयले नगर क्षेत्रको अनुगमन गर्दै जथाभावी राखिएका प्रचार सामग्री हटाउन थालेको मध्यपुरथिमि नगरपालिकाको निर्वाचन अधिकृत मैया कँडेलले जानकारी दिनु भयो । नगरपालिकामा नेपाली कांग्रेस, एमाले, नेकपा…

May 7, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धादिङ जिल्ला जलामुखी गाउँपालिका–४ मैदी घरभई भक्तपुर नगरपालिका–६ डेकोचा बस्ने २२ वर्षीय राज परियारलाई प्रहरीले ०७८ चैत १२ गते राती गिरफ्तार गरेको छ । पीडित बालिकलाई चैत १२ गते दिउँसो बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले चैत १३ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी…

March 28, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछापको खाडादेवी गाउँपालिका–२ घर भई चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे इँटा भट्टामा काम गर्ने २८ वर्षीय दिनेश तामाङलाई प्रहरीले २०७८ चैत ९ गते इँटा भट्टाबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ८ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित बालिकाका आफन्तले चैत ९ गते…

March 24, 2022