चार जना बालश्रमिकको उद्धार, उद्योग सञ्चालक दुई जना गिरफ्तार

बालश्रमको प्रयोग गरी यातना दिएर १७ घण्टा काममा लगाएको आरोपमा दुई उद्योग सञ्चालकलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला बाल कल्याण समिति भक्तपुर, महानगरीय प्रहरी वृत्त थिमि, सिविन र श्रम कार्यालय टेकुको संयुक्त टोलीले चार जना बालश्रमिकको उद्धार गरेका हुन् । सूर्यविनायक नपा-२ बालकोटमा सञ्चालित आर.के. कापी उद्योगको एउटा सटर…

March 30, 2017  
सकारात्मक विचारलाई अगाडि बढाऔँः सरोकारवाला

नागरिक समाजको छवि सुधार्नका लागि सबै पक्ष सकारात्मक विचारका साथ अगाडि बढ्नु पर्ने एक कार्यक्रमका सहभागी सरोकारवालाहरूले बताएका छन् । अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चैत ११ गते भक्तपुरमा आयोजना गरेको 'पारस्परिक जवाफदेहिता एवम् नागरिक समाजको सकरात्मक छवि निर्माणको सवाल विषयक' अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन् ।…

March 24, 2017  
इँटा भट्टामा काम गर्दै आएका १६ जना बालश्रमिकको उद्धार

भक्तपुरको विभिन्न इँटा भट्टामा काम गर्दै आएका १६ जना बालश्रमिकको उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी किरण राणाले बताएका छन् । प्रहरीले चैत ४ गते चाँगुनारायण नगरपालिका ताथलीको श्वेत भैरब इँटा भट्टाबाट दाङ जिल्ला निजैली-२ का १२ वर्षीय मित्रलाल घर्ती, १२ वर्षीय हिरालाल रोक्का र १५ वर्षीय अर्जुन घर्तीको…

March 18, 2017  
भूकम्प पीडितको गुनासो-'हामीले कहिले अनुदान पाउने ?'

भक्तपुरका भूकम्पपीडितहरूले अझै अनुदान नपाएको गुनासो गरेका छन् । अनन्तलिङ्गेश्वर नगरपालिकाको आयोजना एवम् अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरको सहजिकरणमा फागुन २६ गते अरनिको उच्च माध्यामिक विद्यालययमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्पपीडितहरूले पहिलो किस्ताको अनुदान रकम समेत नपाएको गुनासो गरेका हुन् । भूकम्पले घर भत्किएर बस्ने ठाउँ नभएका र अहिलेसम्म…

March 10, 2017  
सानोठिमी क्याम्पसमा आगजनी

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको संघारमा भक्तपुरस्थित सानोठिमी क्याम्पसमा आगजनी भएको छ । गएराति अज्ञात समूहले क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी गरेको हो । अखिल क्रान्तिकारी (माओवादी केन्द्र)का महासचिव एवम् सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति विरेन्द्र बस्नेतले अनेरास्ववियु र विप्लव निकट अखिल क्रान्तिकारीले आफ्नो प्यानल हार्ने डरले क्याम्पस प्रमुखको कार्यकक्षमा…

February 28, 2017  
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई गत मङ्सिर २१ गते बलात्कार गरेको आरोपमा प्रहरीले अनन्तलिङ्गेश्वर नपा-७ का ४० वर्षीय राजकृष्ण कायष्थलाई  माघ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितकी ३५ वर्षीया पत्नी राधा जङ्गम कायस्थको सहयोगमा आरोपितले बलात्कार गरेको माघ २९ गते उजुरी परेपछि आरोपितद्वयलाई गिरफ्तार गरेको महानगरीय प्रहरी वृत्त थिमीका…

February 11, 2017  
इँटाभट्टाबाट आठ जना बाल श्रमिकको उद्धार

बाल कल्याण समिति भक्तपुरले माघ १७ गते महानगरीय प्रहरी परिसर भक्तपुरको सहयोगमा भक्तपुरको दुई ओटा इँटा भट्टामा काम गर्दै आएका आठ जना बाल श्रमिकको उद्धार गरेको छ । समितिले चागुँनारायण नपा-१७ झौखेलस्थित माता चिम्नी इँटा उद्योग र नगरकोट नपा-४ सुडालस्थित महेश्वरी इँटा उद्योगमा कार्यरत बाल श्रमिकको उद्धार गरेको महानगरीय प्रहरी…

January 30, 2017  
पत्नीको हत्या पछि आत्महत्या

चाँगुनारायण नपा-३ थालिङ थापागाउँकी ४० वर्षीया बुना थापालाई पुस ९ गते ४४ वर्षीय पति ज्योतीराज थापाले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपित ज्यातीराजले पत्नीको हत्या गरेको खबर प्रहरीमा गरेपछि आफूले विष सेवन गरी आत्महत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी कृष्ण प्रसाईँले बताए । घरायसी…

December 24, 2016  
बन्दको अवज्ञा गरेको आरोपमा सवारीसाधनमा तोडफोड, एक जना घाइते

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले मध्यपुरथिमि नपा-१३ राधेराधे स्थित भक्तपुरबाट काठमाडौँतर्फजाँदै गरेको मध्यउपत्यकाको बा ३ ख २४६५ नम्बरको मिनिबसमा ढुङ्गा प्रहार गर्दा एक जना घाइते भएको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट मोरङ कटारी-२ घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय राजेश माझी घाइते भएको महानगरीय प्रहरी वृत्त…

December 22, 2016  
इँटा भट्टाबाट ६ जना बालश्रमिकको उद्धार

बालबालिका खोजतलास केन्द्र भृकुटी मण्डपको संयोजकत्वमा मङ्सिर १४ गते चाँगुनारायण नगरपालिका दुवाकोटस्थित जयबाराही इँटा उद्योगबाट ६ जना बालश्रमिकको उद्धार गरिएको छ । इँटा भट्टामा बालश्रमिकका रूपमा कार्यरत रोल्पा घर भएका १४ वर्षीय बालक दुईजना, १४ वर्षीया बालिका एकजना, १५ वर्षीया बालिका एकजना, १२ वर्षीया बालिका एकजना र १६ वर्षीय एकजना…

November 30, 2016