बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई गत मङ्सिर २१ गते बलात्कार गरेको आरोपमा प्रहरीले अनन्तलिङ्गेश्वर नपा-७ का ४० वर्षीय राजकृष्ण कायष्थलाई  माघ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितकी ३५ वर्षीया पत्नी राधा जङ्गम कायस्थको सहयोगमा आरोपितले बलात्कार गरेको माघ २९ गते उजुरी परेपछि आरोपितद्वयलाई गिरफ्तार गरेको महानगरीय प्रहरी वृत्त थिमीका…

February 11, 2017  
इँटाभट्टाबाट आठ जना बाल श्रमिकको उद्धार

बाल कल्याण समिति भक्तपुरले माघ १७ गते महानगरीय प्रहरी परिसर भक्तपुरको सहयोगमा भक्तपुरको दुई ओटा इँटा भट्टामा काम गर्दै आएका आठ जना बाल श्रमिकको उद्धार गरेको छ । समितिले चागुँनारायण नपा-१७ झौखेलस्थित माता चिम्नी इँटा उद्योग र नगरकोट नपा-४ सुडालस्थित महेश्वरी इँटा उद्योगमा कार्यरत बाल श्रमिकको उद्धार गरेको महानगरीय प्रहरी…

January 30, 2017  
पत्नीको हत्या पछि आत्महत्या

चाँगुनारायण नपा-३ थालिङ थापागाउँकी ४० वर्षीया बुना थापालाई पुस ९ गते ४४ वर्षीय पति ज्योतीराज थापाले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपित ज्यातीराजले पत्नीको हत्या गरेको खबर प्रहरीमा गरेपछि आफूले विष सेवन गरी आत्महत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी कृष्ण प्रसाईँले बताए । घरायसी…

December 24, 2016  
बन्दको अवज्ञा गरेको आरोपमा सवारीसाधनमा तोडफोड, एक जना घाइते

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले मध्यपुरथिमि नपा-१३ राधेराधे स्थित भक्तपुरबाट काठमाडौँतर्फजाँदै गरेको मध्यउपत्यकाको बा ३ ख २४६५ नम्बरको मिनिबसमा ढुङ्गा प्रहार गर्दा एक जना घाइते भएको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट मोरङ कटारी-२ घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय राजेश माझी घाइते भएको महानगरीय प्रहरी वृत्त…

December 22, 2016  
इँटा भट्टाबाट ६ जना बालश्रमिकको उद्धार

बालबालिका खोजतलास केन्द्र भृकुटी मण्डपको संयोजकत्वमा मङ्सिर १४ गते चाँगुनारायण नगरपालिका दुवाकोटस्थित जयबाराही इँटा उद्योगबाट ६ जना बालश्रमिकको उद्धार गरिएको छ । इँटा भट्टामा बालश्रमिकका रूपमा कार्यरत रोल्पा घर भएका १४ वर्षीय बालक दुईजना, १४ वर्षीया बालिका एकजना, १५ वर्षीया बालिका एकजना, १२ वर्षीया बालिका एकजना र १६ वर्षीय एकजना…

November 30, 2016  
सम्झौता प्रक्रिया पीडितको पक्षमा नभएको पीडितको गुनासो

लाभग्राहीको सूचीमा समावेश भएका भूकम्प पीडितले राहत अनुदान सम्झौता प्रक्रिया पीडितको पक्षमा नभएको गुनासो गरेका छन् । उनीहरूले गुठीको जग्गा, मोहीयानी हक र अङ्श बण्डाको समस्याले अनुदान सम्झौतामा समस्या रहेको भन्दै वास्तविक पीडितले राहत पाउने अवस्था नभएको गुनासो गरेका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा चाँगुनारायण…

November 28, 2016  
एक महिलाको शव फेला, अनुसन्धान सुरु

मध्यपुर थिमी नपा-२ बोडेमा कात्तिक २१ गते एक महिलाको शव फेला परेको छ । किरा परेर कुहिएको अवस्थामा उक्त शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमीका डिएसपी श्यामबाबु ओलीयाले बताए । बोडेबाट मूलपानीतर्फजाने मूल सडकबाट खेततर्फजाने भित्री सडकको छेऊमा अन्दाजी २७ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।…

November 6, 2016  
भूकम्प पीडितले सोधे-'हामी कुन जग्गाको प्रमाण राखेर राहत लिने ?'

सुर्यविनायक नपा-१३ चित्तपोलका रामकुमार नगरकोटीको घर भुकम्पले भत्काएपछि रातो कार्ड पाएर अहिले अनुदान सम्झौताको विवरणमा समेत उनको नाम समावेश छ । तर, जग्गा गुठीको नाममा रहेको र सोको लालपुर्जा नभएपछि उनी अनुदान सम्झौता हुन्छ कि हुदैन भन्ने अन्योलमा छन् । प्राधिकरणले भूकम्पले क्षति पुर्‍याएको घरको लालपुर्जा भएकासँग मात्र अनुदान सम्झौता…

November 5, 2016  
भूकम्प पीडितले भने-'सरकार अनुदान रकम कहिले दिन्छौ ?'

भक्तपुरका भूकम्पपीडितहरूले भूकम्प गएको १६ महिना बितिसक्दा पनि सरकारले अझै अनुदान नदिँदा घर बनाउन नपाएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले भदौ १६ गते भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकामा आयोजना गरेको 'भूकम्पपीडितका लागि राहत तथा पुनर्निर्माणको सवाल' विषयक सार्वजनिक कार्यक्रममा सहभागी भूकम्पपीडितहरूले सरकारसँग अनुदान रकम छिटो वितरण गर्न माग…

September 1, 2016